४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

यिनै हुन् वन फँडानीका प्रमुख योजनाकार

यिनै हुन् वन फँडानीका प्रमुख योजनाकार
अ+ अ-

डोटी । सव–डिभिजन वन कार्यालय वीपीनगरका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट नगदसहित अख्तियारको टोलीले समात्यो। वीपीनगर क्षेत्रमा काटिएको काठको ठेक्का मिलाइदिएबाफत घुस रकम लिएको भन्ने ‘बेनामे’ उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोली उनलाई खोज्दै त्यहाँ पुगेको थियो।

डिएसपीको नेतृत्वमा आएको टोलीले उनको झोलामा नगद तीन लाख २६ हजार रकम फेला पारेको छ। उजुरीकर्ताले काठको काम मिलाइदिएबाफत पाँच लाख ६० हजारमा ‘बार्गेनिङ’ मिलाएर रकम लिएको भन्ने व्यहोरा उल्लेख गरेको अख्तियारको महेन्द्रनगर कार्यालयका प्रमुख शिब कार्की बताउँछन्।

अहिले उनी अख्तियारको नियन्त्रणमै छन्। ‘हामी नियन्त्रणमा लिएर छानबिन गरिरहेका छौ,’ अख्तियार महेन्द्रनगर कार्यालयका प्रमुख कार्की भन्छन्,‘सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाउछौ। ’ अख्तियारले घटनाका बिषयमा थप सूचना दिन मानेको छैन्।

अख्तियारले समातेका सहायक वन अधिकृत डिसी प्रशासनिक काम मात्रै होइन्, वन फँडानीका मुख्य योजनाकार समेत रहेको स्रोत बताउँछ। वीपीनगर क्षेत्रमा ठुलो मात्रामा सालको वन छ। सो क्षेत्र काठका तस्करहरुको नजरमा परेको क्षेत्र हो। त्यहाँ बिगतदेखी नै पटक–पटक वन फडानीको विवाद आउने गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा सो क्षेत्रमा काठको कटानी आदेश जारी भएको थिएन्। गत आर्थिक वर्ष २०७५र०७६ मा कटानी आदेश खोल्नका लागि काठका ठेकेदार तथा उपभोक्ताहरु जोडबलमा जुटेका थिए। उनीहरुलाई राजनीतिक नेतृत्वको पनि सहयोग थियो।

यसैक्रममा स्रोतका अनुसार सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयको राजनीतिक ‘पावर’ प्रयोग गरेर योजनावद्ध रुपमा सहायक वन अधिकृत डिसी गत भदौ–असोजमा सव–डिभिजन वन कार्यालय वीपीनगरको गए। उनी गएपछि काठ काट्ने बातावरण मिलाउन थाले। उनको अभियानलाई राजनीतिक शक्तिले माहोल मिलाउने काम गर्यो। ‘मुख्यमन्त्री कार्यालय र डिसीको साँठगाँठमै योजना बनेको थियो,’ स्रोत भन्छ,‘यसक्रममा काठ काट्नेदेखि लिएर कुन ठेकेदारलाई बिक्रि गर्नेसम्मको योजना त्यतिबेलै बनेको थियो। धनगढीमा ठेकेदार र डिसीसहितको बैठक बसेको थियो। ’

त्यसपछि कटानी आदेश दिने प्रक्रिया अन्तर्गत प्रारम्भिक प्रक्रिया थालनी भयो। त्यसपछि पदमराज ओझा, भोजराज भट्ट, चक्र घर्ती, लिलाधर जोशी, शेरबहादुर बोहरा लगायतका ठेकेदारहरु अवैैध रुपमा रातारात उपभोक्ता समितिहरुसंग सम्झौता गरेर कटानी प्रक्रियामा लगानी गर्नथाले।

त्यसपछि सहायक वन अधिकृत डिसीले नै प्रक्रिया पुर्याएर सव डिभिजन वन कार्यालय वीपीनगर मातहतका ३२ वटा सामुदायिक वनको काठ कटानी आदेशको सहमतीका लागि डिभिजन वन कार्यालय सिलगढीलाई सिफारिस पठाए।

उनै डिसी नियमित डिभिजन प्रमुख सरुवा भएको मौकामा ‘पावर’ प्रयोग गरी निमित्त प्रमूख भएर चैत्र १४ गते डिभिजन वन कार्यालय सिलगढीमा जिम्मेवारी लिएर आए। उनैले आफ्नो सिफारिसलाई सदर गर्दै सबै सामुदायिक वनलाई कटानी आदेश दिए। जसमा ५६ हजार सात सय ६६ क्यूफिट काठ रहेको छ। ३२ मध्ये ५ वटा सामुदायिक वनमा सल्लो, एकमा असना र बाँकी सबैमा सालको काठको कटानी आदेश दिइएको छ।

उनै डिसीले १४ चैत्र २०७५ देखी २२ बैशाख २०७६ सम्म निमित्त सम्हाल्दा जिल्लाभरी ५३ वटा सामुदायिक वनमा काठ कटानीको सहमती दिएका छन्। जसमा एक लाख १८ हजार ६ सय तीन क्यूँफिट काठको सहमती दिइएको छ। स्रोतका अनुसार उनले कटानी सहमती प्रदान गर्दा शुरुमै प्रतिक्यूँफिट ७५ रुपैयाँ बार्गेनिङ गरेर लिएका थिए। ‘७५ रुपैयाँ प्रतिक्यूँफिट नदिए कटानी सहमती नै दिएनन्,’ स्रोतले भन्यो,‘सब काम सेटिङमै भएको थियो। सबैले त्यो रकम दिएर सहमती लिएका छन्। ’

स्रोतका अनुसार वीपीनगर क्षेत्रमा १५ वटा सामुदायिक वनमा ठेकदार पदमराज, ६ वटामा भोजराज, ६ वटामा लिलाधर, दुईवटामा चक्र घर्ती र एउटामा शेरबहादुरले कटानीको काम गरेका छन्। जसमा निकासी प्रक्रियामा भोजराजले अरुसंग लगानी फिर्ता मागेर सहभागिता नजनाएको बुझिएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।