४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

सुनको मुल्य बढेपछि सुन किन्नेभन्दा बेच्ने धेरै

सुनको मुल्य बढेपछि सुन किन्नेभन्दा बेच्ने धेरै
अ+ अ-

गोरखा । सातायता यहाँको एउटै पसलमा दैनिक सरदर ५ जना स्थानीय सुन बिक्रीका लागि आउने गरेका छन् । सुनको मुल्य बढेपछि पसलमा बिक्री हात्तै घटेको छ । सर्बसाधारण भने खरिद गर्नुभन्दा घरमा भएको सुन बिक्री गरिरहेका छन् ।

गोरखा हरमटारीस्थित राजु सुनचाँदी पसलका राजु बराइलीले पसलबाट आधा तोला सुनका गहना बिक्री गर्न पनि गाह्रो भइरहेको बताए । दिनैपिच्छे सुनको भाउ महँगिँदा समस्या थपिएको उनको भनाई छ ।

‘मुस्किलले एकजना खरिद गर्न आए, ४–५ जना बिक्री गर्न आउँछन्,’ उनले भने, ‘अहिले त ग्राहकको सुन किन्ने पैसा पनि अभाव हुन थालेको छ, बिक्री हुँदैन किन्ने मात्र काम भएको छ, ग्राहकलाई एक–दुई दिनमा आउनुस् भनेर गहना नकिनी फर्काउनुपर्ने अवस्था छ ।’

दुई महिनाअघिसम्म यहाँका सुनचाँदी व्यवसायी कोटाअनुसारको सुनले ग्राहकलाई पुर्‍याउन नसकेको भन्दै समस्या सुनाउँथे । अहिले भएकै सुन बिक्री नभएको नवदुर्गा सुनचाँदी पसलका कृष्णबहादुर विश्वकर्मा बताउँछन् । ‘बैंकमा सुन राखेर ऋण लिएकाहरू पनि सुन झिकेर बेच्न थालेका छन्,’ उनले भने, ‘५०–५५ हजारको हाराहारीमा प्रतितोला हुँदा किनेको सुन अहिले ७० हजार पुग्दा ८–१० हजार नाफा हुने देखेर बिक्रीमै चासो बढाएका छन् ।’

घर बनाउँदा ऋण लागेका भूकम्पपीडितहरू पनि सुन बिक्रीका लागि सदरमुकाम आएका उनको भनाइ छ । ‘एउटै व्यक्तिले पाँच–सात तोलासम्म सुन बेचेका छन्,’ उनले भने, ‘घर बनाउँदा ऋण लाग्यो, बिरामीको उपचार गर्नुपर्‍यो भन्दै समस्या सुनाएपछि हाम्रै पसलबाट किनेको सुन अहिले हामी आफैंले किन्दैनौं भन्न पनि सकेका छैनौं ।’

जिल्लाभर १५० को हाराहारीमा सुनचाँदी व्यवसायी छन् । दुई महिनाअघिसम्म सिजनको बेला मासिक ५ किलो र अफसिजनको बेला दुई किलोसम्म सुन खपत हुँदै आएको थियो । ‘पहिले कोटाअनुसारको सुनले पुग्थेन,’ विश्वकर्माले भने, ‘अहिले ग्राहकबाट किनेको सुन कसलाई बेच्ने हो, हामी आफैं अन्योलमा छौं ।’ जिल्लाभर दैनिक ३० तोलासम्म सुन ग्राहकबाट व्यवसायीले खरिद गर्ने गरेको अनुमान गरिएको छ ।

धितो र धरौटी नराख्न पत्राचार
यहाँका सुनचाँदी व्यवसायीले गरगहना बन्धक नराख्ने भएका छन् । गोरखा सुनचाँदी व्यवसायी संघले पत्र काटेर अब बन्धक राखेर ग्राहकलाई पैसा नदिन भनेको हो । ‘राष्ट्र बैंकले सामानहरू राख्न नपाउने भनी निर्देशन गरेको छ,’ महासंघका महासचिव राजु बरालीले भने, ‘बन्धक सामान राख्न नपाउने र राख्न सहयोग गर्ने कुनै किसिमको क्रियाकलाप नगर्न नगराउनु हुन अनुरोध गरेका छौं ।’

धितो बन्धक राखेको पाइएमा संघबाट दिँदै आएको सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गराई साधारण सदस्यता नै खारेजी गर्ने संघको चेतावनी छ । धितो कारोबार अवैध भएकाले यस्ता गतिविधि नगर्न भनिएको उनले बताए । ‘राष्ट्र बैंकले हुँदैन भनेको काम किन गर्ने, अवैध भनेर नबुझासम्म गर्‍यौं, अब यस्ता काम गर्दैनौं,’ उनले भने ।
यसअघि बैंकले थोरै परिमाणको सुन राख्न आनाकानी गर्दा ग्राहकहरू व्यवसायीलाई सुन बुझाएर निश्चित समयका लागि रकम लिने परिपाटी थियो । ‘साह्रै अप्ठेरो पर्‍यो भन्दै ग्राहक आएपछि हामीले पनि राखिदिन्थ्यौं,’ व्यवसायी कृष्णले भने, ‘अब त्यसो गर्दैनौं, अहिलेसम्म कसैले यसरी सुन राखेको भए पनि फिर्ता गर्ने प्रक्रिया सुरु गरिहाल्छौं ।’ स्थायी लेखा नम्बर (पान) लिएर व्यवसाय सञ्चालन गर्न पनि संघले आग्रह गरेको छ । जिल्लाभर १५० व्यवसायी भए पनि सयजनाले मात्र पान लिएका छन् ।

व्यवसायीलाई चोरीको डर
बहुमूल्य सामग्री चोरीको भय हुने गरेको व्यवसायी राजेन्द्र विश्वकर्मा बताउँछन् । ‘सुन मात्र होइन बिलसमेत चोरी हुने डर छ,’ उनले भने । यहा आयोजित सचेतनामूलक कार्यक्रममा बोल्दै एसपी ओम अधिकारीले व्यवसायीको सुरक्षामा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्घता जनाए ।

‘यो व्यवसायमा सीसी क्यामेरा जडान अति आवश्यक छ, सक्नुहुन्छ भने सामूहिक रूपमा सेक्युरेटी गार्ड पनि राख्नुस्,’ उनले भने, ‘कुनै थ्रेटको महसुस गर्नुभयो भने हामीलाई भन्नुस् सुरक्षा दिन तयार छौं ।’ सुनचाँदीका गरहना खरिद गर्दा भने सावधानी अपनाउन उनले सुझाव दिए । ‘चोरी गरेर तपाईंलाई बिक्रीका लागि ल्याएको पनि हुन सक्छ,’ उनले भने, ‘कस्ता व्यक्तिले बिक्रीका लागि ल्याए, जानी–जानी यस्ता सामग्री किन्ने नियत राख्नु गलत हो ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।