३० कार्तिक २०८१, शुक्रबार
,
Latest
बेडरुमसँग सम्बन्धित वास्तु दोषका कारण पति–पत्नीबीच झगडा बढ्न सक्छ ! नर्सरीबाट एक मौसममा रु डेढ लाख कमाइ सात चिनियाँ गाउँलाई राष्ट्रसङ्घीय उत्कृष्ट पर्यटन गाउँको पुरस्कार रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ महानायक पद न मैले कहिल्यै दाबी गरेँ, न गर्नेछु – दीपकराज गिरी विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्ने अध्यक्ष दाहालको विश्वास नुवाकोटको माझिटारमा शीतभण्डार निर्माण छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउन २५ देखि ३१ गतेसम्मको राशिफल, यो साता तपाईको लागी कस्तो रहला



अ+ अ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : यो सातामा ढिलै भए पनि काम सम्पन्न हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । व्यावसायिक कार्यमा राम्रै फड्को मार्न सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । रोजगारको अवसर पनि मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि महादेवको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):यो सातामा चिताएको कामले तीव्रता लिनेछ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । विश्वासपात्रले प्रायस् काममा साथ दिनेछन् । छोटो यात्रा सफल नै हुन्छ । समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइले राम्रो सहयोग गर्नेछन् । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):विभिन्न अवसरले पछ्याउनेछन् । पारिवारिक सद्भाव बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सातको मध्यमाभने लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शनगरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):यो सातामा जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना रहेकोछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):मनमा चञ्चलता बढ्नेछ । योजना कार्यान्यनमा ढिलाइ गर्नाले आफैंपछि परिनेछ । टाउको एवं आँखा दुख्ने समस्याले सताउनसक्छ । मध्य सातामा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग खैरो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शनगरी आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मध्य साताबाट धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आकस्मिक धन लाभ हुनेछ । वाहान सुख मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको स्मरणगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : कार्यसिद्धि हुने अवसर मिल्नेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मध्य सातामा भने अरुको भरपर्दा हानी हुने र विश्वास गुम्नेछ । आफ्नो महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : नयाँ नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । जटिल ठानिएको कार्य सम्पादन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : साताको सुरुका दिनमा केहि अनावश्यक झमेलामा परिएला । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । मध्य साताबाट मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । कार्य सम्पादनमा सहजता मिल्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग खैरो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : समाजसेवातर्फ आकर्षित भइनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग गुलाबी वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व माता बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : आँटेको र ताकेको कार्य पुरा हुनेछ । मुद्दा–मामिलामा विजयी भइनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । साताको अन्त्यमा अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्टदेवताको ध्यानगरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । मनमा कुनै नयाँ काम गर्ने विचार आउनसक्छ । गरेको काममा सफलता मिल्दै जानेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग कालो वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल