• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय

मासिक राशिफल : भाद्र महिना तपाईका लागी कस्तो रहला, के भन्छ राशिफल ?



मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भौतिक साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी हुनेछ। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ र अध्ययनले विशिष्ट ज्ञान दिलाउनेछ। दीर्घकालीन योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा देखिएको समस्या समाधान हुनेछ। नोकरी तथा व्यावसायिक काममा सामान्य चुनौती भने देखापर्न सक्छ। घरायसी समस्याको घरभित्रै समाधान खोज्नु बुद्धिमानी हुनेछ। सरकारी कामकाजमा विलम्ब हुनेछ। पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला। श्रम गर्नुपरे पनि सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। महिनाभरि आर्थिक पक्ष सबल रहनेछ। सगोलको सम्पत्ति बढाउन सकिनेछ। बुद्धिको उपयोगले अघि बढ्नेहरूलाई विशेष फाइदा हुनेछ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): एकसाथ अनेक काम गर्ने अवसर प्राप्त हुनेछ। तर उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा दिगो फाइदा उठाउन नसकिएला। तापनि सत्पात्रको संगतले व्यवहारमा सुधार आउनेछ। अप्ठ्यारो समयमा साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बनाउन सकिनेछ। मिहिनेत गर्दा कृषि र व्यापारमा फाइदा हुनेछ। लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ। प्रतिष्ठित व्यक्तिसँग मित्रता गाँस्ने अवसर प्राप्त हुनेछ। घर–जग्गा वा स्थायी सम्पत्तिको विवाद सम्झौतामा टुंगिनेछ। स्वास्थ्यमा चोटपटक, ज्वरो तथा पित्तदोषले निम्त्याउने समस्या देखापर्न सक्छ। आफन्तजन टाढिए पनि शुभचिन्तकहरूको सहयोगले काम बनाउन सकिनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह): महिनाभरि विभिन्न अवसर प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतिस्पर्धाको दौडमा पनि अग्रता हासिल गर्न सकिनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरीमा पदोन्नति वा सुगम स्थानान्तरण हुन सक्छ। समाजमा मान–सम्मान र राजनीतिमा पद–प्रतिष्ठा पाइने सम्भावना छ। व्यापार र उद्योगतर्फ यस वर्षकै सर्वाधिक लाभांश प्राप्त हुने समय छ। प्रयत्न गर्दा सजिलै उचाइको मार्ग अवलम्बन गर्न सकिनेछ। शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। आर्थिक स्थिति सबल बन्नाले जीवनशैलीमा परिवर्तन आउनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :यस महिनामा अवसरका साथ चुनौती समेत देखा पर्ने हुँदा लगनशीलताले मात्र काम बनाउन सकिनेछ। आत्मसम्मानका लागि धन खर्च हुनेछ। स्वास्थ्यमा टाउको दुख्ने, पिनास अथवा नाक, दाँत वा आँखासम्बन्धी समस्याले सताउन सक्छ। अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। फाइदाका लागि बलजफ्ती काम गर्नुपर्ने हुन सक्छ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। मित्रता र प्रेममा असमझदारी देखापर्नेछ र गृहस्थी केही अशान्त बन्नेछ। व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा भइरहनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले चनाखो रहनुहोला।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : स्वास्थ्यमा केही समस्या देखिए पनि यस महिनामा आत्मविश्वास र दृढसंकल्पले लक्ष्य प्राप्ति हुनेछ। राजनीतिक अगुवासँग भेटघाट हुन सक्छ। तर, ठूलो काम आँट गर्दा दुःख भने पाइनेछ। ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले सताए पनि चैतन्य शक्ति जागृत हुनेछ। आफ्नो क्षेत्र, वर्ग र समाजलाई बाटो देखाउन सफल भइनेछ। महत्त्वाकांक्षाले सफलताको उचाइमा पुर्याउन सक्छ। पूर्वाधार कमजोर हुनेहरूलाई विभिन्न चुनौती समेत आइपर्नेछन्। अरूको टिप्पणी तथा आलोचनालाई विशेष ध्यान दिनुहोला, यसले आफ्ना कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो): महत्त्वाकांक्षा खर्चिलो हुनाले धेरै रकम जोहो गर्नुपर्ने देखिन्छ। अर्थ अभावले कार्ययोजना बीचैमा स्थगित हुन सक्छ। व्यापारमा केही मन्दी आउने र लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्छन्। प्रतिस्पर्धीहरूले पनि आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सरकारी निकायबाट हुने कडिकडाउको सिकार समेत भइनेछ। विदेश ताक्नेहरूका लागि खर्च लागे पनि यात्राको बलियो सम्भावना देखिन्छ। वैदेशिक रोजगारीमा हुनेहरूलाई पनि प्रशस्त फाइदा हुनेछ। स्वास्थ्यतर्फ आँखा, शिर वा पाउमा समस्या आउन सक्छ। चोटपटकको योग देखिएकाले जोखिमयुक्त काम, हतियार र सवारीबाट सजग रहनुहोला।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते): विभिन्न अवसरले पछ्याउनुका साथै आयस्रोत सबल बन्ने समय छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। नयाँ व्यवसाय प्रारम्भ हुनेछ भने व्यापार बढ्नाले मनग्य धनलाभ हुनेछ। कृषि–चौपायाबाट पनि प्रशस्त लाभ हुनेछ। सहयोगी र शुभचिन्तकहरू बढ्नेछन्। प्रयत्न गर्दा महत्त्वाकांक्षी काम सम्पादन हुनेछ। विगतमा रोकिएका काम बन्नाले आकस्मिक लाभ हुनेछ। दिगो फाइदाको स्रोत जुटाउन सकिनेछ। सवारीलगायत विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। राजनीतिक वृत्तमा पनि पद, प्रतिष्ठा प्राप्त हुनेछ। विद्यार्थीहरूको पढाइलेखाइमा पनि प्रगति हुनेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। नाम, दाम र इनाम प्राप्त हुने समय छ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु): यस महिनामा प्राप्त हुने अवसरले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। आँटेको काम सम्पादन हुनेछ भने समाजमा आफ्नो प्रभुत्व समेत बढ्न सक्छ। दिगो फाइदा हुने कामको जिम्मेवारी हातलागी हुनेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनेछ। विशेष काम वा व्यवसायको जग बसाउने समय छ। कीर्तिमानी काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। मिहिनेत गर्दा कर्मयोगले उचाइमा पुर्याउनेछ।


धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): केही श्रम परे पनि महिना उपलब्धिमूलक रहनेछ। सरोकार नभएका विषयमा चासो राख्दा केही झमेला भने आउन सक्छन्। केही विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। सुरुमा समस्या देखिए पनि आँटले कार्य सम्पादन हुनेछ। प्रयत्न गर्दा समाजका शीर्ष व्यक्तिहरू सहयोगीका रूपमा देखा पर्नेछन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। अध्ययनमा पनि राम्रो नतिजा हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ। कार्यक्षेत्रबाट देशविदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि): यस महिनामा काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। खराब व्यक्तिको विश्वास गर्नाले धोका पाइनेछ। आम्दानी बाहिरिनेछ भने आर्थ अभावले सताउन सक्छ। प्रेममा खटपटी र दाम्पत्यमा मतभेद देखापर्न सक्छ। स्वास्थ्यमा कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। चोटपटकको समेत सम्भावना देखिएकाले हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। नयाँ व्यवसाय थाल्ने मौका आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। परिस्थितिलाई पछ्याउन नसक्दा महत्त्वपूर्ण वस्तु गुम्न सक्छ। काम बिग्रनाले जरिवानामा परिएला। वैधानिक प्रावधान विचार गरेर अघि बढ्नुहोला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द) :परिवेश रमाइलो देखिए पनि महिना खर्चिलो रहनेछ। विशेष अवसर आए पनि परिस्थितिवश उद्देश्यमूलक कामलाई प्राथमिकता दिन नसकिएला। घरेलु कामकाजले पनि अलमल्याउन सक्छ। अजीर्ण, अरुचि जस्ता समस्याले स्वास्थ्य कमजोर रहनेछ। धेरै आम्दानी नभए पनि व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ। तर समयमा सजग नहुँदा आर्थिक कारोबार र लगानी सुरक्षित नहुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। महिनाभरि परिवारजनको साथ रहनाले नियमित काम सम्पादन भइरहनेछ। नयाँ क्षेत्रमा हात हाल्न भने समस्या पर्नेछ। महत्त्वाकांक्षी काम गर्न नसकिए पनि पहिलेको उपलब्धि र साख जोगाउन भने सफल भइनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि): शत्रुबाधा समाप्त हुनुका साथै रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ। प्रतिस्पर्धीहरूले हार खानेछन् र जोखिमपूर्ण कामले समेत आशा जगाउनेछ। पहिले द्वेषभाव राख्नेहरूले मित्रताका हात अघि बढाउनेछन्। वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। कामका अवरोध र वैधानिक झमेलाहरूबाट मुक्ति मिल्नेछ। नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ। व्यापार–व्यवसाय विस्तार हुनेछ। बिग्रिएको कामधन्दा पुनःस्थापित हुनेछ। भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। प्रयत्न गर्दा विभिन्न अवसर हातपार्न सकिनेछ। नेपाली पात्रोवाट