४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

समाजवादीसँग मिसिदै राजपा

समाजवादीसँग मिसिदै राजपा
अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी कात्तिक महिनाअघि नै एकीकरण गर्नेगरी दुवै पार्टीका नेताहरूले प्रयास सुरु गरेका छन्। कात्तिक अन्तिम साताका लागि तय गरेको राजपा महाधिवेशनअघि नै एकता टुंगो लगाउन दुवै पार्टीका शीर्ष नेताले अनौपचारिक छलफल तीव्र बनाएका हुन्। उपचार गर्न भारत पुगेका राजपाका नेता महन्थ ठाकुर आइतबार स्वदेश फर्केका छन्। अब केही दिनमै ठाकुरको नेतृत्वमा औपचारिक वार्ता हुने राजपाका नेताहरूले जनाएका छन्। ठाकुर भारत गएको बेला बिहीबार समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई, उपेन्द्र यादव र राजपाका राजेन्द्र महतोबीच राजपाको संसदीय दलको कार्यलय सिंहदरबारमा वार्ता भएको थियो। उक्त वार्ता अनौपचारिक भएको राजपाका नेताको भनाइ छ।

राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले दुई पार्टी एकीकरण गर्न अनौपचारिक कुराकानी र संवाद भइरहेको बताए। तर समाजवादी पार्टीका महासचिव रामसाह यादवले भने राजपाको महाधिवेशनअघि नै दुई पार्टीबीच एकीकरण गर्नेगरी संवाद र छलफल भइरहेको दाबी गरे। ‘राजपाको महाधिवेशनअघि नै एकीकरण गर्नेगरी औपचारिक÷अनौपचारिक वार्ता भइरहेको छ,’ यादवले भने, ‘एकीकरणको विषयलाई बढी चर्चा गर्नुभन्दा परिणाम देखाउन हामी लागेका छौं। ’ राजपाका एक शीर्ष नेताले पनि एकीकरणको विषयमा भएका सबै कुरा बाहिर ल्याउनबित्तिकै भाँड्न प्रयास सुरु हुने भएकाले सकेसम्म छोटो समयमै एकीकरण घोषणा गर्ने हाम्रो प्रयास हो। ’

राजपा स्रोतका अनुसार राजपा र समाजवादी पार्टी एकीकरण गर्न राजपाका नेताहरूले दुइवटा सर्त अघि सारेका छन्। एकीकृत पार्टीको पहिलो अध्यक्ष महन्थ ठाकुर हुनुपर्ने र पार्टी एकीकरण घोषणाअघि समाजवादीले सरकार छाड्नुपर्ने उनीहरूको भनाइ छ। यसमा समाजवादी पार्टीका नेताहरू सकरात्मक भएको राजापाका नेताको दाबी छ। पहिलो अध्यक्ष ठाकुर, दोस्रो स्थानमा बाबुराम भट्टराई, तेस्रो स्थानमा उपेन्द्र यादव र चौथो स्थानमा राजेन्द्र महतोलाई राख्ने विषयमा करिब करिब सहमति भएको दुवै पार्टीका नेताहरू बताउछन्। राजपाका एक पदाधिकारी भन्छन्, ‘पार्टी एकीकरणका लागि सबैभन्दा ठूलो चुनौती नेतृत्व नेतृत्व कसले लिने भन्ने हो। नेतृत्वको विषयमा सहमति जुटेपछि एकीकरण गर्न समस्या हुँदैन। ’

राजपाका महासचिव केशव झाले पनि राजपाको महाधिवेशनअघि राजपा र समाजवादी पार्टीबीच एकीकरण हुनसक्ने बताए। उनले भने, ‘कात्तिक मसान्तसम्म कि एकीकरण हुन्छ कि महाधिवेशन हुन्छ। ’ समाजवादी पार्टी स्रोतका अनुसार दुई पार्टी एकीककरणका लागि सैद्धान्तिक विषयमा भने गम्भीर छलफल भएको छैन। राजपाले संसद्बाट निर्वाचित कार्यकाारी प्रधानमन्त्री मानेको छ भने समाजवादी पार्टीले पत्यक्ष्य निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली स्वीकार गरेको छ। यसैगरी, समाजवादीले पूर्ण समानुपातिक प्रणाली स्वीकार गरेको भने राजपाले अहिलेको जस्तो मिश्रित निर्वाचन प्रणाली स्वीकार गरेको छ।

‘पार्टी एकीकरण गर्न सैद्धान्तिक विषयमा सहमति जुटाउने प्रयास भएको छ। यसमा दुवै पार्टी लचिलो हुन तयार छन्,’ समाजवादी पार्टीका विज्ञ सदस्य नारायण तिवारीले भने। स्रोतका अनुुसार एकीकृत पार्टीले समाजवादको लाइन लिनुपर्नेमा दुवै पार्टीका नेता सहमत छन। ‘तर एकीकृत पार्टीको नाम बाहिर चर्चा गरे जस्तो राष्ट्रिय समाजवादी पार्टी हुन सक्दैन। यदि त्यस्तो हुने भने समाजवादी पार्टीसँग राजपा विलय भएको सन्देश जान्छ। ’ राजपाका एक पदाधिकारीले भने, ‘एकीकृत हुँदा दुवै पार्टीको नाम रहन्न। नयाँ नाम हुन्छ। ’

स्रोतका अनुसार राजपा र समाजवादी पार्टीवीच पार्टी एकीकरण गर्न राजपा अध्यक्षमण्डलका ६ सदस्यमध्ये ठाकुर, महतो र शरत्सिंह भण्डारी मात्र सक्रिय देखिएका छन्। अनिल झा र राजकिशोर यादवले भने त्यति सक्रियता नदेखाएको स्रोतले दाबी ग¥यो। यसैगरी समाजवादी पार्टीमा भट्टराई, यादव, राम साहलगायतका नेताले सक्रियता देखाएका छन्।

राजपाले आगामि कात्तिक २८,२९ र ३० गते राजपाको एकता महाधिवेशनको तिथि तय गरिएको छ। राजपा अध्यक्षमण्डलका सदस्यहरू महाधिवेशनको तयारीभन्दा पार्टी एकीकरणको विषयमा बढी केन्द्रित हुन थालेका छन्। यसबाट तोकिएको मितिमा राजपाको एकता महाधिवेशन हुनेमा आशंका उत्पन्न भएको छ। राजपाले यसअघि कात्तिकमा महाधिवेशन गर्न जेठ मसान्तसम्म सक्रिय सदस्य र साधारण सदस्यता वितरण गर्ने र असार १० सम्म त्यसको संकलन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिकाअनुसार काम हुन सकेको छैन।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।