४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

लाल आयोगको गोप्य प्रतिवेदन : प्रजिअ–प्रहरीबाटै बयान इन्कार

लाल आयोगको गोप्य प्रतिवेदन : प्रजिअ–प्रहरीबाटै बयान इन्कार
अ+ अ-

काठमाडौँ । तराई–मधेस र थरुहट आन्दोलनका क्रममा भएका हत्या, हिंसा र आगजनीसम्बन्धी सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगलाई बयान दिन सुरक्षाकर्मी र प्रमुख जिल्ला अधिकारीले इन्कार गरेको पाइएको छ ।

आन्दोलनका क्रममा सुरक्षाकर्मी परिचालन गर्न आदेश दिने र पालना गर्ने ६१ जनाले आयोगलाई असहयोग गरेको प्रतिवेदनमा उल्लेख छ । बयान दिन नगएका सुरक्षाकर्मी तथा प्रशासकलाई आयोगले घटनामा संलग्न भएर उम्किन खोजेको आरोप लगाउँदै छानबिनका गरी कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष सिफारिस गरेको छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित जाँचबुझ आयोगले झापादेखि कैलालीसम्मका १९ जिल्लामा स्थलगत निरीक्षण र छनाबिनका क्रममा करिब डेढ सय सुरक्षाकर्मी र प्रशासकसँग बयान लिन खोजेको थियो । तर प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६१ जना बयानमा पटक–पटक बोलाउँदा पनि नआएको प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रिपरिषद्द्वारा गठित आयोगलाई बयान दिएर सहयोग गर्नु गृह तथा प्रहरी प्रशासनका अधिकारीहरूको कानुनी दायित्व हो । जाँचबुझ आयोग ऐन २०२६ अनुसार छानबिन तथा अनुसन्धानको क्षेत्राधिकारभित्र पर्ने विषयमा सम्बन्धित व्यक्तिमाथि आयोगले जुनसुकै अवस्थामा पनि बयान वा सोधपुछ गर्न सक्छ ।

आयोगले २०७२ साउनदेखि फागुनसम्ममा भएका हत्या, लुटपाट, आन्दोलन, तोडफोड, आगजनीलगायत घटनाका विषयमा स्थलगत अध्ययन गरेको थियो । कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ प्रहरी र १८ महिने बालक टेकबहादुर साउद आन्दोलनकारीबाट मारिएका थिए ।

उक्त घटनाको भोलिपल्टै टीकापुर तथा आसपास अखण्ड सुदूरपश्चिम पक्षधर र प्रशासनकै मिलेमतोमा आन्दोलनकारीमाथि दमन गरिएको आयोगको प्रतिवेदनमा उल्लेख छ । घटना हुँदा कैलालीका प्रजिअ रहेका अब्दुल कलाम खाँले आयोगमा बयान दिए पनि उनीपछिका ३ जना प्रजिअ राजकुमार श्रेष्ठ, मोहनबहादुर चापागाईं र गोविन्दप्रसाद रिजालले इन्कार गरेका थिए ।

त्यस्तै सशस्त्र प्रहरीका तत्कालीन डीआईजीहरू सुरज श्रेष्ठ, खडानन्द चौधरी (हाल एआईजीबाट सेवा निवृत्त) र राजेश श्रेष्ठले पनि आयोगमा बयान दिन इन्कार गरेको प्रतिवेदनमा उल्लेख छ । नेपाल प्रहरीका एसपी राजेन्द्र विष्टले पनि टीकापुर घटनामा आयोगसमक्ष बयान दिन इन्कार गरेका थिए ।

कैलालीमा मात्रै प्रदर्शनकारी र अन्य पक्षबाट २ सय १ वटा उजुरी परेका थिए । बर्दियामा ४, दाङमा १, नवलपरासीररूपन्देही, रौतहट र कपिलबस्तुमा ३/३ जना, पर्सा र महोत्तरीमा ४/४, बारामा एक जनाले आयोगमा बयान इन्कार गरेको उल्लेख छ ।

धनुषा, सप्तरी, सिरहा, झापा, मोरङ, सुनसरीमा प्रहरी, सशस्त्र र प्रशासनका ३१ जनाले आयोगमा बयान नदिएको उल्लेख छ । मधेस आन्दोलनताका धनुषामा प्रमुख जिल्ला अधिकारी रहेका रामप्रसाद थपलिया र दिलीपकुमार चापागाईं, तत्कालीन जनकपुर अञ्चल प्रहरी प्रमुख कृष्णप्रसाद प्रसाईं तथा एसपी लालमणि आचार्य र एसपी गणेश थापाले पनि बयान नदिएको पाइएको छ ।

प्रतिवेदनअनुसार तत्कालीन प्रमुख जिल्ला अधिकारीहरू विजयबहादुर मानन्धर (सिरहा), मोहन चापागाईं (सुनसरी) र तेजप्रसाद पौडेल (झापा) ले पनि आयोगमा बयान दिन इन्कार गरेका थिए ।

पौने अर्ब राहत
मधेस आन्दोलनमा जनधन गुमाएका व्यक्तिका परिवार र घाइतेले राहत तथा क्षर्तिपूर्ति र औषधि उपचारबापत ८२ करोड ६४ लाख ९१ हजार ५ सय ५५ रुपैयाँ पाएका छन् । राहत, आर्थिक सहायता, सहिद घोषणा, घाइतेको औषधि उपचार, सवारी साधन तथा अन्य भौतिक सम्पत्ति क्षतिलगायत शीर्षकमा मन्त्रिपरिषद्बाट निर्णय गराएर गृह मन्त्रालयले सम्बन्धित परिवारलाई रकम उपलव्ध गराएको हो ।

१ हजार २ सय ३० परिवारले यो सुविधा पाए पनि अझै अपूरो भएको आयोगको निष्कर्ष छ । १२ मृतकका परिवारलाई सहिदसरह राहत उपलब्ध नभएको आयोगले औंल्याएको छ । लाल आयोगको प्रतिवेदनअनुसार मृतक १३ जनाको परिवारलाई १ करोड ३० लाख, १ हजार १० जनालाई ५९ करोड ४७ लाख आर्थिक सहायता सरकारले दिएको छ ।

१० जनालाई औषधि उपचारबापत ८ लाख ९३ हजार ५ सय ९८ रुपैयाँ, कैलाली घटनामा १ सय १२ जनालाई सम्पत्ति क्षति भएबापत १५ करोड ६ लाख ७१ हजार १ सय २७, मधेस आन्दोलनका ८५ जना घाइतेको उपचारबापत ७ करोड ८९ लाख २६ हजार ८ सय ३१ रुपैयाँ सहयोग उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।