१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई सांसदहरुको सुझाव

जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई सांसदहरुको सुझाव
अ अ+ अ-

काठमाडौँ । सांसदहरुले जनगणनामा कोही पनि नछुटून भन्नेकुरामा सचेत हुन सरकारलाई आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद जावेदा खातुन जागा, नेकपा (एमाले) का सांसद ईश्वरबहादुर रिजालले जनगणनालाई तथ्यपरक बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

काँग्रेस सांसद खातुनले जनगणनामा कोही पनि नछुटुन् भन्ने कुरामा सरकार गम्भिर नबन्दा धेरै नागरिकहरुले आफ्नो उपस्थिति राज्यमा देखाउन सक्ने अवस्था नभएको बताउनु भयो । उहाँले मुस्लिम समुदायको समेत गणना तथ्यपरक नभएको जिकीर गर्दै त्यसतर्फ सरकारलाई ध्यान दिन पनि आग्रह गर्नुभयो । जनगणना तथ्यपरक नहुँदा पछाडि परेका विभिन्न जाति र समुदायका नागरिकहरुले राज्यले दिने अवसरबाट समेत वञ्चित हुनुपरेको सांसद खातुनको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘यस्तो समूदायहरु छन जो राज्यको मुल प्रवाहीकरणमा आउन सकिरहेका छैनन् । उनीहरुको तथ्यांक ल्याउनुपर्‍यो । उनीहरुको जनगणना छुटाउनु हुन्न । यौनिक अल्पसंख्यक जन समुदाय अझै पनि लुकेर बसेको अवस्था छ । उनीहरुले राज्यको कुनैपनि सेवा सुविधा पाईराखेको अवस्था छैन । उनीहरुलाई न कुनै जातीय सूचिमा गाभिएको छ । न तथ्यांक कार्यालयले उहाँहरुलाई समेटेको अवस्था छ । मुस्लिम समुदायको यकीन तथ्यांक आएको छैन । यसमा पनि सरकारले विशेष ध्यान दिनुपर्दछ ।’

एमालेका सांसद रिजालले विपद्मा परेका बस्तीहरुको तथ्यांक ल्याउन सरकारलाई दबाब दिनुभयो । उहाँले जलवायु परिवर्तनका कारण बस्तीमा जोखिममा पर्ने गरेकाले उनीहरुको सुरक्षाका लागि पनि सरकारले ती ठाउँहरुको गणना गर्न ढिलाई गर्न नहुने बताउनु भयो । सांसद रिजालले नागरिकको पहिचान गर्ने र उनीहरुको आवश्यक्तालाई सम्बोधन गर्ने नीति, कार्यक्रम र बजेट तय गर्न पनि जनगणनालाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘कति ठाउँ असुरक्षित बस्ती छ पहाड र हिमालहरुमा रु मान्छेलाई बस्न रहर हुँदाहुँदै उसले आफ्नो गाउँ छाड्नुपरेको छ । अर्कोको गाउँमा गएर बस्नुपर्ने अवस्था छ । पहाड छोड्यो, शहर आयो । सहर पनि बस्न नसक्ने भएपछि विदेशतिर जानुपर्ने अवस्था छ । यस्तो खालको अवस्थामा अलि बढि ध्यान दिनुपर्‍यो ।’

सांसद रिजालले विभिन्न सीप, कला जानेहरुलाई पनि साक्षरता भनेर दर्ज गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।