• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय

आज बुधबार, कस्तो छ तपाईको दिन ? के भन्छ तपाईको राशिफल !



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा माया प्रेममा अबिश्वास बढ्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउने तथा लगानि फस्ने सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावी हुनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ । माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदिबहिनी सँग मनमुटाबको सिर्जना हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : बिभिन्न अवसर आएपनि समयमा सजक नबन्दा पछि परिनेछ । छोटो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्न । भौतिक तथा बिलाशी बस्तुको प्रयोग गर्दा ख्याल गनुहोला बढिनै उत्साहित हुदा नकारात्मक परिणाम आउन सक्छ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथिको सहयोग नपाईने योग रहेकोछ । साथिभाई तथा आफन्त जनसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि स्वास्थ्यमा समस्या देखिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : मुद्धा तथा मामिलामा आज सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् । आफ्नो ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हाबि हुनेछन् भने पढाई लेखाईमा ध्यान नजानाले अरु भन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षबाट आश्वासन मात्र पाईने हुँनाले कुनै कुराको आस गर्नु गलत हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) : तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । शिक्षा क्षेत्र जस्तै स्कुल कलेज तथा यस्तै सस्थासँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने सकिनेछ । चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ भने माया प्रेममा निजिक भई भावना साटासाट गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ । प्रेम प्रशङगमा खुलेर रम्ने समय नरहेकोले ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) : दाजुभाई तथा छिमेकिसँग कुनैपनि कारोबार गर्दा ध्यान दिनुहोला बिवाद बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनुनै उचित हुनेछ । अन्धबिश्वासले मनमा गतिलो डेरा जमाउँने हुँदा मनोबल कमजोर रहनेछ । लेखन तथा साहित्यमा सुरु गरिएका कामहरु थाति रहनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । यात्रा हुने भएपनि यात्राका क्रमम दुख हुन सक्छ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :समाजमा आफन्त तथा आत्मिय मित्रका साथ सुमधुर सम्बन्ध स्थापना गर्न सकिनेछ । अध्ययनमा प्रशस्त समय दिन सकिने हुँनाले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ भने बुद्धिमता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । असहज परिस्थितिको सामना गर्नुपरेपनि सार्थक नतिजा निकाल्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । पारिवारिक माहोलमा जमघट भई नयाँ साथिहरु बनाउँन सकिने तथा स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : राजनिति तथा समाजसेवाको क्षेत्रमा जनताको मन जिति काम गर्न सकिने हुँनाले पछिको लागि पद प्राप्ति हुँने योग रहकोछ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर तान्न सकिनेछ भने पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजनका साथ समय ब्यातित गर्न सकिने समय रहेकोछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले मन प्रशन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): लाभ भावमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावासायमा बृद्धि हुनेछ भने आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । तरल पदार्थ तथा खनिज पदार्थको कारोबार फस्टाएर जानेछ । दिगो फाईदा हुँने लाभदाएका कामको थालनि गरि आर्थिक रुपमा सुदृड हुँन सकिनेछ । नयाँ नयाँ साथि सँगतले नयाँ योजना बनाई आम्दानी स्रोत फराकिला बनाउँन सकिनेछ ।