४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

बालुवाटार जग्गा प्रकरण : किर्ते तमसुकलाई तीन न्यायाधीशद्वारा सद्दे ठहर

बालुवाटार जग्गा प्रकरण : किर्ते तमसुकलाई तीन न्यायाधीशद्वारा सद्दे ठहर
अ+ अ-

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला गरेको भेटिएको छ । यसमा जिल्लाका एक र तत्कालीन पुनरावेदन तहका दुई न्यायाधीश मुछिएका हुन् ।

विभिन्न जिल्लाका न्यायाधीशलाई आफूले चिनेको भनी शोभाकान्तले बोलेको अडियो रेकर्डसमेत सोही मुद्दाको मिसिलबाट कान्तिपुरले प्राप्त गरेको छ । पटक–पटक गरी १६ लाख रुपैयाँ ऋण लिएका ढकालले ऋण तिर्नुपर्ने भान्जीबुहारी शान्ता खनालका नाममा उल्टै साढे २ करोड रुपैयाँको नक्कली तमसुक खडा गरिदिएको भेटिएको थियो । जग्गा किन्ने प्रयोजनका लागि खनालले हस्ताक्षर र औंठाछाप गरेर दिएको खाली कागज मामाससुरा पर्ने शोभाकान्तले दुरुपयोग गरी तमसुक बनाएको भेटिएको हो ।

त्यही कागजलाई तत्कालीन जिल्ला न्यायाधीश नगेन्द्रलाल कर्ण, पुनरावेदन अदालतका न्यायाधीशद्वय शिवनारायण यादव र नारायणप्रसाद श्रेष्ठले ‘सद्दे’ ठहर्‍याएका हुन् । पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आफ्नो प्रतिवेदनमा ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने खेलमा संलग्न भनी रामकुमार सुवेदी र ढकाललाई ‘भूमाफिया’ किटान गरेको थियो । ढकालले पत्नी उमा ढकाल्नीको नामबाट तमसुक गरेका हुन् । यससम्बन्धी कागजात अध्ययन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उमाको नाम प्रयोग भए पनि सबै काम शोभाकान्तबाटै भएको छ ।

शान्ता खनालले मञ्जुरीनामाका लागि मात्रै भनी दिएको कागज र त्यसैको अगाडिपट्टि शोभाकान्त ढकालले पत्नी उमाको नाममा बनाएको तमसुक ।

अदालतमा दिएको जवाफ र अन्य विवरणअनुसार उमाको नामबाट शान्ता र उनका देवर नारायण खनालको नाममा २ करोड ५० लाख रुपैयाँ ऋण दिएको तमसुक बनेको थियो । त्यसबीच शोभाकान्तसँग मिलेर उनैको इसारामा नारायणले दाइ चन्द्रमणि र भाउजू शान्ताविरुद्ध अंशमुद्दा गरेका थिए । त्यो मुद्दा हारेलगत्तै शोभाकान्तले पत्नीका नामबाट शान्ताविरुद्ध लेनदेन मुद्दा अघि बढाएका हुन् ।

अदालतमा पेस भएको लेनदेन मुद्दाको तमसुक लिखत लेख्न नेपाली नभई अन्य कागज प्रयोग गरिएको छ । कपाली तमसुकमा माथिपट्टि हस्ताक्षर हुँदैन तर शोभाकान्तले पेस गरेको लिखतमा त्यस्तो हस्ताक्षर गरिएको छ । तमसुकमा दुईथरीको हस्ताक्षरको मसीसमेत भिन्न खालको छ । ल्याप्चे लगाउँदा दुईथरी स्ट्याम्प प्याड प्रयोग भएको छ ।

मुद्दाका क्रममा पीडित पक्षले भनेको छ, ‘एकैदिन गरिएको भनिएको लिखतमा भिन्नाभिन्नै छापदानी प्रयोग गरियो होला भनेर अनुमानसम्म गर्न सकिँदैन ।’ तमसुक सद्देजस्तो देखाउन एउटा शब्द काटेर त्यही शब्द दोहोर्‍याएर लेखिएको छ ।

‘अख्तियारी अनि मञ्जुरीनामाका लागि मैले उहाँ (शोभाकान्त ढकाल) लाई विश्वास गरी जग्गा खरिद गर्न पैसा र खरिद गर्ने अधिकारीका लागि मञ्जुरीनामा तयार गर्न ल्याप्चे र लिखत हस्ताक्षरसहितको लिफाहरू पटक–पटक दिएको थिएँ,’ शान्ताले अदालतमा पेस गरेको लिखित जवाफमा भनिएको छ, ‘विपक्षी र हामीबीचको पारिवारिक नाता–सम्बन्धका कारण विपक्षीको पतिले मेरो लिफालाई मेरैविरुद्ध प्रयोग गर्ने गरी यस्तो गैरकानुनी तमसुक तयार गर्लान् भनी सोचेको थिइनँ ।’ कुनै प्रयोजनका लागि हस्ताक्षर र औंठाछाप गरेर दिइने खाली कागजलाई लिफा भनिन्छ । लिफा गरिएको कागजमा तमसुक बनाउनु किर्ते हो ।

मुद्दाको फैसलाका क्रममा तत्कालीन जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्णले ०६८ साल फागुन २९ गते कागजातलाई किर्ते भन्न नमिल्ने ठहर्‍याए । साँवा र ब्याजसमेत जोडी ५ वर्ष ५ महिना१६ दिनमा थप १ करोड ३६ लाख तिर्नुपर्ने भनी फैसला गर्दै कुल ३ करोड ८६ लाख शान्ताले तिर्नुपर्ने ठहर गरिदिए ।

उक्त मुद्दामा शान्ताको साथमा नारायणले समेत ऋण लिएको कागज भएपछि सबै ऋण शान्ताले तिनुपर्ने भनी कर्णले फैसला गरिदिए । अनि किर्तेको आरोपमा दाबी पुग्न नसक्ने भन्दै झूटो आरोप लगाएकोमा १५ लाख ६२ हजार रुपैयाँ जरिवानाको फैसलासमेत सुनाइदिए ।

तत्कालीन पुनरावेदन अदालत पाटनमा मुद्दाको पुनरावेदन भयो । न्यायाधीशद्वय शिवनारायाण यादव र नारायणप्रसाद श्रेष्ठले पनि जिल्लाकै फैसला सदर गरिदिए । पीडित शान्ता पक्षले सुरुमा र पुनरावेदन क्रममा पछाडि लेखेको भनी दाबी नगरेको भनेर अदालतले भनेको छ । ‘मञ्जुरीनामाका लागि खाली कागजमा सही गरेको हो भन्ने प्रमाणित गर्न नसकेको अवस्था छ,’ फैसलामा भनिएको छ, ‘शान्ता खनालबाट तथ्ययुक्त प्रमाण प्रस्तुत गर्न सकेको पाइँदैन ।’

न्यायाधीशद्वयले लिखत किर्ते जालसाजी भएको मान्न मिल्ने अवस्था नदेखिएको भन्दै १ करोड २५ लाख रुपैयाँ र त्यसको ब्याज मात्रै शान्ताले तिर्नुपर्ने भनी फैसला गर्‍यो । फैसलाविरुद्ध दुवै पक्ष सर्वोच्च अदालत गएका छन् ।

फैसलाबारे अध्ययन गरेका उच्च अदालतका एक न्यायाधीशका अनुसार जिल्ला र तत्कालीन पुनरावेदन अदालतमा न्यायनिरूपण क्रममा प्रशस्तै कमीकमजोरी भएका छन् ।

उनले भने, ‘एउटाले तिर्नुपर्ने ऋण अर्काको टाउकोमा भिडाइदिएको छ, हेर्नुपर्ने प्रमाण हेरेको छैन । जसरी हुन्छ, एउटा पक्षलाई जिताउने मनसायका साथ इजलासमा बसेको देखिन्छ ।’ ती न्यायाधीशका अनुसार गम्भीरतासाथ फैसलामाथि छानबिन हुने हो भने कार्यक्षमतामै प्रश्न उठाउन सकिने आधार छन् ।

लिखतको प्रकृतिमाथि अनेक कोणबाट प्रश्न उठेको ती न्यायाधीश बताउँछन् । तमसुकमा अक्षरहरू छुने गरी औंठाछाप हुनुपर्नेमा शोभाकान्तले पेस गरेको तमसुकमा औंठाछाप छुट्टै छ । तमसुकको पछाडि ‘यो खाली कागज मञ्जुरीनामाका लागि मात्रै सहीछाप गरी छाडिदिएकी छु’ भन्ने विवरण उल्लेख छ । तर जिल्ला न्यायाधीश कर्णले सक्कल कागजातको फोटोकपी गर्न नदिएको पुनरावेदनपत्रमै उल्लेख छ ।

एकपटक पेसी तोकिएका अर्का न्यायाधीश अनन्तराम डुम्रेको समेत यस विषयमा ‘कमजोरी’ स्पष्ट देखिन्छ । उनले सुरुमा केही विवरण उल्लेख नगरी शान्ताका सबै जग्गा रोक्का राख्न आदेश गरे । पछि शोभाकान्त आफ्नो चीरपरिचित मित्र भएकाले आफूले मुद्दा नहेर्ने आदेश गरे । मुद्दा पुनरावेदन तहमा पुगेपछि शोभाकान्तको समूहले तमसुकमा पछि अक्षर थपिएको भनेर उजुरी दिएको देखिन्छ । उजुरीमाथि सर्वोच्चले पत्र पठाई जिल्ला अदालतमा छानबिन पनि गरायो । तर तमसुकमा अक्षर थपिएको पुष्टि भएन ।

लेनदेन विवाद क्रममा अडियो रेकर्डसमेत अदालतमा पेस भएको थियो । पुनरावेदन अदालत पाटनले अडियो रेकर्ड पेस भएकोबारे केही उल्लेख गरेको छैन । तमसुकको परीक्षण गरेका विशेषज्ञले समेत औंठाछापले लिखत छोएको छैन भनी राय दिएका थिए, त्यस्तो राय दिनु भनेको तमसुक सक्कली नहुनु हो । मुद्दामा शान्ताका देवर नारायणले समेत ऋण लिएको देखाइएको थियो ।

शोभाकान्तसँग मिलेमतो गरेका उनले अदालतमा ऋण लिएको भनी योजनाबद्ध रूपमा स्विकारेका थिए । सम्बन्ध बिग्रिएको र अदालतमा अंश मुद्दा परेको व्यक्तिसँग कसरी ऋण लियो भन्नेबारे दुई तहका तीन न्यायाधीशले कुनै विवेचना गरेका छैनन् । त्यसो त शोभाकान्तकी पत्नी उमा ढकाल्नीले दायर गरेकै मुद्दाको मिसिलमा पेस भएको अडियो फाइलले शोभाकान्तसँग उठबस रहेका न्यायाधीशको चरित्र उदांगो पारेको छ ।

सर्वोच्च उच्च स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको अडियो फाइलमा भएको कुराकानीले केही न्यायाधीशसँग शोभाकान्तको उठबस समेत खुल्छ । ‘मिलाउने भए ५० लाखमा मिलाउनुस्, नभए अदालतमा भएको मुद्दाको कुरा मुद्दाबाटै टुंगिन्छ । त्यहाँ के कसो गर्नुपर्छ, मैले पनि सिकेको हुँला, ७५ जिल्लाका न्यायाधीशमध्ये २र४ जना मेरा पनि साथी छन्,’ शोभाकान्तले कुराकानी क्रममा भनेका छन् ।

उनले अडियो रेकर्डमा सबैसँग मुद्दालड्दा हैरान भएको उल्लेख गर्दै आफूले लिएको सापटी ‘अन्तै’ बुझाएको भनी संकेतमा कुराकानी गरेका छन् । उनले भनेका थिए, ‘पैसा बुझ्ने र बुझाउने मान्छे ज्युँदै छन्, सोधे हुन्छ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।