• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध ★   बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालन ★   टी–२० विश्वकप खेलाइएको न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भत्काइँदै ★   नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात ★   जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने ★   लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना ★   कुवेत आगलागीमा ४२ भारतीयको मृत्यु भएको पुष्टि ★   ‘पुष्पा २’को प्रदर्शन मिति फेरि सर्यो ★   खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने ★   दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु

राष्ट्रपति पुटिनको बेइजिङ ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुने इच्छा



मस्को (रूस) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङसँग बुधबार भर्चुअल शिखर सम्मेलनमा २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन इच्छा व्यक्त गर्नुभएको छ।

राष्ट्रपति पुटिनको टिप्पणी संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलिया जस्ता केही अन्य प्रजातान्त्रिक देशहरूले अर्को वर्ष फेब्रुअरीमा हुने बेइजिङ खेलको कूटनीतिक बहिष्कार गर्न चाहेको बेला आएको  क्योडो न्यूजले उल्लेख गरेको छ। 'मलाई आशा छ कि हामी अन्ततः अर्को फेब्रुअरीमा बेइजिङमा प्रत्यक्ष भेट्न सक्षम हुनेछौं। हामीले पहिले नै सहमति गरेझैं हामी शीतकालीन ओलम्पिक खेलको उद्घाटन समारोहमा भाग लिनु अघि वार्ता गर्नेछौं,' पुटिनले सीलाई भन्नुभएको छ।

चीनको कथित मानवअधिकार उल्लंघनको बढ्दो आलोचनाका बीच अमेरिकाको नेतृत्वमा रहेको कूटनीतिक बहिष्कारसँगै आर्थिक हिसाबले चीनमा धेरै भर परेको अमेरिकी सहयोगी जापानले पनि बेइजिङ ओलम्पिकमा क्याबिनेट मन्त्रीहरूलाई नपठाउने विचार गरिरहेको छ।

यसअघि अमेरिका, बेलायत, अस्ट्रेलिया र लिथुआनियाले पनि बेइजिङ शीतकालीन ओलम्पिकलाई कूटनीतिक बहिष्कारको घोषणा गरेका थिए । क्यानडा खेल बहिष्कार गर्ने पाँचौं देश बनेको छ।