• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

‘मिसन मंगल’ वर्षको दोस्रो सबैभन्दा बढि कमाई गर्ने फिल्म



भारतिय फिल्म क्षेत्रका चरचित नायक अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ ले निकै नै राम्रो ओपनिङ गरेको छ । स्वतन्त्रता दिवस र रक्षाबन्धनको अवसरमा प्रदर्शनीमा आएको फिल्म मिसन मंगलले सुरुवातमै २९.१६ करोडको व्यपार गरेको छ ।

ट्रेड विश्लेषक तरण आदर्शले पहिलो दिन फिल्मको आँकडा आम्दानी साझा गरेका हुन् । पहिलो दिन २९ करोड सम्मको आम्दानीको अनुमान पनि गरिएको थियो । यस कमाईको साथ, ‘मिशन मंगल’ अक्षय कुमारको क्यारियरको उच्च ओपनर फिल्म बनेको छ । फिल्ममा अक्षय कुमार, विद्या बालन, तापसी पन्नी र सोनाक्षी सिन्हा जस्ता चरचित कलाकारहरु रहेका छन् ।

भारतिय चलचित्रको ईतिहासमा यो वर्षको पहिलो दिनमा बम्पर ओपनिङ गर्ने फिल्ममा ‘मिसन मंगल’ दास्रो हुँदै गर्दा पहिलो भने नायक सलमान खानको ‘भारत’ रहेको हो ।