४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

९० हजार नयाँ शब्द

९० हजार नयाँ शब्द
अ+ अ-

काठमाडौँ । तपाईं लास्सो भन्नुस् या फ्याफुल्ला । सेवारो गर्नुस् कि ज्वज्वलपा । सबैको नेपालीमा अर्थ हुन्छ– अभिवादन वा नमस्ते । अर्थ मात्र हैन, अब यी शब्द नै नेपाली भइसकेका छन् । विगत चार दशकमा नेपाली भाषामा झन्डै ९० हजार आगन्तुक, स्थानीय र अन्य शब्द आएका छन् ।

विज्ञहरूका अनुसार नेपालीकै विभिन्न भाषिका र नेपालभित्र बोलिने थारू, मैथिली, तामाङ, नेपाल (नेवार), राई, लिम्बूलगायत राष्ट्रिय भाषाबाट पनि नेपाली साहित्यमा शब्द मिसिन आइपुगेका हुन् । २०४६ मा प्रजातन्त्र पुनर्बहालीपछि विकास भएको मातृभाषा साहित्यका थुप्रै शब्द पनि नेपाली साहित्य लेखनमा थपिए ।

‘लोकतान्त्रिक गणतन्त्रपछि अरू राष्ट्रिय भाषाका साहित्यबाट नेपाली साहित्यमा शब्दहरू बोधगम्य भएर आए,’ प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भने, ‘लिम्बू भाषाको सेवारो, माङगेना, तामाङ भाषाको फ्याफुल्ला, लास्सो, नेवार भाषाको ज्वज्वलपा आदि यसैका उदाहरण हुन् । यस्ता थुप्रै शब्द अरू मातृभाषाबाट आएका छन् ।’

उप्रेतीका अनुसार प्रज्ञा प्रतिष्ठानको बृहत् नेपाली शब्दकोशमा अहिले ६० हजार शब्द छन् । त्यसमा अब ९० हजार शब्द थप्ने तयारी छ । करिब ५० हजार नयाँ शब्द संकलन भइसकेको छ । यो वर्षभित्रै नयाँ शब्दकोश निकाल्ने तयारीमा । ‘नयाँ–पुराना गरेर झन्डै १ लाख १० हजार शब्द पुगिसकेका छन्,’ उनले भने, ‘अरू खोजेर डेढ लाख पुर्‍याउँदै छौं ।’

यसका लागि प्रतिष्ठानले आठ वर्षअघि शब्द संकलन सुरु गरेको थियो । नेपाली भाषा, कोश तथा व्याकरण विभागको प्रमुख हेमांगराज अधिकारी भएपछि उनकै नेतृत्वमा समिति बनाएर शब्द संकलन गरिएको हो । समितिमा जिवेन्द्रदेव गिरी, तुलसी भट्टराई, नोवलकिशोर राई, माधव पोखरेल, बद्रिविशाल भट्टराई, चूडामणि बन्धु सदस्य थिए । समितिले ४८ हजार ९ सय ६७ नयाँ शब्द संकलन गरेको थियो । अब यसैमा ४० हजार थपेर डेढ लाख शब्दसहितको शब्दकोश छापिनेछ ।

मातृभाषा र नेपाली भाषिकाभित्र मसिनो ढंगबाट खोजी गरेर त्यसैमा भारतीय नेपाली साहित्यका शब्दहरू थप्ने योजनासहित प्रतिष्ठान अघि बढेको हो । ‘भारतका दार्जिलिङ, सिक्किम, कालिम्पोङदेखि असम र मेघालयसम्म नेपाली साहित्यमा स्थानीय भाषिकाको मिठासपूर्ण प्रयोग भइरहेको छ,’ उनले भने, ‘यो नेपाली भाषाको समृद्धि हो ।’ अधिकारी नेतृत्वको समितिले मातृभाषा र भाषिकामा प्रचलित शब्दसँगै बालकृष्ण पोखरेलको ‘नेपाली–अंग्रेजी शब्दकोश’ र बद्रिविशाल भट्टराई र अधिकारीकै ‘प्रयोगात्मक नेपाली शब्दकोश’बाट केही शब्द लिएको छ, जुन प्रज्ञाले छाप्ने बृहत् नेपाली शब्दकोशमा थिएनन् ।

‘प्रयोगात्मक नेपाली शब्दकोशबाट झन्डै १० हजार शब्द लियौं,’ अधिकारीले भने, ‘भाषा अभ्यासका क्रमका शब्दहरू थपिँदै जानु स्वाभाविकै हो । यसमा तत्कालीन समय र सामाजिक विकास प्रक्रियाले पनि अर्थ राख्छ ।’ यो समितिले नेपाली भाषाकै भाषिका डोट्याली र अछामीबाट स्थानीय रूपमा प्रचलनमा आएका शब्दहरू पनि संकलन गरेको छ ।

समितिका सदस्य तुलसी भट्टराईका अनुसार मातृभाषा र भाषिकाबाट नेपाली समाजमा पहिलेदेखि नै स्थानीय रूपमा शब्दहरू प्रचलनमा थिए । तिनलाई टिपिएको थिएन । पञ्चायतकालमा बनेको शब्दकोश त्यतिबेलाको सामाजिकरराजनीतिक अवस्थाका कारण त्यति फराकिलो थिएन ।

‘अहिले स्थानीय रूपमा प्रचलनमा आइसकेका साझा शब्दसमेत संकलन गर्दा संख्या बढेको हो,’ उनले भने, ‘संस्कृतको बुझ्दै नबुझिने शब्दभन्दा स्थानीय भाषिका र मातृभाषाबाट टिप्दा बोलीचालीमा सजिलो पनि हुने भयो । स्थानीय भाषाका शब्दहरू नेपाली भाषाकै सम्पत्ति हुन् । अंग्रेजी भाषामा पनि भारतबाट ‘लाठीचार्ज’, ‘समोसा’ जस्ता शब्दहरू गएका छन् ।’

२०४६ पछि मुलुकमा सामाजिक अन्तर्घुलन बढेकाले पनि स्थानीय भाषाका शब्दहरू साझा बनेर थपिएको उनको भनाइ छ । यसले दैनिक र व्यवहारजन्य अभ्यासमा समुदाय–समुदायबीच केही शब्द साझा बन्न सहयोग पुर्‍यायो । संयोजक अधिकारी भाषामा यस्ता सामाजिक अन्तर्घुलन र प्रचलनको प्रक्रिया अनन्त चलिरहने बताउँछन् । ‘भाषामा शब्दको सीमितता हुँदैन,’ उनले भने । अधिकारीले भारतको पुना विश्वविद्यालयले संस्कृत भाषाको बृहत् शब्दकोश निर्माण गर्दा २५ वर्षमा ‘अ’ बाट आउने शब्द मात्रै सकाएको उदाहरण दिए ।

प्रतिष्ठानले २०४० मा पहिलो पटक १४ सय ३१ पेजको बृहत् नेपाली शब्दकोश निकालेको थियो । प्रधानसम्पादक भाषाशास्त्री बालकृष्ण पोखरेल थिए । वासुदेव त्रिपाठी र बल्लभमणि दाहालसमेतको यो टोलीले शब्दकोश निकालेको १८ वर्षसम्म पुनर्मुद्रण मात्रै भइरह्यो । शब्दहरू थपिएनन् । २०५८ मा १३ सय ५५ पृष्ठको दोस्रो संस्करण निस्कियो । त्यतिबेला केही ‘राजनीतिक’ र वैकल्पिक शब्द हटाइए । ‘अधिकारीले भने, ‘नयाँ खोज कार्य हुन सकेको थिएन । त्यही भएर शब्दकोशमा यतिधेरै शब्द बढेका हुन् ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।