२२ असार २०८३, सोमबार
,
Latest
पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरको गाईजात्रा पर्व शुक्रबार सुरु हुँदै, जात्रा रूटमा सवारीसाधन निषेध



अ+ अ-

भक्तपुर । भक्तपुर नगरपालिकाले गाईजात्राका दिन जात्रा रूटमा दुईपांग्रे, चारपांग्रे सवारीसाधन निषेध गर्ने भएको छ । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको गाईजात्रा पर्व शुक्रबार सुरु हुँदै छ ।

श्रावण शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमाको साँझ भक्तपुर दरबार स्क्वायर तलेजुस्थित बहत्वाबाट निस्किने घिन्तात्वाङ घिसीसँगै गाईजात्रा सुरु हुने गर्दछ ।

नगरको मुख्यमुख्य स्थानमा जात्रा रूट पर्ने भएकाले दुईपांग्रे, चारपांग्रे सवारीसाधन नभित्र्याउन अनुरोध गरेको भक्तपुर नगरपालिका ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वाले बताए ।

ज्याख्वाका अनुसार बहत्वाबाट निस्किएको घेन्ताघिसी नाच नगरको दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछें, खौमाको हुँदै दरबार स्क्वायर पुगेर समापन गरिने परम्परा छ ।