४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

ल्याबपिच्छे फरक–फरक रिपोर्ट, कुनलाई आधिकारिक मान्ने ?

ल्याबपिच्छे फरक–फरक रिपोर्ट, कुनलाई आधिकारिक मान्ने ?
अ+ अ-

काठमाडौं । रोगको सही पहिचानका लागि भरपर्दो रिपोर्ट आवश्यक भए पनि प्रयोगशालापिच्छे फरक–फरक रिपोर्ट आउने गरेको पाइएको छ । यसकारण, प्रयोगशालाले दिने रिपोर्टमाथिको विश्वसनीयतामै प्रश्न खडा हुन थालेको छ । अनधिकृत रूपमा ल्याब सञ्चालन भइरहेकाले यो समस्या आएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार ‘ए’ वर्गमा सात, ‘बी’ वर्गमा २९ वटा, ‘सी’ वर्गमा १ सय ९६ वटा र ‘डी’ वर्गमा ५९ वटा ल्याब दर्ता भएका छन् ।

देशभरका अधिकांश प्रयोगशालाले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । यसकारण, ल्याबको गुणस्तरीयतामाथि नै प्रश्न उठ्न थालेको छ । फार्मेसीपिच्छे ल्याब भए पनि कतिपय ल्याब दर्ता प्रक्रियामा आउन नमान्दा अनधिकृत रूपमा सञ्चालन भइरहेका छन् । स्रोतका अनुसार देशभर ४ हजार ५ सय वटा ल्याब छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। रुना झाले ल्याबको गुणस्तरीयताबारे अनुगमनलाई तीव्र पारिएको बताइन् । उनले भनिन्, ‘औषधि व्यवस्था विभाग र स्थानीय तहसँग सहकार्य गरेर औषधि पसलका ल्याबको अनुगमन गर्ने संयन्त्र बनाउने योजना बनाएका छौं । छिट्टै अनुगमन गर्ने तयारीमा छौं ।’

उनले ‘ए’ र ‘बी’ वर्गका ल्याब केन्द्रले र ‘सी’ र ‘डी’ वर्गमा पर्ने ल्याबको स्वास्थ्य निर्देशनालयले हेर्ने गरी क्षेत्राधिकार छुट्याइएको बताइन् ।

– एउटै व्यक्तिको ‘रिपोर्ट’ फरक–फरक
– बिरामी जोखिम मोल्दै

केही दिनअघि सुर्खेतका अस्पतालका ल्याबको अनुगमनको क्रममा न्यूनतम मापदण्ड नपुगेका पाँच वटा ल्याबलाई कारबाही गरिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार ल्याब दर्ता नहुँदा एउटै बिरामीको रिपोर्ट प्रयोगशालापिच्छे फरक–फरक आउने गरेको छ ।

उनले भने, ‘दर्ता नभएका ल्याबहरू धमाधम चलिरहेका छन् । त्यस्ता ल्याबलाई कारबाही गर्ने अधिकार हामीसँग छैन ।’

उनले दर्ता भएका ल्याबको केन्द्रीय प्रयोगशालाले ‘क्वालिटी कन्ट्रोल’ गर्ने र ल्याबको गुणस्तरीयताबारे सुझाव दिने काम गरिरहेको बताए ।
उनले सबै प्रयोगशालामा परीक्षणपश्चात् रिजल्ट लेख्ने युनिटहरू एकै किसिमको लागू गर्न आवश्यक रहेको बताए । सबै ल्याबले अन्तर्राष्ट्रिय स्तरको एउटै विधि लागू गरे नेपालभरका ल्याबको रिपोर्ट एकै प्रकृतिको आउने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बताउँछ ।

एउटै विधिबाट रिपोर्ट आए रिपोर्टले मान्यता पाउने र त्यसको गुणस्तरीयता बढ्ने बताइएको छ । प्रयोगशालामा प्रयोग गरिने केमिकलको मापदण्ड सरकारी निकायबाट तोकिनुपर्ने भए पनि त्यसो हुन सकेको छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सबै प्रयोगशालाका गुणस्तर र मापदण्ड नियमित रूपमा अनुगमन गरिने भएको हुनाले प्रयोगशालाअन्तर्गतको बाह्य गुणस्तर नियन्त्रण प्रक्रियामा सम्पूर्ण प्रयोगशाला सामेल हुनुपर्ने प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाका अनुसार ‘ए’ समूहमा पर्ने प्रयोगशालामा अति विशिष्ट प्रयोगशाला सेवा प्रदान गरिन्छ । यी प्रयोगशाला सरकारी÷स्वायत्त र केन्द्रीय तहका सरकारी अस्पतालमा आधारित हुने निर्देशिकामा उल्लेख छ ।

‘बी’ समूहका प्रयोगशालाअन्तर्गत ५१ देखि २ सय बेडसम्मका जनरल अस्पताल, सबै अञ्चल अस्पताल र उपक्षेत्रीय अस्पतालमा आधारित प्रयोगशाला पर्छन् । ‘सी’ समूहका प्रयोगशालाअन्तर्गत ५० बेडसम्मका जनरल अस्पतालमा आधारित प्रयोगशाला पर्नेछन् । वैदेशिक रोजगारमा जाने कामदारको परीक्षण गर्ने प्रयोगशालाको हकमा भने ‘सी’ समूहका प्रयोगशालाको मापदण्ड पूरा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
‘डी’ समूहका प्रयोगशालाअन्तर्गत सरकारी स्तरमा प्राथमिक स्वास्थ्य केन्द्रमा आधारित प्रयोगशाला पर्छन् ।

‘ई’ समूहका प्रयोगशालामा सरकारी स्तरमा हेल्थ पोस्टमा आधारित प्रयोगशाला पर्छन् ।अनुगमनका क्रममा मापदण्ड नपुगेको पाइएमा एक महिनाको अल्टिमेटम दिइने र सो समयमा पनि मापदण्ड नपुगे ग्रेड घटुवा गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । ठूला निजी अस्पतालले ल्याबका लागि दर्ता हुन नआएको प्रयोगशालाले जनाएको छ ।

‘प्रयोगशाला’ सञ्चालनका लागि न्यूनतम पूर्वाधारहरू
– सजिलै पहुँच
– पर्याप्त मात्रामा उज्यालो भएको
– नियन्त्रित वातावरण
– जीवाणुरहित बनाउने सुविधा
– फोहोर व्यवस्थापनको उपयुक्त सुुविधा
– तथ्यांक भण्डारण, अभिलेखीकरण र व्यवस्थापन
– मिसावट र कन्टामिनेसनको जोखिम मुक्त गर्ने व्यवस्था
– नमुना र रिएजेन्टहरूको ढुवानीका लागि उपयुक्त भण्डारण सुविधा

नेपाल ल्याबोरेटरी संघ (मेलान)का अध्यक्ष राजेन्द्र खड्काले सरकारले देखिने गरी अनुगमन गर्न जरुरी रहेको बताए । उनले भने, ‘अनुगमन फितलो हुँदा पनि अवैध रूपमा ल्याब सञ्चालनमा छन् । त्यसका लागि विकेन्द्रीकृत रूपमा अनुगमन हुनुपर्ने देखिन्छ ।’ उनले जिम्मेवार निकायले अस्पतालले सञ्चालन गरेका ल्याबको अनुगमनको क्रममा ल्याबका लागि आवश्यक प्राविधिक विषयमा सुझावसमेत दिनुपर्ने बताए ।

स्वास्थ्य प्रयोगशालासम्बन्धी सेवाको सञ्चालन एवं अनुगमनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको अध्यक्षतामा निर्देशक समिति रहने स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डसम्बन्धी निर्देशिका २०७३ मा उल्लेख छ ।

सो समितिमा स्वास्थ्य सेवा विभागका महानिर्देशक, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रतिनिधि, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का प्रतिनिधि, निजी अस्पतालका प्रतिनिधि, एक जना प्याथोलोजी समूह र एक जना मेडिकल ल्याबरोटरी टेक्नोलोजी समूहका तर्फबाट सदस्य रहने प्रावधान छ । यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक सदस्य सचिव रहने व्यवस्था छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।