२२ असार २०८३, सोमबार
,
Latest
प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिकमको नाफा ७ अर्ब घट्यो



अ+ अ-

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा गत वर्ष ४२ प्रतिशतले घटेको छ । टेलिकमले सार्वजनिक गरेको गत वर्षको आर्थिक प्रतिवेदनअनुसार कम्पनीको खुद नाफा ७ अर्ब कम भएको छ ।

टेलिकमले आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ४८ करोड नाफा कमाएकामा आर्थिक वर्ष २०७५र७६ मा नाफा घटेर १० अर्ब २० करोडमा घटेको छ । प्राधिकरणले चर्को प्रतिस्पर्धा, ओभर दी टप सेवाका कारण अन्तर्राष्ट्रिय कलमा आएको गिरावट, सरकारले वृद्धि गरेको करको कारण नाफा घटेको जनाएको छ ।

टेलिकमको नाफा मात्रै नभई आम्दानी पनिघटेको छ । गत आर्थिक वर्षमा टेलिकमलेकुल ४३ अर्ब ४८ करोड आम्दानी गरेको थियो । यसअघि टेलिकमको आम्दानी ४५ अर्ब २६ लाख थियो । टेलिकमको कुल आम्दानी घट्नुका साथै सेवाबाट प्राप्त हुने आम्दानी पनि घटदोअवस्थामा छ ।

गत वर्ष टेलिकमले सेवा बेचेर मात्रै ३६ अर्ब ७८ करोड आम्दानी गरेको थियो । जुन त्यसभन्दा अघिल्लो वर्षको भन्दा सवा २ अर्बले कम हो । टेलिकमले आर्थिक वर्ष २०७४र७५ मा सेवाबापत ३९ अर्ब आम्दानी गरेको थियो ।

टेलिकमको पछिल्ला वर्षयताको तथ्यांक केलाउँदा आम्दानी र नाफा घटदै गएको देखिन्छ । अघिल्लो वर्षको आम्दानी तीन वर्षयताकै न्यून हो ।

टेलिकमले गत आर्थिक वर्षमा आफ्नो नवीकरण शुल्कबापत सरकारलाई ४ अर्ब २ करोड रुपैयाँ बुझाएको छ । सरकारले टेलिकमलाई नवीकरण शुल्कबापत २० अर्ब ५ किस्तामा तिर्न सुविधादिएको छ । टेलिकमले सरकारलाई २ पटकको नवीकरण शुल्क तिर्न बाँकी छ । यसअघि नवीकरण शुल्क निर्धारण नहुँदा टेलिकमले करिब १९ करोड रुपैयाँ मात्रै बुझाएर अनुमति पत्र नवीकरण गरेको थियो ।

जानकारहरूका अनुसार टेलिकमको आम्दानी र नाफा घट्नुको प्रमुख कारण फोजी विस्तारमा ढिलाइ पनि हो । नेपालमा पहिलो पटक परीक्षणका रूपमा फोरजी सेवा सुरु गरेको टेलिकमले तीन वर्षयता कुनै पनि नयाँ ठाउँमा सेवा विस्तार गर्न सकेको छैन । आफूभन्दा कम ग्राहक आधार भएको एनसेलको भन्दा टेलिकमको आम्दानी घट्दै जान थालेको छ । टेलिकमभन्दा पछि फोजी सेवा सुरु गरेको एनसेलले देशका मुख्य २ दर्जनभन्दा बढी सहरमा सेवा विस्तार गरिसकेको छ ।

फोजीतर्फ एनसेलका ग्राहक करिब २८ लाख पुगिसकेको छ । टेलिकमका ग्राहक भने करिब ८ लाख हाराहारीमा मात्रै छन् । टेलिकमले काठमाडौं उपत्यका र पोखराबाहेक अन्य फोरजी सेवा विस्तार गर्न सकेको छैन ।

इन्टरनेटमार्फत हुने कुराकानीका कारण इन्टरकनेक्सनबाट हुने आम्दानी प्रभावित भएको कम्पनीले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनमा जनाइएको छ ।

टेलिकमको मोबाइल सेवातर्फ मात्रै २ करोड प्रयोगकर्ता रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । मोबाइलबाहेक टेलिकमका ल्यान्डलाइन, भिस्याट, सीडीएमतर्फ पनि ग्राहक छन् । सबै सेवा गरी टेलिकमको ग्राहक आधार २ करोड २४ लाखभन्दा बढी छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै