९ भाद्र २०८३, मंगलवार
,
Latest
१५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार नियन्त्रणमा सबैको भूमिका आवश्यक



अ+ अ-

जलेश्वर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले खख्तियारले मात्रै चाहेर भ्रष्टाचार नियन्त्रण नहुने बताउनुभएको छ । जिल्ला सदरमुकाम जलेश्वरमा आयोगको बर्दिबास कार्यालयद्वारा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सबै चेतनशील र क्रियाशील हुनु जरुरी रहेको बताउनुभएको हो ।

विभिन्न किसिमको भ्रष्टाचारका लागि विभिन्न प्रकारको कारबाही, दण्ड, जरिवानाको कानुनी व्यवस्था भए पनि तीमध्ये  सबैभन्दा माथि नैतिक शिक्षा भएकाले  नैतिकरुपमा भ्रष्टाचार गर्नुहुँदैन भन्ने बोध नहुञ्जेल भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ भएको आयुक्त चन्दको भनाइ थियो । 

जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंहले हाम्रो संस्कारमै भ्रष्टाचार रहेकाले त्यसलाई निराकरण गर्न आफ्ना सन्ततिलाई बच्चैदेखि नैतिक शिक्षा दिलाउनु पर्नेमा सुझाव दिनुभयो । 

कार्यक्रममा आयोगका सहन्यायाधिवक्ता घनश्याम ओझा, आयोगको जिल्लास्थित कार्यालयका प्रमुख गोपालकुमार अधिकारीले प्रस्तुत विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएकामा  प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले टिप्पणी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा महोत्तरीका १५ वटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, राजनीतिकर्मी, सङ्घ, सङ्गठन, बुद्धीजीवी नागरिक समाज र सञ्चारकर्मीको सहभागिता थियो ।