४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

सांसदलाई ल्यापटप दिने सरकारको निर्णय अलपत्र

सांसदलाई ल्यापटप दिने सरकारको निर्णय अलपत्र
अ+ अ-

काठमाडौं । संघीय संसद्का तीन सय ३४ सांसदलाई ल्यापटप किन्ने निर्णय अलपत्र परेको छ । संसद् सचिवालयले समयमै खरिद प्रक्रिया सुरु नगर्दा सांसदले तत्काल ल्यापटप नपाउने भएका हुन् । यद्यपि, कतिपय सांसद नै यो निर्णयको विपक्षमा उभिएका थिए ।

संघीय संसद्को व्यवस्थापन बोर्डको बैठकले गत जेठमा सांसदलाई ल्यापटप किन्ने निर्णय गरेको थियो । आर्थिक वर्षमा खर्च गरेर बचेको रकमले सांसदहरूलाई प्रविधिमैत्री बनाउन ल्यापटप किन्ने निर्णय गरिएको सभामुख कृष्णबहादुर महराले बताएका थिए । संघीय संसद् सचिवालयले १९ जेठमा ल्यापटप खरिदका लागि टेन्डर आह्वान ग¥यो । चारवटा कम्पनीले टेन्डर पनि हाले । तर, आर्थिक वर्ष ०७५र७६ सकिएकाले टेन्डर स्वीकृत हुन पाएन ।

अब अर्थ मन्त्रालयले बजेट स्वीकृत नगरे सांसदलाई ल्यापटप किन्ने योजना अघि नबढ्ने संघीय संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले बताए । ‘टेन्डर स्वीकृत हुन नपाउँदै आर्थिक वर्ष ०७६र७७ सुरु भयो । हाललाई अर्थले बजेटको स्वीकृति दियो भने खरिद गर्न मिल्छ, नत्र मिल्दैन,’ उनले भने ।

अर्थले स्वीकृति नदिए टेन्डर खारेज हुने अवस्था रहेको संसद् सचिवालय स्रोतले बतायो । संघीय संसद्को बोर्डले ०७५ को रणनीतिक योजनामा संसद्लाई ‘डिजिटलाइज्ड गर्ने, सांसदलाई ट्याबलेट दिने र प्रशिक्षण चलाउने’ भन्ने उल्लेख छ । तर, समयमै खरिद प्रक्रिया अघि नबढ्दा सांसदले तत्काल ल्यापटप पाउने स्थिति नदेखिएको प्रवक्ता डा।पाण्डेले बताए ।

ल्यापटप खरिदबारे सांसद नै विभाजित
झन्डै तीन करोड खर्चिएर ल्यापटप किन्ने संसद्को व्यवस्थापन बोर्डको निर्णयप्रति सांसदहरूले नै आपत्ति जनाएका थिए । सत्तारूढ नेकपाकै प्रभावशाली नेता भीम रावल, जनार्दन शर्मा, रामकुमारी झाक्रीलगायत विपक्षी दलका केही सांसदले समेत यो निर्णयको विरोध गरेका थिए । सांसद् झाक्रीले खुद्रा मसिना कुराबाट सांसदको हुर्मत लिने काम भएको बताएकी थिइन् । तर, खुलेर नबोले पनि अधिकांश सांसद ल्यापटप किन्नुपर्ने पक्षमा देखिएको संसद् सचिवालय स्रोतले बतायो ।

संसद्का कर्मचारीको हातमा डेढ सय ल्यापटप
संघीय संसद्मा हाल डेढ सयभन्दा बढी ल्यापटप छन् । जसमध्ये ६५ वटाजति चालू अवस्थामा रहेको र अरू बिग्रेको संसद् सचिवालयको भनाइ छ । चालूमध्ये चारवटा ल्यापटप सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षले चलाएका छन् । बाँकी सबै संसद्का कर्मचारीले चलाइरहेका छन् । ‘सचिवदेखि उपसचिवसम्मले ल्यापपट प्रयोग गर्दै आएका छन्,’ सचिवालय स्रोतले भन्यो ।

सभासद्ले फिर्ता गरेनन् ल्यापटप
पहिलो र दोस्रो संविधानसभाका २९ जना सभासदले हालसम्म पनि ल्यापटप फिर्ता गरेका छैनन् । त्यसवेला युएनडिपीको सहयोगमा संघीय संसद् सचिवालयले चीनबाट ल्यापटप खरिद गरेको थियो । संविधानसभा अध्यक्षदेखि पदाधिकारी, दलका प्रमुख सचेतक र सचेतकसम्मलाई ल्यापटप वितरण गरिएको थियो । अन्य सभासद्लाई भने दिइएन । ‘ल्यापटप लैजानेमध्ये २९ जनाले फिर्ता गर्नुभएको छैन,’ सचिवालयले भन्यो ।

कानुनतः कार्यकाल सकिएको सात दिनभित्र सांसद तथा संसद्का पूर्वपदाधिकारीले सचिवालयबाट उपयोग गर्दै आएको सेवासुविधा फिर्ता गर्नुपर्छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा यो व्यवस्था छ । तर, फिर्ता नगरे के गर्ने भन्ने स्पष्ट नभएकाले सचिवालयबाट लगेका कतिपय सामान पूर्वसांसदले फिर्ता नगरेको सचिवालयका कर्मचारी बताउँछन् । सचिवालयस्थित जिन्सी स्टोरका एक कर्मचारीका अनुसार पहिलो संविधानसभाका आधा दर्जन सभासद्ले समेत ल्यापटप फिर्ता गरेका छैनन् । ‘कार्यकाल सकिएपछि हामीले फिर्ता गर्न एकपटक टेलिफोन नै गरेर भनेका हौँ । तर, ११ वर्ष पुगिसक्दा पनि फिर्ता भएन,’ ती कर्मचारीले बताएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।