२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टरद्वारा लिड्सको पोस्टमा सात गोल



अ+ अ-

म्यान्चेस्टरः इङलिस प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा लिग लिडर म्यान्चेस्टर सिटीले लिड्स युनाइटेड विरुद्ध गोलको वर्षा गरेको छ ।

समग्रमा सात गोल गरेको म्यान्चेस्टरले पहिलो हाफमा तीन गोल गरेको थियो भने दोस्रो हाफमा चार गोल गरेको छ ।

म्यान्चेस्टरका लागि पहिलो गोल आठौं मिनेटमा फिल फोडेनले गरेका थिए । त्यसपछि लगातार अन्तरालमा सिटीले गोल गरेको थियो । ज्याक ग्रिलिसले १३औं, केभिन ब्रुएनले ३२ र ६२ औं मिनेटमा दुई गोल, रियाद महारेजले ४९औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै, जोन स्टोन्सले ७४औं तथा नाथन एकेले ७८औं मिनेटमा गोल थपेका थिए ।

यो जितसँगै म्यान्चेस्टर सिटीले १७ खेलबाट ४१ अंक बनाएको छ, र पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको लिभरपुलको १६ खेलबाट ३७ अंक छ भने तेस्रो स्थानमा रहेको चेल्सीको ३६ अंक छ ।

यस्तै बुधबार नै भएको अर्को खेलमा एस्टन भिल्लाले नर्वीचलाई २–० गोल अन्तरले पराजित गरेको छ । एस्टन भिल्लाका लागि ज्याकोब राम्से र ओल्ली वाटकिन्सले गोल गरेका थिए ।

यो जितसँगै एस्टन भिल्ला १७ खेलबाट २२ अंक सहित सातौं स्थानमा उक्लेको छ भने नर्वीच लिगको अन्तिम स्थानमा रहँदै रेलिगेसन जोनमा छ । एजेन्सी