१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

तलबमा भेदवाभ, कसलाई कती ?



अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को तबलभत्ता कति फरक होला ? पत्यार नलाग्न सक्छ, दुवैको तलबमान बराबर छ । सरकारले राष्ट्रसेवकलाई प्रदान गर्दै आएको तलबमान अवैज्ञानिक र त्रुटिपूर्ण छ भन्ने यो गतिलो उदाहरण हो ।

कानुनअनुसार आईजीपी र एआईजी दुवै विशिष्ट श्रेणीका पद हुन् । सरकारले आईजीपी र एआईजीको तलबमान ६० हजार ६ सय ८० रुपैयाँ तोकेको छ । दुवै पदको दुई पटक मात्र ग्रेड वृद्धि हुने व्यवस्था छ । दुई ग्रेड पाइसकेको एआईजी आईजीपीमा बढुवा भए तलब बराबर हुन्छ र ग्रेडसमेत वृद्धि हुनेछैन । सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका आईजीपी र एआईजीको तलबसमेत बराबर छ ।

सरकारले राष्ट्रसेवकहरूको तलबमान तोक्दा र वृद्धि गर्दा आफैंले तय गरेको मर्यादाक्रमसमेत ख्याल गरेको छैन । मर्यादाक्रममा नेपाल सरकारका सचिव र नेपाली सेनाको रथी (लेफ्टिनेन्टन जनरल) को हैसियत बराबर छ । अझ मर्यादाक्रमको वरीयतामा सचिवलाई अगाडि राखिएको छ । तलबमान भने रथीको भन्दा सचिवको धेरै कम छ । रथीभन्दा एक तह तलका उपरथी र सचिवको तलब बराबर छ । सचिव र उपरथीको तलब ६० हजार ६ सय ८० छ । जबकि रथीको तलब सचिवको भन्दा बढी ६२ हजार ५ सय ४० रुपैयाँ छ ।

मर्यादाक्रमको वरीयतामा सचिव आईजीपीभन्दा अगाडि छन् । एआईजीलाई एक तहमुनिको मर्यादाक्रममा राखिएको छ तर तलबमान भने सचिव, आईजीपी र एआईजीको बराबर छ । मुख्यसचिव र प्रधान सेनापति एउटै मर्यादाक्रममा छन्, उनीहरूको तलबमानमा भने समस्या छैन, बराबर छ ।

सरकारले राष्ट्रसेवकहरूको साउन १ देखि लागू हुने गरी ‘विभेदपूर्ण’ तलबमानलाई यथावत् कायम राखेर सम्पूर्ण सरकारी निकायहरूलाई हालै सर्कुलर गरेको छ । त्यसमा निजामती प्रशासनभन्दा समान तहका नेपाली सेना, दुवै प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारी र कर्मचारीलाई पहिलाजस्तै बढी तलबमान कायम गरिएको छ ।

सुरक्षा संगठनका समान तहका पदाधिकारीभन्दा मर्यादाक्रममा माथि या अगाडि भए पनि निजामती कर्मचारीलाई तलबमानमा पछाडि पारिनुलाई प्रशासनविद्हरू राज्यको विभेदपूर्ण व्यवहारको संज्ञा दिन्छन् ।

मर्यादाक्रममा नेपाली सेनाका सहायक रथी र प्रहरी नायब महानिरीक्षक (डीआईजी) भन्दा सहसचिव एक तहमाथि छन्, तर तलब सहसचिवको भन्दा सहायक रथी र डीआईजीको बढी छ । सहसचिवको तलब ४७ हजार ३ सय ८० रुपैयाँ छ भने सहायक रथी र डीआईजी दुवैको तलब स्केल ५१ हजार रुपैयाँ छ ।

सहसचिव, सहायक रथी र डीआईजी तीनवटै राजपत्रांकित प्रथम श्रेणीका पद हुन् । जबकि सहायक रथी र डीआईजीभन्दा एक तहमुनिका वरिष्ठ प्रहरी उपरीक्षक र महासेनानीको तलब नै सहसचिव बराबर छ । नेपाली सेनामा सहायक रथी र महासेनानी तथा प्रहरीमा डीआईजी र वरिष्ठ उपरीक्षक दुवै राजपत्रांकित प्रथम श्रेणीका अधिकृत हुन् ।

मर्यादाक्रममा उपसचिव र नेपाली सेनाका प्रमुख सेनानी तथा प्रहरी उपरीक्षकको मर्यादाक्रम समान छ । मर्यादाक्रमको वरीयतामा उपसचिव अगाडि छन् । तलब स्केल भने उपसचिवभन्दा प्रमुख सेनानी र प्रहरी उपरीक्षकको बढी छ ।

प्रमुख सेनानी र प्रहरी उपरीक्षकको ४३ हजार ६ सय ४० रुपैयाँ छ भने उपसचिवको तलबमान ४० हजार ३ सय ८० छ । प्रमुख सेनानी र प्रहरी उपरीक्षकभन्दा एक तहमुनिका क्रमशः सेनानी र नायब उपरीक्षककै तलबमान उपसचिव बराबर ४० हजार ३ सय ८० रुपैयाँ छ । नेपाली सेनामा प्रमुख सेनानी र सेनानी तथा प्रहरीमा उपरीक्षक र नायब उपरीक्षक राजपत्रांकित द्वितीय श्रेणीकापद हुन् ।

तलबमानको विभेद शाखा अधिकृत तहमा समेत छ । मर्यादाक्रममा शाखा अधिकृत र सहसेनानी समान पद हुन् । वरीयतामा शाखा अधिकृत अगाडि छन् । तलब स्केल भने सहसेनानीको बढी छ । सहसेनानीको तलबमान ३९ हजार ५० छ भने शाखा अधिकृतको तलब ३५ हजार ९ सय ९० छ ।
शाखा अधिकृतको तलब सहसेनानीभन्दा दुई तहमुनिका सहायक सेनानीको बराबर हो । उपसेनानीको तलब शाखा अधिकृतको भन्दा बढी ३७ हजार २ सय २० रुपैयाँ छ भने सहायक सेनानीको शाखा अधिकृत बराबर ३५ हजार ९ सय ९० रुपैयाँ तलब छ । नेपाली सेनाका सहसेनानी, सहायक सेना र उपसेनानी तीनवटै राजपत्रांकित तृतीय श्रेणीका पद हुन् ।

सहायक तह (राजपत्र अनंकित प्रथम, द्वितीय र तृतीय श्रेणी) मा समेत नेपाली सेना र प्रहरीमा भन्दा समान तहका निजामतीका कर्मचारीको तलबमान कम छ । ‘तलब संरचना परिवर्तन नगरी निश्चित प्रतिशत तोकेरमात्र तलब वृद्धि गरिएकाले यस्तो समस्या देखिएको हो,’ अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव उत्तरकुमार खत्रीले कान्तिपुरसित भने, ‘जुन बेला सबै तहको तलब संरचना परिमार्जन र मिलान हुन्छ, त्यतिबेला समान पदको असमान तलबको समस्या समाधान हुन्छ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै