४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

डाक्टरले प्रधानमन्त्री ओलीलाई २०/२५ वर्ष बाँच्ने भनेपछि…

डाक्टरले प्रधानमन्त्री ओलीलाई २०/२५ वर्ष बाँच्ने भनेपछि…
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि शुक्रबार बिहानैदेखि भेटघाट र महत्त्वपूर्ण काममा सक्रिय भएका छन् । उनले बिहान बालुवाटारमा झापा क्षेत्र नम्बर ५ का कार्यकर्तासँग भेटघाट गर्दै आफ्नो स्वास्थ्यबारे जानकारी गराए ।

कार्यकर्तालाई ओलीले सोधेका थिए, ‘म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो ?’ ओलीले आफू स्वस्थ रहेको तर बाहिर बिरामी भन्ने प्रचार भएको बताएको प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्रीले भने, ‘हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिएपछि सबै निको भयो । बाहिर म सिकिस्त भएजस्तै अफवाह फैलाइयो ।’

उनले सिंगापुरमा भएको उपचारको प्रसंग झिक्दै सबै ठीक रहेको बताए । ‘गएको हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बूढीऔंलादेखि कान्छीऔंलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठीक छ भनेका छन्,’ उनले भने, ‘अब २०र२५ वर्ष केही हुँदैन भन्छन् । त्यसकारण म बिरामी होइन ।’ बिहान कार्यकर्ताहरूसँग भेटेपछि ओली पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए ।

ओली गत सोमबार सिंगापुरबाट फर्केका हुन् । त्यसयता नियमित भेटघाटमा रहेका उनलाई बिहीबार अकस्मात् ज्वरो आएपछि पार्टीको सचिवालय बैठक सारिएको थियो । पार्टीको बैठकमै सहभागी हुन नसक्ने भएपछि प्रधानमन्त्रीको स्वास्थ्य निकै गडबड भएको हो कि भन्ने आशंका बढेको थियो ।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा समस्या रहेको भन्दै चिकित्सकहरूले विदेश नै जान सुझाव दिएपछि १० दिन सिंगापुर बसेर फर्केका थिए । ओलीले आफ्नो स्वास्थ्यबारे आफैं बोले पनि उनका निजी चिकित्सकहरूले अवस्थाबारे केही बोलेका छैनन् । उनको हेल्थ रिपोर्ट औपचारिक रूपमा सार्वजनिक भएको छैन ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।