४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

काठमाडौंमा डेंगुको जोखिम

काठमाडौंमा डेंगुको जोखिम
अ+ अ-

काठमाडौं । उपत्यकाबाहिरका जिल्लाहरुमा यो वर्ष प्रिमनसुनसँगै डेंगुको प्रकोप फैलिसकेकाले काठमाडौं उपत्यका पनि यसको उच्च जोखिममा रहेको विज्ञहरुले जनाएका छन्। सरुवा रोग चिकित्सक तथा राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकाका केही स्थानमा डेंगुको किटाणु भेटिएकाले सर्तक रहन सुझाएको छ। डेंगु ज्वरो एडिस एजिप्टाइ नामक लामखुट्टेको टोकाइबाट सर्छ। कालो, सेतो रंगको लामखुट्टे सफा जमेको पानीमा मात्र उत्पन्न हुन्छ र यसले दिनमा मात्र टोक्छ।

डेगुं भाइरस संक्रमित लामखुट्टेले मानिसलाई टोकेमो डेंगुको संक्रमण हुन्छ। डेंगु संक्रमण नभएका लामखुट्टेले टोकेमा भने डेंगु सर्दैन। लामखुट्टेले टोकेको ५ देखि ७ दिनभित्र डेंगु संक्रमण हुन्छ। यो संक्रमणमा कडा ज्वरो आउने, आँखाको गेडी रातो हुने, शरीरमा बिमिरा आउने, आन्तरिक रक्तश्राव हुने, जोर्नी, मांशपेशी र हड्डी दुख्ने, नाक तथा गिजाबाट रगत बग्नेजस्ता लक्षण देखिन्छ।

एउटै मानिसमा डेंगु दोहोरिएमा र समयमै उपचार नभएमा आन्तरिक रक्तश्रावले पनि बिरामीको मृत्यु हुनसक्छ। तर यो रोगको संक्रमणबाट हुने मृत्युदर भने विश्वमै कम छ। पछिल्लो समय तराईदेखि पहाडी जिल्लामा समेत डेंगु संक्रणका लामखुट्टेहरु पर्याप्त मात्रामा फेला परिरहेको र काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भेटिसकिएको अवस्थामा डेंगुको जोखिम उच्च रहेको महाशाखाको भेक्टर कन्ट्रोल शाखाले जनाएको छ।

शाखाका जनस्वास्थ्य अधिकृत लिलाविक्रम थापाले भने, ‘गत वर्ष बालाजुको बाइसधारामा डेंगुको लामखुट्टे भेटिएको थियो भने यो वर्ष ललितपुरको ग्वार्खोमा भेटिएको छ। ’शंकास्पद ठाउँमा खोजी गर्ने क्रममा ग्वार्कोमा भेटिएको बताउँदै उनले अन्य स्थानमा समेत भेटिने पर्याप्त सम्भावना रहेको बताए। विश्व तापमानमा आएको परिवर्तनको असर, काठमाडौं उपत्यकाको घनावस्ती, बढ्दो फोहोर अव्यवस्थापनले काठमाडौं उपत्यकामा डेंगु लामखुट्टे फैलिन अनुकूल वातावरण बनेको थापाको तर्क छ। डेंगु सार्ने लामखुट्टे सफा तथा स्थिर पानीमा बस्ने भएकाले उपत्यकामा यो सर्ने सम्भावना पर्याप्त रहेको छ। ‘चाउचाउको खोलमा अलिअति पानी जम्यो भने पनि त्यसमै पनि डेंगु लामखुट्टे हुर्किन्छ। यसको जीवनचक्र नौ दिनमै पूरा हुने भएकाले लार्भा हुर्काउन पर्याप्त समय पाउँछ। एयरकुलर, गाडीको टायर, प्लास्टिक, कागज, कागजका गिलास तथा खाली भाँडामा रहेको सफा पानीमा यो लामुखट्टेले अण्डा पारी बच्चा सजिलै हुर्काउन सक्छ।

त्यसैगरी उपचारमा आएका बिरामीहरु काठमाडौंकै रैथाने भएको र उनीहरु दुई साताको अवधिभित्र उपत्यकाबाहिर नगएको इतिहास रहेकाले काठमाडौंमै डेगु संक्रमण भइसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए। ‘हिजो मात्रै काठमाडौंको असन तथा लगनका दुई जनाले उपचार गरेर फर्किएका छन्। उनीहरुको इतिहास बुझ्दा रैथाने हुन्,’ डा. पुनले भने। उनीहरु दुवै असन र लगनबाट आएका ३० वर्षभित्रका महिला थिए।
यो घटनाले काठमाडौंमा डेंगुको थप जोखिम रहेको डा.पुनको दाबी छ।

महाशाखाले केही दिनअघि मात्रै देशभरका विभिन्न जिल्लामा डेंगुको संक्रमणको फैलिँदो अवस्थाको तथ्यांक सार्वजनिक गरेको छ। हालसम्म संकलन भएका तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मात्र ६ जनामा डेंगुको संक्रमण भइसकेको छ। अन्य रोगको जस्तो ज्वरो आउने हुनाले यो रोगका बिरामीको सबै सम्पर्कमा नआएको हुनसक्ने डा. पुनको अनुमान छ। यो रोगको संक्रमणले प्रकोपको रुप लिएमा सबै यसको जोखिममा रहेको हुनसक्ने चिकित्सकहरुको दाबी छ। यो रोगबाट बच्नको लागि सामुदायिक स्तरमा हरेकले वातवरण सफा राख्ने, खुला भाँडामा पानी जम्मा गरेर धेरै दिन नराख्ने, दिनमा शरीर छोप्ने गरी पूरा लुगा लगाउने जस्ता उपाय अपनाउन सकिने चिकित्सकको सुझाव छ। यो बाहेक रोगको संक्रमण भइहालेमा समयमै उपचार गर्न डा. पुनको सुझाव छ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।