• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ

भीरबाट लडेर एक पुरुषको मृत्यु



रुकुम । रुकुम पश्चिममा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

जिल्ला मुसिकोट नगरपालिका–७ खालबोटका ५८ वर्षीय खम्मसिं पुनको शुक्रबार घुर्पाखोलाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक कबिराज रोकायले जानकारी दिए।

उनका अनुसार पुन सडकभन्दा करिब एक सय मिटर तल खसेका थिए। मृत पुनको शवलाई जिल्ला अस्पताल सल्लेमा पोष्टमार्ट पछि आफन्तलाई बुझाइएको उनले बताए।