१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुस्त मनस्थितिकी युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ



अ+ अ-
सांकेतिक तस्विर

राजविराज । सप्तरीमा एक सुस्त मनस्थितिकी २२ वर्षीया युवतीलाई विवाहको आश्वासन दिएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

राजविराज नगरपालिका–९ मलेठस्थित हनुमान मन्दिर परिसरमा युवती बलात्कार गरेको आरोपमा सोही स्थानका २४ वर्षीय रमनलाल दास र २२ वर्षीय रोशन यादवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

मदिरा सेवन गरेका आरोपितले विवाहको आश्वासन दिई मोटरसाइकलमा लगेर बुधबार बलात्कार गरेको प्रहरी निरीक्षक रीता पौडेलले बताइन्।

सुस्त मनस्थितिकी युवती घर फर्कन अल्मलिएर बाटोमा अलपत्र परेका बेला बलात्कृत भएको प्रहरी निरीक्षक पौडेलले बताइन्। बलात्कृत भएको अवस्थामा फेला परेकी युवतीको बयानका आधारमा प्रहरीले आरोपितलाई बिहीबार पक्राउ गरेको जनाएको छ।