४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

अन्योलमा लगानीकर्ता, नेप्से स्थिर

अन्योलमा लगानीकर्ता, नेप्से स्थिर
अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबार दिन घटेर बन्द भएको नेप्सेले दोस्रो कारोबार दिन पनि गति लिन सकेन । लाभकर विवादका कारण लगानीकर्ता अन्योलमा परेपछि बजारले गति लिन नसकेको हो । यस दिन कारोबार रकममा पनि खासै सुधार भएन । लगानीकर्ता अब ‘पर्ख र हेर’को रणनीति अपनाउन थालेका छन् । साउनको अन्तिम साता लाग्दा पनि अधिकांश कम्पनीहरूले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छैनन् । हालसम्म १३ वाणिज्य बैंक, ४१ लघुवित्त र केही विकास बैंक, बिमा कम्पनी र जलविद्युत् कम्पनीहरूबाहेक अरू कम्पनीहरूले वित्तीय विवरण प्रकाशित गरेका छैनन् । सोही कारण पनि लगानीकर्ता ‘पर्ख र हेर’को रणनीति अपनाउन बाध्य भएका हुन् । कम्पनीहरूले नाफामूलक वित्तीय विवरण प्रकाशित गरे बजार बढ्न टेवा पुग्ने एक लगानीकर्ताले बताए । यसका साथै नियामक निकायहरूले लाभकरको विवादलाई चाँडै अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

बजार सारांश
सोमबार नेप्से परिसूचक शून्य दशमलव १३ अंक बढेर १ हजार २ सय ३३ दशमलव ८५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव १२ अंक बढेर २ सय ६७ दशमलव ७२ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव शून्य १ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य २ अंक बढेको छ । यस दिन १ सय ७१ कम्पनीको ११ हजार ६० पटकको कारोबारमा ३१ करोड ४२ लाख २८ हजार ९ सय २१ रुपैयाँबराबरको १८ लाख २१ हजार ८ सय २२ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

प्राविधिक विश्लेषण
आरएसआई :
नेप्सेको १४ दिने आरएसआई यस दिन ३५ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चापको सन्तुलनमा रहेको संकेत गर्छ ।

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन १ दशमलव शून्य २ रहेको छ । यसले नेप्से बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७१ कम्पनीमध्ये ७१ कम्पनीको सेयरमूल्य बढेको छ भने ६९ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३१ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

सोमबार नेप्सेको पिभट बिन्दु १ हजार २ सय ३४ दशमलव २७ रहेको छ । यस दिनको पिभट विश्लेषण गर्दा मंगलबार नेप्से ओरालो लागे १ हजार २ सय ३१ दशमलव ६५ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार २ सय २९ दशमलव ४५ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार २ सय ३६ दशमलव ४७ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार २ सय ३९ दशमलव शून्य ९ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

२ कम्पनीको सेयरमूल्यमा सर्किट
यस दिन २ कम्पनीहरूको सेयरमूल्यमा सर्किट ब्रेक लागेको छ । कारोबारमा आएका नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड र वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयरमूल्यमा यस दिन सकारात्मक सर्किट लागेको हो । नाडेपको सेयरमूल्य यस दिन ४६ रुपैयाँ बढेर ५ सय ११ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने वल्र्ड मर्चेन्टको ९ रुपैयाँ बढेर १ सय ८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी बढेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । विशाल बजार कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ५ दशमलव २६ रुपैयाँ घटेको छ भने एनआइबिएल प्रगति फन्डको इकाइमूल्य ४ दशमलव २७ प्रतिशत घटेको छ ।

सर्वाधिक कारोबार हुनेमा रसुवागढीको सेयर अगाडि
यस दिन कारोबार संख्याका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन ३ हजार ९९ पटकको कारोबारमा २ करोड ५९ लाख ३ हजार ४ सय रुपैयाँबराबरको १ लाख २१ हजार ५ सय २६ कित्ता सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, सान्जेन जलविद्युत् कम्पनीको यस दिन २ हजार ९ सय ४२ पटकको कारोबारमा १ करोड ४९ लाख ४२ हजार ३ सय ८० रुपैयाँबराबरको ६५ हजार १ सय ५० कित्ता सेयर किनबेच भएको छ । यस दिन प्रभु बैंक, मेगा बैंकको संस्थापक सेयर, नेपाल क्रेडिट एन्ड कमर्स बैंक र नेपाल बैंकको कारोबार रकम १ करोड नाघेको छ । सेयर संख्याका आधारमा भने यस दिन मेगा बैंकको संस्थापक सेयर अगाडि रहेको छ । सो बैंकको यस दिन १ करोड २६ लाख ९४ हजार रुपैयाँबराबरको १ लाख २४ हजार ४ सय ५१ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

७ समूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका १२ वटा समूहमध्ये ७ समूहको परिसूचक बढेर हरियो भएको छ भने ५ समूहको परिसूचक घटेर रातो भएको छ । यस दिन होटेल समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य १ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त समूहको परिसूचक शून्य दशमलव ४७ प्रतिशत, म्युचुअल फन्ड समूहको शून्य दशमलव ३८ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ३४ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ३३ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ३३ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव ३२ प्रतिशत बढेको छ ।

यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक २ दशमलव ३ प्रतिशत घटेको छ । निर्जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ७० प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव २३ प्रतिशत, अन्य समूहको शून्य दशमलव १२ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव शून्य ४ प्रतिशत घटेको छ ।

१ सातामा २९७ अनलाइन प्रयोगकर्ता बढे
नेप्सेको अनलाइन प्रणालीमार्फत कारोबार गर्ने लगानीकर्ता गत १ सातामा २ सय ९७ जना बढेका छन् । अघिल्लो सातासम्म १३ हजार १ सय २२ लगानीकर्ता आबद्ध रहेको सो प्रणालीमा गत साता १३ हजार ४ सय १९ लगानीकर्ता आबद्ध भएको नेप्सेले बताएको छ । नेप्सेले गत साताको ब्रोकरअनुसारको अनलाइन प्रयोगकर्ताहरूको सूची सार्वजनिक गर्दै सो कुराको जानकारी दिएको हो । सबैभन्दा बढी अनलाइन प्रयोगकर्ता भिजन सेक्युरिटिज (३४) र आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (५७) मा रहेका छन् । नेप्सेको सूचीअनुसार १ भिजनका १ हजार ३ सय ७५ लगानीकर्ता र आर्यताराका १ हजार ३ सय ३६ लगानीकर्ता अनलाइन प्रणालीमा आबद्ध छन् । अनलाइन प्रयोग गर्ने लगानीकर्ताको संख्या सबैभन्दा कम आशुतोष ब्रोकरेज एन्ड सेक्युरिटिज (३९) मा छ । सो कम्पनीका ३९ लगानीकर्ता मात्र अनलाइन प्रणालीको प्रयोग गर्छन् ।

पूर्णिमाको बोनस हितग्राही खातामा

पूर्णिमा विकास बैंक लिमिटेडले ५ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । बैंकले बुक क्लोज मितिसम्ममा अभौतिक सेयर धारण गरेका सेयरधनीको खातामा सो सेयर जम्मा गरेको हो । अन्य सेयरधनीको हकमा पनि बोनस सेयर हितग्राही खातामा नै जम्मा गरिने कम्पनीले बताएको छ । हालसम्म भौतिक सेयर धारण गरेका सेयरधनीलाई कम्पनीले शीघ्र सेयर अभौतिकीकरण गराई खाताको विवरण बुझाउन अनुरोध गरेको छ । ०७५ पुस २७ गते सम्पन्न बैंकको एघारौँ वार्षिक साधारणसभाले सो बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको सेयर रजिस्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ मा आवेदन दिने म्याद थप
सिद्धार्थ म्युचुअल फन्डले साउन २३ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ मा आवेदन दिने म्याद थप गरेको छ । सो निष्कासनमा अब भदौ २ गतेसम्म आवेदन दिन सकिने भएको छ । यस योजनाले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १४ करोड इकाइ निष्कासन तथा बिक्री खुला गरेको हो । योजनाले १४ करोड इकाइ बीजपुँजीबापत २ करोड १० लाख इकाइ कोष प्रवर्द्धकका लागि सुरक्षित गरी सर्वसाधारणका लागि बाँकी ११ करोड ९० लाख इकाइ निष्कासन गरेको छ । यस योजनाको कोष प्रवर्द्धक सिद्धार्थ बैंक लिमिटेड रहेको छ । यस योजनाको अवधि १० वर्षको रहेको छ । लगानीकर्ताले न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड ४० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । यसको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।