५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

७६ वर्षीय मनिरामको वार्षिक पाँच लाख आम्दानी



अ+ अ-

रुकुमपूर्व । धन कमाउन विदेशिने क्रम बढिरेका बेला रुकुमपूर्वका ७६ वर्षीय एक बृद्धले काम गरेर वार्षिकरूपमा पाँच लाख आम्दानी गर्दै आएका छन् । सिस्ने गाउँपालिका–३ पोखराका ७६ वर्षीय मनिराम बुढाले घट्टको पाथर बेचेर वार्षिक रू पाँच लाखसम्म आम्दानी गर्दै आएका हुन् । उनलाई काम गर्न उमेरले छेकेन । छयत्तर वर्षको उमेरमा पनि मनिरामसँग जोश र जाँगर निकै छ । बुढेसकालले छोए पनि उहाँ आफ्नो कामलाई निकै मन लगाएर गर्दै आएका छन् ।

सधैँ बिहानै उठ्नुहुने मनिराम परिवारसँग मिलेर घरको काम सक्नुहुन्छ र त्यसपछि घन, हथौँडा र छिनो बोकेर पाँच मिनेट परको राक्से भन्ने ठाउँमा पुग्छन् । बाह्र वर्षदेखि ढुङ्गासँगै मितेरी गाँस्दै बिताएका राक्सेमा उनले अहिले पनि पत्थरको घट्ट बनाउछन् । महीनामा दुई घटृ बनाउँदै आएको र वर्षमा २५ वटासम्म घट्ट तयार पार्ने गरेको र एउटा घटृलाई बढीमा रू ४० हजारसम्ममा बिक्री गर्छन्, मनिराम भन्छन्, “घटृ चाहियो भनेर विभिन्न ठाउँबाट माग आउँछ, मागअनुसार बनाउँछु । निर्माण गरेका सबै घटृ बिक्री हुन्छन् ।”

घट्टको माग रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा र बागलुङलगायत जिल्लाबाट समेत आउने गरेको उनी बताउछन् । घरमा पनि मनिरामले गाई, बाख्रा, भैँसी, कुखुरा पालेका छन् । घरको काममा उनलाई परिवारले पनि सघाउने गरेका छन् । घरधन्दा सकेर बँचेको सबै समय पाथर बनाएरै बिताउँछु । आफ्नै काम र पेशामा रमाउँदा आफूलाई बुढेसकालले छोएको अनुभवसमेत मैले गर्न पाउँदिन । घरमै गाई भैंसी पालेको छु ।

ताजा दूध, दही खान्छु त्यसैले पनि आफूले कमजोर महसुस नगरेकोे उनी सुनाउछन् । विगत २६ वर्षदेखि पाथर बनाउँदै आएको बताउँदै मनिराम भन्छन्, “म र मेरो परिवारलाई खान लाउन नपुगेर ढुङ्गा फोडेको होइन, पुख्र्यौली पेशा हो । पेशाको माया लाग्छ, छोड्न मन लाग्दैन तर बनाएर राखे पनि कुहिएर खेर जाला भन्ने डर हुँदैन ।” अहिले पछिल्लो समयमा विद्युतीय मिलको प्रयोग बढदै गए पनि घटृकोे मागमा कमी नआएको उनी बताउछन् ।