४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

किन भएन डेंगु नियन्त्रण ?

किन भएन डेंगु नियन्त्रण ?
अ+ अ-

काठमाडौं । डेंगु रोग नियन्त्रण नभएपछि सरकारी अधिकारी चिन्तित देखिएका छन्। बिरामी झन् बढ्ने हो कि भन्ने डर रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. विवेककुमार लाल बताउँछन्। डेंगु संक्रमितको संख्या झन्डै ३५ सय पुगेको छ ।

पिउने पानी अभाव भएको क्षेत्रमा डेंगु संक्रमण बढी देखिएको छ। भाँडाकुँडामा पानी संकलन गरे पनि छोप्ने गरेको पाइँदैन। फोहोरमैलाको उचित व्यवस्थापन हुन सकेको छैन। सडकका खाल्डाखुल्डी, पुराना टायर, गमला, कुलरमा जमेको पानीमा लामखुट्टेले फुल पार्छन्। ती लामखुट्टेको टोकाइबाट रोग फैलिने गरेको छ। डेंगुले प्रदेश १ र ५ का बासिन्दालाई सताएको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सरकारले लामखुट्टेको फुल एवं लार्भा खोज र नष्ट गर्ने अभियान सञ्चालनमा दुई वर्षमा झन्डै ११ करोड खर्च गरेको छ। नतिजा भने अपेक्षाकृत सन्तोषजनक देखिएको छैन। ‘अब व्यवहार परिवर्तनको खाँचो छ’, निर्देशक डा. लाल भन्छन्। सहरी क्षेत्रमा फैलिएको डेंगु रोकथामका लागि स्थानीय बासिन्दासँगै सरकारको भूमिका प्रभावकारी नहुँदा रोग नियन्त्रणमा आउन नसकेको उनको ठम्याइ छ ।

लामखुट्टेको वासस्थान नष्ट गर्न स्थानीय, प्रादेशिक र संघीय सरकारले गरेको प्रयास प्रभावहीन देखिएको छ। कीटजन्य रोगको अवस्थाबारे जानकारी राख्ने एन्टिमोलोजिस्टको अभाव भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलका अनुसार सरकारी तवरमा चारवटा पक्षमा सुधार गर्न नसक्दा रोग नियन्त्रणमा चुनौती थपिएको छ। दक्ष जनशक्ति व्यवस्थापन गर्न नसकिएको उनी स्वीकार गर्छन् ।

‘हिजोका दिनमा निर्देशन दिँदा स्वास्थ्य चौकीका अहेव तुरुन्तै परिचालन हुन्थे’, उनी भन्छन्, ‘अहिले कर्मचारी चलाउन प्रदेश र स्थानीय सरकार गुहार्नुपर्छ ।’ स्थानीय कर्मचारी परिचालन गर्ने अधिकार संघमा छैन। स्रोतसाधनको प्रबन्ध पनि छैन। ‘गोली स्थानीय निकायमा छ। बन्दुक प्रदेशमा छ। सिपाही संघमा छ’, उनी भन्छन्, ‘तीन तहबीच तालमेल छैन ।’

उनका अनुसार सुरुदेखि तीनै तहका सरकारी निकायमा सूचना प्रवाह हुन सकेन। सूचना व्यवस्थापन प्रभावकारी हुन नसकेको उनको भनाइ छ। आर्थिक व्यवस्थापन पनि हुन सकेन । ‘सूचना नभए सञ्चार हुँदैन। सञ्चारबिना समन्वय हुन सक्दैन’, उनी भन्छन्, ‘समन्वय नभए सहकार्य हुन सक्दैन। सहकार्य नभएको अवस्थामा रोग नियन्त्रणमा प्रतिबद्धता पनि हुँदैन ।’ वातावरणीय सरसफाइमा ध्यान दिने र सरोकारवाला निकाय परिचालन भए रोग नियन्त्रण हुने उनी बताउँछन् ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।