४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

सुत्केरी महिलाकोे ज्यान बचाउँछन् नेपाल आर्मी

सुत्केरी महिलाकोे ज्यान बचाउँछन्  नेपाल आर्मी
अ+ अ-

बझाङ। बैशाख ४ गते बझाङ जिल्ला तल्कोट गाँउपालिका–७ की १८ वर्षीया पुजा विष्ट नजीकै रहेको धमेना स्वास्थ्य चौकीमा सुत्केरी हुन पुग्नु भयो । स्वास्थ्य चौकीमा बच्चा जन्माउन त सफल भईन तर साल अड्कीए पछि निकै समस्या भयो । उनलाई त्यहाँ बाट जिल्ला अस्पतालमा रिफर गरियो । उनका आफन्तहरुले हतारहतारमा जिल्ला अस्पतामा पुर्याए । जिल्ला अस्पतालमा पुर्याउनसम्म उनको शरीरबाट धेरैै रगत बगी सकेको थियो । अत्याधिक रक्त श्रापका कारण उनको ज्यान नै खतरामा थियो । डाक्टरले ओ पोजेटीभ रगत तत्कालै खोज्न आग्रह गर्यो । सामान्यतया मानिसमा १२ देखी १८ ग्राम प्रतिशत रगतको आवश्यक हुन्छ तर विष्टको शरिरमा जम्मा ४ ग्राम प्रतिशत रगत मात्र बाँकी थियो । स्वास्थ्यकर्मीले विष्टका ससुरा गोर्या विष्टलाई रगत खोज्न आग्रह गरेपछी उनी अलमलमा परे ।
उनले आफन्त सबै चिनजान भएकाहरुसंग ओ पोजेटीभ रगतको माग गर्दै आफ्नो बुहारीको ज्यान बचाई दिन आग्रह गरे । तर रगत दिने मान्छे नै भेट्टाउन सक्नु भएन । उनी निराश भएर डाक्टर कहाँ पुगे र आफूले रगत खोज्दा खोज्दै हैरान भएको र कतै पनि रगत भेटाउन नसकको कुरा डाक्टरलाई बताए । अरु विकल्प नलागेपछि जिल्ला अस्पतालका कार्यालय प्रमुख सन्दिप ओखेडाले सग्राम सार्दुल गुल्म पानकोटका ब्यारेकका तत्कालीन सेनानी केदार प्रसाद लामिछानेलाई उक्त समस्या बारे बताए । तत्कालै सेनानी लामीछानेले गुल्ममा कार्यरत ३ जना ज्ञान बहादुर तामाङ, भुवनसिहँ घर्तिमगर र सागर जप्रेललाई अस्पतालमा पठाई दिए र विष्टलाई आवश्यक रगत दिएर उनको ज्यान बच्यो ।

यस्तै साउन ५ गते मात्रै जयपृथ्वी नगरपालिका वडा नम्बर ११ डाँडागाँउकी २१ वर्षीया गिता जोशी सुत्केरी हुन जिल्ला अस्पतालमा पुग्नु भयो । उनको समेत साल अड्की पछि लगातार रत्तश्राव भै रह्यो शरीरमा रगत आवश्यक परेपछि स्वास्थ्यकर्मीहरुले उनका आफन्तलाई रगत खोज्न आग्रह गरे तर धेरै कोशिश पछि पनि उनका श्रीमान गजेन्द्र जोशीले रगत नपाएर निराशा भए । धन्न जिल्ला अस्पतालमा नै कार्यरत प्रहरी हवल्दार महेन्द्र बहादुर बम्मको रगत मिल्यो र उनले रगत दिएर मेरो श्रीमतीको ज्यान बचाए जोशीले भने । मैले त आशा नै मारी सकेको थिए । आफ्ना आफन्तहरु सबैलाई रगत खोजी दिन भन्दा भन्दै ३/ घण्टा वितीसक्दा समेत रगत नपाईने अवस्था थियो । त्यती बेला नै अस्पताल भित्रै कार्यरत प्रहरी हवल्दारले रगत नदिएको भए जे पनी हुन सक्थ्यो ।

यस्तै जिल्ला अस्पतालमा कार्यरत नारायण प्रसाद जोशीले समेत सुत्केरी भएर अत्याधिक रक्तश्राव भएका महिलाहरु र बाहीरी एभर्सन गराएर रक्तश्राव भएर आएका ५ जना महिलाहरुको ज्यान आफूले रगत दिएर बचाएको बताउँछन् । उनले सुत्केरी महिला सहित अन्य गरेर ८ जनालाई रगत दिई सकेका छन् । उनी जस्तै जिल्ला अस्पतालमा नै कार्यरत शान्ति अवस्थीले समेत बालक सहित महिला गरेर ४ जनालाई रगत दिएर ज्यान बचाएको बताउँछिन् ।

यस्तै ६ बैशख २०७६ मा सुत्केरीका क्रममा अत्याधिक रक्तश्राव भई मरण जीवनको दोधारमा परेकी खप्तड छान्ना गाँउपालिका वडा नम्बर १ की हरिना देवी पाण्डेलाई ए वि पोजेटीभ रगतको आवश्यक प¥यो । उनका आफन्तले चारै तिर रगतको खोजी गरे तर रगतको गु्रप कसै संग मेल खाएन । अन्ततः जिल्ला अस्पतालका कार्यालय प्रमुखले नै सग्राम सार्दुल गुल्म पानकोट ब्यारेकमा फोन गर्नुभयो र नेपाल आर्मीका दिनेश भट्ट र धर्मेन्द्रसिहँ बोहराले रगत दिनुभयो । र पाण्डेको ज्यान बच्यो ।

उनी जस्ता धेरै सुत्केरी महिलाको ज्यान नेपाल आर्मी र जिल्ला अस्पतालका कर्मचारीका साथै केही प्रहरीहरुले बचाएका छन् । नेपाल आर्मीले २०७३ सालमा १० जना, २०७४ मा ४ जना , २०७५ मा ९ र २०७६ को हालसम्म ९ जना गरि ३२ जना सुत्केरी महिलाहरुको ज्यान बचाएको सग्राम सार्दुल गुल्म पानकोट ब्यारेकको तथ्याङ्कमा उल्लेख छ । यस्तै जिल्ला अस्पतालको तथ्याङ्क हेर्दा साउन २०७५ देखि हालसम्म ३० जना सुत्केरी महिलाहरुलाई रगत दिएको छ । अहिलेसम्म खोजी गरेर नै रगत उपलब्ध गराउने गरेको जिल्ला अस्पताका कार्यालय प्रमुख सन्दिप ओखेडाले बताए । बझाङ जिल्ला जस्तो विकट ठाँउमा केही ठूलो महामारी तथा दैविक प्रकोपको घटना घटेको खण्डमा निकै समस्या उत्पन्न हुने उनले बताए ।

जिल्लामा कुनै दैविक प्रकोप वा केही घटना घट्ने हो भने रगत अभावमा धेरैले ज्यान गुमाउन सक्ने उहाँको भनाई छ । यसका लागि सरोकारवाला निकायले ध्यान समयमा नै दिनुपर्ने र समयमा नै जिल्लामा ब्लड बैङ्क संचालनमा ल्याउन आवश्यक रहेको उहाँको भनाई छ । केही समय अघि मात्रै जिल्लामा नै एक महिलालाई जिल्ला अस्पतालका कर्मचारी लगायत मिलेर ११ पोका रगत चढाएको बताउदै डाक्टर सन्दिप ओखेडाले जिल्ला अस्पतालमा नै ब्लड बैङ्क संचालनमा ल्याउन र यसका सरोकारवाला निकायले आवश्यक पहल गर्न जरुरी रहेको बताए । अहिले सम्म हेर्दा नेपाल आर्मी र स्वास्थ्यकर्मीहरुले रगत दिएर सुत्केरी महिलाहरुको ज्यान बचाएको देखिएको बताए ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।