५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

विद्युतीय गाडी खरिद प्रस्ताव अस्वीकृत

विद्युतीय गाडी खरिद प्रस्ताव अस्वीकृत
अ+ अ-

काठमाडौं । सरकारले एउटै प्रक्रियाबाट विद्युतीय बस खरिद गर्ने भएको छ। साझा यातायातले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत तत्काल सञ्चालन गर्न पाँचवटा विद्युतीय बस सरकारी तहमा सम्झौता (जीटुजी) गरी खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको थियो।

मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा लानुअघि टिप्पणी उठाउने क्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले सबै विद्युतीय बस एउटै प्रक्रियाबाट खरिद गर्ने गरी सिफारिस गर्न राय दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। साझालाई तीन सय विद्युतीय बस खरिद गर्न असार २९ गते मन्त्रिपरिषद्ले तीन अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्णयअनुसार असार ३१ गते साझाको खातामा तीन अर्ब रुपैयाँ सरकारले जम्मा गरिसकेको छ। तर केही बस जीटूजीमार्फत र केही सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धात्मक बोलकबोलमार्फत खरिद गर्ने साझाको तयारी थियो। मुख्य सचिवको यो रायसँगै जीटूजीमा पाँचवटा विद्युतीय बस खरिद गर्ने साझाको तयारीमा पूर्णविराम लागेको छ।

साझाका कार्यकारी निर्देशक भूषण तुलाधारले दसैंअघि विद्युतीय बस सञ्चालन गर्न भौतिक मन्त्रालयमार्फत जीटूजीबाट खरिद प्रक्रिया अघि बढाउन खोजिएको बताए। ‘सार्वजनिक खरिद ऐनअनुसार बस किन्दा दसैंमा सञ्चालन गर्न सम्भव हुँदैन’, तुलाधारले भने, ‘दसैंअघि बस सञ्चालन गर्ने योजनाअनुसार प्रस्ताव पेस गरिएको हो।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीका अनुसार विद्युतीय बस एउटै प्रक्रियाबाट खरिद गर्नुपर्छ। ‘विद्युतीय बस खरिदका लागि रकमसहित साझालाई जिम्मेवारी दिएको छ’, ज्ञवालीले भने, ‘जीटूजी वा खरिद ऐनअनुसार खरिद गर्ने साझाको अधिकार क्षत्रभित्र पर्छ।’

बोलपत्र कागजात तयार हुँदै

साझाले विद्युतीय बस खरिद गर्न बोलपत्र कागजात ९स्पेसिफिकेसन० तयारी गरिरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, साझा यातायात, विद्युत् प्राधिकरण, काठमाडौं महानगरपालिका प्रतिनिधिले बोलपत्र कागजात तयार गरिरहेका छन्। तीन साताभित्र बोलपत्रको कागजात तयार गर्ने साझाको लक्ष्य छ।

भदौे अन्तिम सातासम्म बोलपत्र कागजात पास गरेर खरिद प्रक्रिया अघिबढाउने निर्देशक तुलाधारले बताए। पहिलो चरणमा ३० देखि ४० विद्युतीय बस खरिदका लागि आसय माग गरिनेछ। अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने भएकाले आवेदनका लागि ४५ दिनको समय दिइनेछ। उनका अनुसार २०७७ वैशाख १ गते बस सञ्चालन गर्ने तयारी छ।

साझालाई तीन अर्ब दिनु विवादित

विगत दुई वर्षदेखि साझा यातायात घाटामा गइरहेको छ। घाटामा गएको संस्थालाई तीन अर्ब रुपैयाँ दिँदा सरकारी लगानी डुब्ने खतरा भएको जानकार बताउँछन्। पछिल्लो पाँच वर्षमा साझा यातायातले चार करोड ९२ लाख ५९ हजार रुपैयाँ घाटा व्यहोरेको छ। २०७० सालदेखि सेवा दिन थालेको साझा सञ्चालनको पहिलो वर्ष तीन करोड ६९ लाख २३ हजार रुपैयाँ घाटामा गएको थियो। त्यसपछिका दुई वर्ष नाफा कमाएको थियो।

फेरि दुई वर्षदेखि साझा घाटामा छ। पछिल्लो दुई वर्षमा साझाले तीन करोड ६१ लाख ५३ हजार रुपैयाँ घाटा व्यहोरेको वित्तीय विवरण देखाएको छ। यसले पनि सरकारको लगानीले प्रतिफल दिनेमा शंका देखिन्छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।