४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

दूधको मूल्य भदौदेखि बढ्दै

दूधको मूल्य भदौदेखि बढ्दै
अ+ अ-

काठमाडौं । दूधको मूल्य भदौ १ गतेदेखि लागू हुनेगरी बढ्ने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरूप तीन वर्षपछि दूधको मूल्य बढाउने प्रक्रिया सुरु गरेको हो ।
दूधको उत्पादन लागत बढेको भन्दै केन्द्रीय दुग्ध सहकारी संघले मूल्य नबढाए भदौ पहिलो सातादेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ भने दुग्ध उद्योगीहरूको संस्था नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले पनि मूल्य बढाउन माग गर्दै आएको छ । “उपभोग्य वस्तुलगायत पशु आहारा ढुटो, दाना, चोकर र कृषि श्रमिकको मूल्य बर्सेनि निरन्तर रूपमा बढ्ने तर दूधको मूल्य लामो समयदेखि नबढ्दा किसानको उत्पादन लागत उठ्नै छाडेको छ,” संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले भने, “मूल्य बढाउनुको विकल्पै छैन, साउनभित्रै नगरे हामी आन्दोलनमा होमिनेछौं ।” उनले कृषिमन्त्री र मन्त्रालय सकारात्मक रहेको भन्दै मूल्यवृद्धि हुनेमा आफूहरू विश्वस्त रहेको बताए ।

हाल तीन प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस (एसएनफ) रहेको दूधको बजार मूल्य ७० रुपैया प्रतिलिटर रहेको छ । प्रतिलिटर कति रुपैयाँ बढाउने भने निर्णय गर्न बाँकी छ । मूल्यवृद्धिको विगतको अभ्यास हेर्दा यो वर्ष प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म मूल्य बढ्नसक्ने देखिन्छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल यस विषयमा दैनिकजसो आन्तरिक रूपमा सरोकारवालासँग छलफलमा छन् भने यस सम्बन्धि कार्यदलको सुझावअनुसार मूल्य निर्धारण हुने मन्त्रालय स्रोतको भनाइ छ ।
यसअघि पनि मन्त्रालय मातहतको राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा गठन हुने कार्यदलको सिफारिसमा दूधको मूल्य बढाउने अभ्यास रहँदै आएको छ । बोर्डका अधिकारी, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान, दुग्ध सहकारी तथा किसान प्रतिनिधि, दुग्ध उद्योगका प्रतिनिधि, दुग्ध विज्ञ, पशु सेवा विभाग र मन्त्रालयका प्रतिनिधिलगायत सम्मिलित औपचारिक कार्यदल सोमबारसम्म बनिसक्ने मन्त्रालय स्रोतको भनाइ छ । यसका लागि मन्त्रालयले दैनिक दूधको कारोबार गर्दै आएको संस्थानसँग छुट्टै परामर्श लिइरहको छ भने दुग्ध सहकारी, उद्योगी र विज्ञहरूसँग पनि छलफल गरिसकिएको छ ।

दुग्ध विकास बोर्डका निमित्त कार्यकारी प्रमुख बाबुकाजी पन्तले कार्यदलको सिफारिसअनुसार नै दूधको मूल्यवृद्धि गर्ने विगतको अभ्यासअनुसार नै अगाडि बढ्ने बताए । “दूधको मूल्य बढाउन किसानको मागपछि सरोकारवाला सहमत भएको अवस्था छ,” उनले भने, “मन्त्रालयको निर्णय र निर्देशनअनुसार बन्ने कार्यदलले सिफारिस गर्ने मूल्यलाई नै आधार मानेर मूल्यवृद्धि गर्ने विगतदेखिको अभ्यासअनुसार मूल्य बढ्ने हो ।” बढेको उपभोक्ता मूल्यमध्ये ६९ प्रतिशत हिस्सा किसानतर्फ बढ्ने र उद्योगतर्फ ३१ प्रतिशत हिस्सा रहने गरि मूल्य वृद्धि गर्ने अभ्यास छ ।

नेपालमै उत्पादन बढेपछि विगत तीन वर्षदेखि नेपालमा झोल (कच्चा) दूध आयात हुन छाडेको छ । तर, मन्त्रालयले गत मंसिरदेखि मिल्क पाउडर (एसएमपी) समेत आयात रोक्दा भने बजारमा दूध अभाव हुन थालेको छ । दूध बढी माग हुने तर उत्पादन कम हुने सिजन भएकाले पनि एसएमपी आवश्यक पर्ने तर आयात ठप्प हुँदा आफूहरू मारमा परको गुनासो उद्योगीहरूले गर्न थालेका छन् । उद्योगीहरूबीच दुग्ध सहकारीसँग बढी पैसा तिरेर दूध किन्ने प्रतिस्पर्धा र अनौपचारिक बाटोबाट आएको पाउडर दूध महँगोमा किनेर काम चलाइरेको पनि उद्योगीहरूको गुनासो छ । किसानहरू भने पाउडर दूध आयातभन्दा उत्पादन वृद्धिका जोड दिनुपर्ने बताउँदै आएका छन् ।, समाचार कारोबार दैनिकमा प्रकाशित छ ।