४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

कर्णालीका भौतिक पूर्वाधार मन्त्री सुरुदेखि नै आलोचित

कर्णालीका  भौतिक पूर्वाधार मन्त्री सुरुदेखि नै आलोचित
अ+ अ-

सुर्खेत । साउन दोस्रो साता बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकमा बोल्ने अधिकांशले सरकारको कार्यशैलीको चर्को आलोचना गरे। प्रदेश सरकारका मन्त्रीले नजिककालाई रकमान्तर गरेर बजेट वितरण गरेको, आफ्नो निर्वाचन क्षेत्रमा मात्रै योजना र कार्यक्रम पारेको, संसदीय दल र पार्टीलाई उपेक्षा गरेकोलगायतका आरोप सांसदले लगाए। सांसदको आक्रोश सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाप्रति थियो। बैठकमा १४ जना सांसदले मन्त्रीद्वयको राजीनामासमेत माग गरे।

‘समग्रमा सरकारको कार्यशैलीले हामीलाई आक्रोशित बनाएको छ, त्यसमा पनि मन्त्रीद्वयको कार्यप्रगति शूल्यप्रायः देखियो’, एक सांसदले भने, ‘दलको बैठकमा बोल्ने मध्ये १४ जनाले राजिनामा माग गरेका थियौं।’ बैठकमा बोल्ने सांसदले मन्त्री हुँदा पनि ठेक्कापट्टाको कामलाई निरन्तरता दिएको, मातहतका कार्यालयमा पुगेर ठेक्का सम्झौता गर्ने गरेको, स्वार्थ बाझिने काम गरेको, विकास बजेट खर्च गर्न नसकेको, आफू निर्वाचित क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको लगायतका आरोप लगाएका थिए।
बैठकमा मन्त्रीहरुले कमजोरी सुधार्ने र त्यसो हुन नसके जुनसुकै बेला पनि उनीहरुलाई हटाउने सहमति बन्यो। ‘एकपटकका लागि कमजोरी सुधार्ने मौका दिनुपर्छ भन्ने आवाज पनि बैठकमा उठेको हो,’ ती सांसदले भने, ‘सरकार, संसद् र सिंगो पार्टीलाई असर पर्ने काम गरेको पाइए जुनसुकै बेला मुख्यमन्त्रीले हटाउन सक्ने निर्णय भएपछि राजीनामाको कुरोलाई थाती राख्यौं।’ खत्रीले मन्त्रालय सम्हालेदेखि नै उनको कामकारबाहीप्रति मुख्यमन्त्री महेन्द्रबहादुर शाही र पार्टी नेतृत्व सन्तुष्ट थिएनन्। उनी कर्मचारीको बहाना बनाउँदै आफूमाथिका आरोप टार्ने गर्थे।

राजीनामा नदिँदा बर्खास्त
बैंकिङ कसुर मुद्दामा अदालतले तीन दिनभित्र पक्राउ गरेर हाजिर गर्न आदेश दिएलगत्तै भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्रीलाई राजीनामा दिन मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टीका कर्णाली प्रदेश सहइन्चार्जसमेत रहेका सांसद यामलाल कँडेललगायतले सुझाव दिएका थिए। उनले संसदीय दलको बैठकको प्रसंग निकालेर राजीनामा नदिने अड्डी लिए। ‘मलाई संसदीय दलको बैठकमै हटाउन खोजिएको हो, अहिले पनि त्यही खेल भइरहेको छ’, काठमाडौंमा पार्टी नेता र केही सांसदसँगको अनौपचारिक बैठकमा उनले भनेका थिए, ‘मुख्यमन्त्रीले पहिलेदेखि नै हटाउँछु भन्नुभएको हो, म आफैं राजीनामा दिन्नँ, बरु कारबाही भोग्छु।’

बैंकिङ कसुर मुद्दामा अदालतले आदेश दिएपछि खत्री चार दिनअघिदेखि काठमाडौंमा थिए। मुख्यमन्त्री शाही गृह जिल्ला कालिकोटको भ्रमणमा छन्। बिहीबार रास्कोट नगरपालिका पुगेका मुख्यमन्त्रीले त्यहींबाट भौतिक पूर्वाधार मन्त्री खत्रीलाई बर्खास्त गरे। मुख्यमन्त्रीले तत्कालका लागि भौतिक पूर्वाधार मन्त्रालय आफैंसँग राखेको बताएका छन्।

खत्रीमाथि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का नाममा अनियमितता गरेको आरोप पनि लागेको छ। संसदको सार्वजनिक लेखा समिति र अर्थ समितिले अघिल्लो आर्थिक वर्षमा भएका डिपिआरहरुको अध्ययन गरिरहेको छ। सार्वजनिक लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठले सबै मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा गरेको रकमान्तरका साथै भौतिक पूर्वाधार मन्त्रालयले गराएको डिपिआरका विषयमा अनुसन्धान भइरहेको जानकारी दिए। ‘सार्वजनिक लेखा समितिका साथै अर्थ समितिले पनि यसको अध्ययन गरिरहेको छ’, उनले भने, ‘भदौको दोस्रो साताभित्र अध्ययन प्रतिवेदन सार्वजनिक गछौं।’, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।