३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

आज शुक्रबार : कस्तो छ तपाईको भाग्य, के भन्छ राशिफल !

आज शुक्रबार : कस्तो छ तपाईको भाग्य, के भन्छ राशिफल !
अ+ अ-

मेष : अरुको पूर्ण भरोसामा काम नगर्नु होला । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायमा प्रगति हुनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । सामाजिक क्षेत्रमा लगानी बढि उपलब्धि कम हुनेछ । पढाईमा कम ध्यान जानेछ ।

वृष : सहज तरिकाले कुनै काम हुने छैनन । उपलब्धि विहिन काममा समय बढि खर्च हुनेछ । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । लगनशिल भई गरेका केहि कामले अन्तिम रुप लिनेछ । आत्म विश्वासको कमि हुनेछ । सफल यात्राको सम्भावना देखिन्छ । आफन्तले पराईको व्यवहार गर्नेछन् ।

मिथुन : लगनाी अनुसारको व्यापार व्यवसायबाट उपलब्धि हासिल हुने छैन । आम्दानीका मार्ग बन्द एवं खर्चका मार्ग बढि खुला हुनेछन् । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । उधारो कारोवार नगर्नु होला । काम गर्ने बातावरण भत्किनेछ । उपलब्धिको संरक्षण गर्न गाह्रो हुनेछ । आफन्त सँग विश्वास र भरोसा टुट्नेछ ।

कर्कट : विदेश यात्राको योग देखिन्छ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । भोग विलासिताका सामाग्री खरीद हुनेछन् । मनमा सुख,शान्ति मिल्नेछ । साथी भाईको सहयोग पाईनेछ ।

सिंह : कार्य लगनशिलता बढाउनु होला । अरुको पूर्ण भरोसामा काम नगर्नुहोला । विरोधीको बक्रदृष्टि पर्नेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । श्रृङ्गारिक तथा सौन्दर्य प्रशोधन जस्ता कामबाट लाभ हुनेछ । धार्मिक आस्था र विश्वास बढ्नेछ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ । ग्रह गोचर सामान्यतया अनुकुल नै देखिन्छ ।

कन्या : हेलचक्र्याई गर्दा आएको अवसर गुम्नेछ । सोच विचार अगाडि बढ्नु होला इज्जत प्रतिष्ठामा आच आउने काम हुनसक्छ । राजनीति औजारमा खिया लाग्ने देखिन्छ । उपलब्धिका काममा बाह्य तत्व हावी हुने देखिन्छ । व्यापार व्यवसायमा अवनति हुनेछ ।

तुला : उपलब्धिका काममा ढिला सुस्ति हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । वैदेशिक यात्राको सम्भावना देखिन्छ । विपरित लिङ्गिबाट सहयोग मिल्नेछ । घरका समस्या समाधान गर्न गाह्रो गाह्रो हुनेछ । मालसमान हराउन वा चोरी हुनसक्छ सचेत हुनुहोला । साँझपख समयमा सामान्य सुधार आउनेछ ।

वृश्चिक : सवैलाई विश्वासमा लिएर काम गर्दा राम्रै हुनेछ । काम गर्दा साथी भाईको सहयोग पाईनेछ । संघर्षबाट सफलताको शिखर चढ्न पाईनेछ । परिश्रमको अन्तिम परिणाम सुखद रहनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।

धनु : दुःख पायो भन्ने कोहि हुनेछैन तर दुःख दिन खोज्ने धेरै हुनेछन् । अरुको भर नपरि आफै अगाडि बढ्नु भयो भने मात्र मिशनमा पुग्न सक्नु हुनेछ । आर्थिक प्रलोभनमा परेर वाह्य व्यक्तिसँग कुनै कारोवार नगर्नु होला,दिएको धन डुब्न सक्छ । स्पष्ट वोल्दा आफैलाई नोक्सना हुनेछ ।

मकर : पारिवारिक खर्च बृद्धि हुन सक्छ । काम गर्ने जोश जागर घट्ने छैन । जीवन साथीको सहयोग लिएर काम गर्दा सजिलो हुनेछ । आर्थिक लगानीमा धेरै जोड नदिनु होला । इच्छा र आकाँक्षा केहि पुरा हुनेछन् ।

कुम्भ : धेरै विश्वास गर्दा आशा निराशामा परिणत हुनसक्छ । व्यापार व्यवसायमा देखिएका सम्भावना क्षीण भएर जानेछन् । राजनीति व्यक्तिको धेरै भर नपर्नु होला । आर्थिक कारोवारमा ध्यान दिनुहोला । जोखिम मोलेर काम गर्दा नोक्सान धेरै हुनेछ ।

मिन : आफ्नै प्रयास र प्रयत्नबाट धेरै काम बन्ने छन् । अरुको भरमा काम नगर्नु होला उपलब्धि कम हात लाग्नेछ । पढाई लेखाईमा भन्दा आर्थिक कार्यमा बढि दखल हुनेछ । कामको विचमा विचार परिवर्तन गर्दा लक्ष्य प्राप्ति हुनेछैन । धन लगानी भन्दा श्रममा जोड दिनुहोला ।