७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु



अ+ अ-

काठमाडौं । टोखाको गहना पोखरीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

टोखा बजार नजिकै रहेको गहना पोखरीमा डुबेर चार वर्षीया बालिका गुराँस सहनीको मृत्यु भएको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भई आमा दुर्गा सहनीसँग टोखा–८ जल्पा चोक बस्दै आएकी बालिका आइतबार दिउँसो पोखरीमा डुबेकी थिइन् ।

उनको आइतबार राति नै मृत्यु भएको बताइएको छ ।