११ आश्विन २०८१, शुक्रबार
,
Latest
जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

७६ वर्षीय मनिरामको वार्षिक पाँच लाख आम्दानी



अ+ अ-

रुकुमपूर्व । धन कमाउन विदेशिने क्रम बढिरेका बेला रुकुमपूर्वका ७६ वर्षीय एक बृद्धले काम गरेर वार्षिकरूपमा पाँच लाख आम्दानी गर्दै आएका छन् । सिस्ने गाउँपालिका–३ पोखराका ७६ वर्षीय मनिराम बुढाले घट्टको पाथर बेचेर वार्षिक रू पाँच लाखसम्म आम्दानी गर्दै आएका हुन् । उनलाई काम गर्न उमेरले छेकेन । छयत्तर वर्षको उमेरमा पनि मनिरामसँग जोश र जाँगर निकै छ । बुढेसकालले छोए पनि उहाँ आफ्नो कामलाई निकै मन लगाएर गर्दै आएका छन् ।

सधैँ बिहानै उठ्नुहुने मनिराम परिवारसँग मिलेर घरको काम सक्नुहुन्छ र त्यसपछि घन, हथौँडा र छिनो बोकेर पाँच मिनेट परको राक्से भन्ने ठाउँमा पुग्छन् । बाह्र वर्षदेखि ढुङ्गासँगै मितेरी गाँस्दै बिताएका राक्सेमा उनले अहिले पनि पत्थरको घट्ट बनाउछन् । महीनामा दुई घटृ बनाउँदै आएको र वर्षमा २५ वटासम्म घट्ट तयार पार्ने गरेको र एउटा घटृलाई बढीमा रू ४० हजारसम्ममा बिक्री गर्छन्, मनिराम भन्छन्, “घटृ चाहियो भनेर विभिन्न ठाउँबाट माग आउँछ, मागअनुसार बनाउँछु । निर्माण गरेका सबै घटृ बिक्री हुन्छन् ।”

घट्टको माग रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा र बागलुङलगायत जिल्लाबाट समेत आउने गरेको उनी बताउछन् । घरमा पनि मनिरामले गाई, बाख्रा, भैँसी, कुखुरा पालेका छन् । घरको काममा उनलाई परिवारले पनि सघाउने गरेका छन् । घरधन्दा सकेर बँचेको सबै समय पाथर बनाएरै बिताउँछु । आफ्नै काम र पेशामा रमाउँदा आफूलाई बुढेसकालले छोएको अनुभवसमेत मैले गर्न पाउँदिन । घरमै गाई भैंसी पालेको छु ।

ताजा दूध, दही खान्छु त्यसैले पनि आफूले कमजोर महसुस नगरेकोे उनी सुनाउछन् । विगत २६ वर्षदेखि पाथर बनाउँदै आएको बताउँदै मनिराम भन्छन्, “म र मेरो परिवारलाई खान लाउन नपुगेर ढुङ्गा फोडेको होइन, पुख्र्यौली पेशा हो । पेशाको माया लाग्छ, छोड्न मन लाग्दैन तर बनाएर राखे पनि कुहिएर खेर जाला भन्ने डर हुँदैन ।” अहिले पछिल्लो समयमा विद्युतीय मिलको प्रयोग बढदै गए पनि घटृकोे मागमा कमी नआएको उनी बताउछन् ।