• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सुस्त मनस्थितिकी युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ



सांकेतिक तस्विर

राजविराज । सप्तरीमा एक सुस्त मनस्थितिकी २२ वर्षीया युवतीलाई विवाहको आश्वासन दिएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

राजविराज नगरपालिका–९ मलेठस्थित हनुमान मन्दिर परिसरमा युवती बलात्कार गरेको आरोपमा सोही स्थानका २४ वर्षीय रमनलाल दास र २२ वर्षीय रोशन यादवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

मदिरा सेवन गरेका आरोपितले विवाहको आश्वासन दिई मोटरसाइकलमा लगेर बुधबार बलात्कार गरेको प्रहरी निरीक्षक रीता पौडेलले बताइन्।

सुस्त मनस्थितिकी युवती घर फर्कन अल्मलिएर बाटोमा अलपत्र परेका बेला बलात्कृत भएको प्रहरी निरीक्षक पौडेलले बताइन्। बलात्कृत भएको अवस्थामा फेला परेकी युवतीको बयानका आधारमा प्रहरीले आरोपितलाई बिहीबार पक्राउ गरेको जनाएको छ।