७ आश्विन २०८१, सोमबार
,
Latest
शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप कांग्रेसको संसदीय मामिला विभाग सदस्य मनोनीत जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई सांसदहरुको सुझाव दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन: साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको… गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो चिरञ्जीवीको नाम गिनिज बुकमा संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलायमान बन्दै नेकपा, गुट उपगुट मिलाउनै चुनौती



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै विभाग, सातै प्रदेश कमिटीको पूर्णता र जनसंगठनको नेतृत्व टुंग्याएसँगै अब पार्टी चलायमान हुने देखिएको छ । लामो समयदेखि पार्टीका संगठनमा जिम्मेवारी तोकिन नसक्दा र विचारको बहस नहुँदा नेता कार्यकर्ता बेरोजगार थिए । जसका कारण कार्यकर्तादेखि नेतासम्ममा आक्रोश सिर्जना हुँदै आएको थियो । नेकपाले आफ्ना सबै महत्वपुर्ण निकायमा नेताहरूलाई जिम्मेवारी दिएसँगै अब केन्द्रदेखि जिल्लासम्ममा पार्टीका गतिविधि समेत क्रियाशील हुनेछन् भने नेता तथा कार्यकर्तामा देखिँदै आएको आक्रोशसमेत मत्थर हुने विश्वास आम कार्यकर्ताले गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले केन्द्रीयस्तरमा गठन भएका सबै विभागमा प्रमुख र उपप्रमुख टुंग्याएको थियो । यस्तै, यसअघि नै पार्टीले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्जसहित सदस्य चयन गरिसकेको छ । नेकपाको जिल्ला कमिटीले पूर्णता पाइसकेका छन् ।

‘पार्टी एकताको करिब डेढ वर्षभित्रमा पार्टीलाई एक ढिक्का बनाउने काममा पार्टी नेतृत्व सफल भएको छ,’ पार्टी प्रवक्ता एवं प्रचार प्रसार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले भने, ‘अब पार्टी एकताको प्रमुख कामहरू सबै सकिएकाले पार्टीको गतिविधि चलायमान हुनेछन् ।’ सबै विभाग गठन भइसके पनि पार्टीको पोलिटब्युरो कमिटी भने अझै टुंगिन सकेको छैन ।

पार्टीको केन्द्रीय कमिटीमा रहेका नेतालाई जिम्मेवारी बाँडफाँट नहुँदा पार्टीका गतिविधि शून्यजस्तो नै हुँदै आएको थियो । ‘पार्टीलाई संस्थागत रूपमा अघि बढाउने काममा अब कुनै समस्या उत्पन्न हुनेछैन,’ प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीका सबै विभागले आ–आफ्नो जिम्मेवारीलाई सफलतासाथ वहन गर्ने भएकाले पार्टीका गतिविधि तीव्र रूपमा अघि बढ्नेछन् ।

संगठनात्मक एकता नसकिँदा लाखौं नेता कार्यकर्ता भूमिकाविहीन भइरहेको बेला महाधिवेशनमा टुंग्याउने भनिएको विषयले बीचमै प्रवेश पाउँदा विभागहरूमा जिम्मेवारी बाँडफाँट टुंग्याउन दुवै अध्यक्षलाई कठिन भइरहेको थियो । पार्टी एकीकरणपछि तीन महिनामा पार्टीका सम्पूर्ण तह र जनवर्गीय संगठनको एकीकरण गरिसक्ने भनिए पनि करिब डेढ वर्षपछि भए पनि पोलिटब्युरोबाहेक सबै कमिटीले नेतृत्व पाएका छन् । विभागले नेतृत्व पाएसँगै अब सबै नेता पार्टीको संगठनात्मक अवस्था सुधारमा लाग्ने बाटो खुलेको छ ।

त्यसो त नेकपाभित्र सरकारले गर्ने काम कारबाहीप्रति पनि तीव्र असन्तुष्टि बढिरहेको छ । सरकार र पार्टीको सम्बन्ध नभएको भन्दै सरकारको पार्टीभित्रैबाट विरोध भइरहेको थियो । अब पार्टीको विभागको नेतृत्व गरेकै नेताले सरकारको मन्त्रालय सम्हालिरहेका छन् । अवसरको दुरुपयोग गर्दै नेतृत्व असफलताको बाटोमा हिँडेको भनिरहेको समयमा पार्टीको विभागका नेतृत्व गरेका नेता नै सरकारमा भएकाले सरकार र पार्टीबीचको दूरी पनि नजिक हुने विश्वास नेताहरूले गरिरहेका छन् ।

गुट उपगुट मिलाउने चुनौती

नेकपाको एकता प्रक्रिया लम्बिँदै जाँदा पार्टिभित्रका गुटहरू फेरबदल हुँदै आइरहेका थिए । केन्द्रीय नेताहरूलाई विभागको जिम्मेवारी बाँडफाँट गरिएसँगै गुट उपगुटहरू पनि सेलाउँदै जाने पार्टीका महासचिव विष्णु पौडेल बताउँछन् । ‘पार्टीभित्र कुनै पनि गुट उपगुटभन्दा पनि पार्टीलाई एक ढिक्का बनाउने काममा विभागहरू सक्रिय हुने विश्वास लिएका छौं,’ उनले भने, ‘विगतमा को कुन गुटको भनेर बाहिर चर्चा हुने गरे पनि अब पार्टीलाई एक बनाएर लैजाने विषयमा दुवै अध्यक्षहरू सक्रिय रूपमा लाग्नुभएको छ ।’
पूर्वएमाले र पूर्वमाओवादीमा रहेका गुटहरू पार्टी एकतापछि अझै झांगिँदै गएका छन् । सांगठनिक एकता प्रक्रिया टुंग्याएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीभित्र गुट उपगुटभन्दा पनि पार्टी र मुलुकको हितमा लाग्न सबै नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । पूर्वएमाले र पूर्वमाओवादी केन्द्र दुवै पक्षका गुटहरू चलायमान छन् ।

सरकार र पार्टीबीचको सम्बन्ध सुधारको संकेत

माधव नेपाल र झलनाथ खनालको छुट्टाछुट्टै समूहले सरकारको आलोचना गर्दै आएका थिए । पार्टीमा जिम्मेवारी बाँडफाँट नहुँदा आफ्नै सरकारको विरोधमा आफ्ना धारणा सार्वजनिक रूपमै राख्दै आएका थिए । भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतका दोस्रो तहका नेताहरूले पनि सरकारविरुद्ध धारणा राख्दै आएका थिए । पार्टीको जिम्मेवारी बाँडफाँटले अब पार्टीभित्रको द्वन्द्वात्मक क्रिया प्रतिक्रिया बिस्तारै निर्मूल हुने प्रवक्ता श्रेष्ठ बताउँछन् ।

पार्टीभित्र अनुशासनहीन गतिविधि बढेको भन्दै शीर्ष नेताहरूले नै चिन्ता व्यक्त गरिरहेका थिए । नेकपाभित्र मौलाएको गुटकै कारण युवा नेताहरू अलमलमा र ओझेलमा पर्दै आएका थिए । नेता ठाकुर गैरेका अनुसार पार्टी एक नहुँदा धेरै नेता कार्यकर्ता जिम्मेवारीविहीन र बेरोजगार भएकाले पनि सरकारका सकारात्मक कामको सही ढंगले प्रचार गर्न नसकिएको बताए । अब पार्टीभित्र जिम्मेवारी बाँडफाँटको काम सकिएकाले सबै बिस्तारै मिल्दै जाने उनको भनाइ छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।