१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रसँग भएको सहमति प्रमाणीत गर्न ,नभए माफी माग्न ओलीलाई दाहालको चेतावनी



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह संग गरेको सहमति प्रमाणीत गर्न चुनौति दिनु भएको छ । आज एक बिज्ञप्ति जारी गर्दे प्रचण्डले  सहमति प्रमाणित गर्न चुनौती दिदै  प्रमाणित गर्न नसके जनतासामु माफी माग्नुपर्ने  माग गर्नुभएको छ ।  

यो पनि पढ्नुहोस – प्रचण्ड र माधव अस्थिरताको संवाहक : केपी ओली (भिडियो सहित)

बिज्ञप्तिमा भनिएको छ ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् ।  म के. पी. ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झूटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’

ओली प्रति निकै आक्रोशित भाषा प्रयोग गरेर जारी गरिएको बिज्ञीपतमा भनिएको छ ‘दलाल पूँजिपति वर्ग र प्रतिगमनको राजनीतिक प्रतिनिधिका रूपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली झूट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई हालैको आफ्नै अभिव्यक्तिले प्रमाणित गरेका छन् ।’

एमाले अध्यक्ष ओलीले  केन्द्रीय समितिमा मनोनित भएका ४० सदस्यको सपथग्रण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएर माघ १९ को घटना भएको दाबी गर्नुभउको थियो । उहाँले दाहाल र माधब कुमार नेपाल परिबर्तनको बाधक भएको भन्दै कडा आलोचना गर्नुभएको थियो ।