७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै



अ+ अ-

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई म्याद थप गर्न कास्की स्थित जिल्ला अदालत लगिँदैछ। आइतबार काठमाडौंको शंखमुलबाट पक्राउ गरी जोशीलाई राति नै बुद्ध एयरको जहाबाट पोखरा लगिएको थियो।

जोशीलाई सोमबार म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कार्यालय समय भएपछि आवश्यक प्रक्रिया सकेर म्याद थपका लागि अदालत उपस्थित गराउने प्रहरीको भनाइ छ ।