४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

मुख्य भन्सार नाकाबाटै अत्यधिक राजस्व छली

मुख्य भन्सार नाकाबाटै अत्यधिक राजस्व छली
अ+ अ-

काठमाडौं । देशका मुख्य भन्सार नाकाबाटै ठूलो परिमाणमा राजस्व छली हुने गरेको तथ्य सार्वजनिक भएको छ । भन्सार विभागले तोकेको लक्ष्यअनुसार मातहतका कार्यालयले राजस्व नउठाउँदा राजस्व छली भएको विज्ञहरूले बताएका छन् ।

राजस्व छली हुने क्रम बढ्दा अधिकांश भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेका छैनन् ।

विज्ञहरूका अनुसार भन्सारका कर्मचारी र व्यापारीहरूको मिलेमतोमा नै राजस्व छली हुँदै आएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार मुलुकको सबैभन्दा ठूलो भन्सार नाका वीरगन्जबाट ८९ अर्ब ८० करोड ५७ लाख १३ हजार राजस्व उठेको छ । जब कि सो भन्सार नाकाबाट राजस्व उठाउने लक्ष्य भने ९६ अर्ब ७६ करोड २५ लाख ४६ हजार राखिएको थियो । सो नाकाबाट लक्ष्यभन्दा ७ अर्ब बढी राजस्व उठ्न नसकेको पाइएको छ ।
भन्सार विभागले भैरहवा भन्सार कार्यालयबाट ५८ अर्ब ६३ करोड ५२ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा ५० अर्ब ९४ करोड ८२ लाख मात्रै राजस्व उठेको जनाएको छ ।

यसैगरी, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय, रसुवा भन्सार कार्यालयलगायतबाट पनि लक्ष्यभन्दा कम राजस्व उठेको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । लक्ष्यभन्दा निकै कम राजस्व उठेकाले ती नाकाबाट पनि राजस्व छली भएको सहजै अनुमान गर्न सकिन्छ ।

भन्सार स्रोतका अनुसार पशुपति नगर भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, सिराहा भन्सार कार्यालय, गौर भन्सार कार्यालय, कोइलावास भन्सार कार्यालयबाट समेत ठूलो मात्रामा राजस्व छली भइरहेको बताइएको छ ।

पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव खत्री भट्टराईले भन्सार विभागले दिएको लक्ष्यअनुरूप राजस्व उठाउन नसक्नुले राजस्व छली भएको पुष्टि गर्ने बताए । उनले २०७५/७६ को बजेट भाषणमा भन्सार छली नियन्त्रण गर्न सन्दर्भ मूल्य लागू गरे पनि भन्सार विभागका कर्मचारी र सुरक्षा निकायका कर्मचारीको असहयोगका कारण सो प्रावधान लागू हुन नसकेको बताए ।

राजस्व छली नियन्त्रण गर्ने प्रमुख निकाय भन्सार, सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच प्रभावकारी समन्वय हुन नसक्दा पनि भन्सार छली हुने क्रम बढेको विज्ञको दाबी छ । त्यस्तै, राजस्व छली गर्ने निकायकै मिलेमतोमा व्यापारीले ठूलो परिमाणमा राजस्व छली गर्ने गरेको स्रोतको दाबी छ ।

अर्थ मन्त्रालका एक उच्च अधिकारीका अनुसार भन्सार विभागका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती कमजोर भएका कारण राज्यले बर्सेनि अर्बौं राजस्व गुमाउँदै आएको छ ।

‘भन्सार चोरी पैठारी रोक्न यी तीन निकायको समन्वयको आवश्यक छ तर अहिलेसम्म समन्वय नहुँदा चोरी नियन्त्रण हुन सकेको छैन,’ ती अधिकारीले राजधानीसँग भने ।

त्यस्तै, महालेखापरीक्षकको कार्यालयका उपमहालेखापरीक्षक रामुप्रसाद डोटेलले अहिले परिचालित सशस्त्र प्रहरी कमान्डिङमा तालमेल नमिल्दा भन्सार छली हुने गरेको बताए । उनले त्यसको समाधान गर्न छुट्टै राजस्व प्रहरी गठन गर्नुपर्ने तर्क गरे ।

डोटेलका अनुसार खुला सिमानाका कारण भन्सारबाट छली हुने वस्तु प्रहरीलाई नियन्त्रण गर्न कठिन छ । चोरी नियन्त्रण गर्न प्रहरीको सक्रियता र समन्वय आवश्यक रहने उनको तर्क छ ।

भन्सारबाट राजस्व धेरै किसिमले छली हुने गरेको पाइएको छ । सम्बन्धित नाकाबाट नभएर अन्य नाकाबाट समेत चोरी पैठारी भइरहेका छन् । सामानको परिमाणमा फरक पार्ने, एउटा सामान ल्याउने तर अर्को देखाउने र न्यून बीजकीकरण गरी राजस्व छली हुने गरेको सरोकारवालाले बताएका छन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।