४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

सिंगो वडावासी सुकुम्बासी

सिंगो वडावासी सुकुम्बासी
अ+ अ-

मोरङ । साबिक मधुमल्ला गाउँ पञ्चायत–५ हालको मिक्लाजुङ गाउँपालिका–६ खाकरबारीका मानबहादुर राईले २०२४ चैतमा स्थानीय सार्के तामाङसँग १२ सय रुपैयाँमा डेढ बिघा जमिन किनेर आफ्नो नाममा रजिस्ट्रेसन पास गराए । उनको त्यसबेलाको धनीपुर्जामा तत्कालीन मोरङका मालपोत प्रमुख ध्रुवप्रसाद ढुंगेलको हस्ताक्षर छ ।

‘रैती नम्बर ५५’ भएको राईको त्यसबेलाको जग्गाको धनीपुर्जा अझै सुरक्षित छ । तर उनको धनीपुर्जा चल्दैन । धनीपुर्जामा भएको जमिनको अभिलेख अहिलेको मालपोत कार्यालयमा भेटिँदैन । उनले त्यही जमिन अहिले स्थानीय रत्नबहादुर तामाङलाई ७ लाख रुपैयाँमा बेचेका छन् । बिक्री गर्दा राईले तामाङलाई जग्गाको रैती नम्बर उल्लेख गरेर तमसुक गरिदिएका छन् ।

तमसुकमा ‘पछि केही समस्या आइपरेमा समयअनुसार समस्याको समाधान गरौंला’ भन्ने उल्लेख छ । राईले उक्त जमिन तामाङलाई रजिस्ट्रेसन पास गरिदिन सकेका छैनन् । मिक्लाजुङ ६ कै कालीजोरका दिलबहादुर राईले पनि २०२० सालमा एक बिघा जमिन खरिद गरेर आफ्नो नाममा रजिस्ट्रेसन पास गरे । रैती नम्बर ३३ भएको उक्त जग्गाको धनीपुर्जा दिलबहादुरसँग सुरक्षित छ । तर उनको पनि उक्त रैती नम्बर भएको जमिन अहिलेको मालपोत कार्यालयको अभिलेखमा छैन ।

उनको धनीपुर्जामा तत्कालीन मालपोत प्रमुख हरि अधिकारीको हस्ताक्षर छ । त्यहीँको लालमाटी बस्तीका चुवालाल श्रेष्ठको नाममा पनि १० कट्ठा जमिन २०२४ सालमा दर्ता भएको पुर्जा छ । अभिलेख मालपोतमा छैन । मिक्लाजुङ–६ खाकरबारीका मानबहादुर, कालीजोरका दिलबहादुर र लालमाटीका चुवालालको मात्र होइन, सिंगो वडाकै झन्डै ५ सय परिवारलाई यस्तो समस्या छ ।

अधिकांशसँग २०२० देखि २०२४ सालसम्म खरिद गरेको जग्गाको धनीपुर्जा छ । तर कसैको पनि अभिलेख मालपोत र भूमिसुधार कार्यालयमा भेटिँदैन । उनीहरूले उक्त जमिन न कसैलाई वैधानिक तरिकाले रजिस्ट्रेसन पास गरिदिन पाएका छन्, न वित्तीय संस्थामा धितो राखेर ऋण निकालेर व्यवसाय नै गर्न ।

मानबहादुर राई तत्कालीन मधुमल्ला गाविस हुँदा दुई कार्यकालसम्म उपाध्यक्ष भएका थिए । उनका अनुसार तत्कालीन मधुमल्ला गाउँ पञ्चायतको वडा नम्बर ५ खाकरबारी, कालीजोर र लालमाटी पञ्चायत विरोधीको बस्ती भनेर चिनिएको थियो । उनले भने, ‘त्यसबेलाका गाउँ पञ्चायतका प्रधानपञ्च प्रेमबहादुर श्रेष्ठ र सचिव ज्ञानबहादुर लामाले २०२५ सालमा आएको सरपट नापी टोलीलाई ५ नम्बर वडाको जमिन नाप्न नदिँदा यो समस्या भएको हो ।’

खाकरबारीमा आफ्नै घर, कालीजोरमा पवित राई र लालमाटीमा तुलसीप्रसाद राईको घरमा पञ्चायतविरोधी नेताहरू आएर बस्ने र गतिविधि गर्ने गरेको उनले बताए । ‘त्यो प्रधानपञ्चले थाहा पाएका थिए,’ उनले भने, ‘त्यसैले बस्ती छानेर नापी टोलीलाई जमिन नाप्न जान नदिँदा धेरै परिवार अहिले सुकुम्बासीझैं भएर बस्नुपरेको हो ।’

२०२७ सालमा छिमेकी टाँडी गाउँ पञ्चायतमा नापी गर्न आएको टोलीले पनि पञ्चायतविरोधी बस्ती भन्दै मधुमल्लाको छुट नापी गर्न मानेन । ‘जनमत संग्रहताका पनि नापी गर्न टोली आए पनि कर्मचारीले १२ सय रुपैयाँ मागेका थिए,’ त्यसबेलाका वडाध्यक्षसमेत रहेका राईले भने, ‘हामीले घूस दिन नमानेपछि टोली फर्किएर गयो, नापी गरिदिएन ।’

मिक्लाजुङ–६ खाकरबारी, कालीजोर र लालमाटीका सबैजसो घरमा जग्गाधनी पुर्जा छ । ‘पुरानो पुर्जा भएर के गर्नु रु कसैको पनि अभिलेख मालपोतमा छैन,’ स्थानीय उदय सापकोटाले भने, ‘हामी यहाँका जग्गाधनी पुर्जा भएका सुकुम्बासीका रूपमा चिनिन्छौं । हामीसँग जमिनको लालपुर्जा छ, तर चल्दैन ।’

सरकारी टोलीले जमिन ननापे पनि यहाँका हरेक घरपरिवारले २०३४ सालसम्म मालपोत तिरेको रसिद उनीहरूसँग अझै सुरक्षित छ । स्थानीय रंगलाल तामाङले भने, ‘हामीले मालपोत तिर्न छाडेपछि सबैले गाउँ पञ्चायतमा धरौटी कर तिर्दै आएको रसिद अझै सुरक्षित छ । पञ्चायती व्यवस्थाको अन्त्य भएपछि कसैले पनि कर तिरेका छैनौं ।’

आफ्नो नाममा रजिस्ट्रेसन पास भएको जमिन नापीमा छुटेपछि २०२७ सालदेखि तत्कालीन गाउँ पञ्चायतले स्थानीय जमिनदार अग्निप्रसाद लिम्बूमार्फत पञ्चायत विकास तथा जग्गा करको धरौटी रसिदमार्फत २०३४ सालसम्म मालपोत असुली गरेका थिए । तामाङले भने, ‘त्यसबेला पञ्चायतलाई धरौटी कर तिर्दा हात परेको ७ नम्बर फारम र जोताहा रसिद हामीले अझै जतनसाथ राखेका छौं ।’

नापी छुटदा मिक्लाजुङ ६ सिंगो वडा नै सुकुम्बासीको बस्तीझैं भएको गाउँपालिका अध्यक्ष देवी आचार्यको भनाइ छ । ‘यहाँका झन्डै ५ सय परिवार हातमा जग्गाको धनीपुर्जा भए पनि नापीमा छुटेर अभिलेख नहुँदा सुकुम्बासी जस्तै छन्,’ उनले भनेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।