४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

असुरक्षित बालिका, प्रत्येक ३० घण्टामा बलात्कार

असुरक्षित बालिका, प्रत्येक ३० घण्टामा बलात्कार
अ+ अ-

वीरेन्द्रनगर । सुर्खेतकी नौ वर्षीया बालिका विद्यालयबाट घर जाँदै गर्दा गत जेठ २३ गते बाटोमै बलात्कृत भइन्। घर पुर्‍याइदिने भन्दै गाउँकै एक युवकले उनलाई सामुदायिक वनमा पुर्‍याएर बलात्कार गरेका थिए। उनीजस्तै सुर्खेत गुर्भाकोट नगरपालिकाकी १० वर्षीया बालिका पनि बलात्कारको सिकार बन्नुपर्‍यो। ती बालिका हिँडडुल गर्न नसक्ने भएपछि गत साउन २ गते बालिका बलात्कृत भएको पत्ता लागेको थियो।

पछिल्लो समय कर्णालीमा बलात्कारका घटना बढ्दै गएका छन्। प्रहरीकाअनुसार हरेक एक दशमलव २६ दिनमा एक महिला तथा बालिका बलात्कारको सिकार बन्ने गरेका छन्। घरमा एक्लै भएका बेला र एकान्त ठाउँमा हिँडडुल गर्दा महिला बढी असुक्षित हुने गरेका छन्। तथापि बलात्कारमा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ। सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार अधिकतर दोषी प्रक्राउ परेका छन्। केही व्यक्तिमात्र फरार रहेको र खोजी कार्य भइरहेको उनले बताए। पक्राउ परेकामध्ये केही दोषी प्रमाणित भएको र केही अदालती प्रक्रियामा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। डर, धम्की, त्रास र ललाइफकाइ गरेर बलात्कारका घटना हुने गरेको प्रहरीको भनाइ छ।

बलात्कारजस्तो जघन्य अपराघका दोषीलाई कडा सजाय हुनुपर्ने महिला अधिकारकर्मी देवीसरा सुनारले बताइन्। बलात्कारका घटना पनि व्यवहारिकतामा मिलापत्र गराउँदा यसले झनै प्रश्रय पाउने उनको भनाइ छ। पीडित महिला पक्ष संरक्षकको अभावमा कमजोर हुने हुँदा यस्ता घटनाहरू मिलापत्रमा टुंग्याइने गरेका छन्। दोषीलाई राजनीतिकरण हुँदा पीडकले छुटकरा पाउने भन्दै सुनारले निष्पक्ष छानबिनपछि कानुनी कारबाही गरिनुपर्ने धारणा राखिन्। ‘यस्ता घटनामा मिलापत्र गराउनु भनेकै पीडकलाई हौसला दिनु हो,’ उनले भनिन्, ‘कुनै पनि बहानामा दोषीलाई छुटकारा दिनुहुन्न।’

शिक्षा र चेतनाको विस्तारसँगै यस्ता आपराधिक घटना लुक्न छाडेको विद्यार्थी नेता कृष्णा हमालले बताइन्। पछिल्लो समय यस्ता घटना ढाकछोपभन्दा पनि बाहिर आउने गरेको उनको भनाइ छ। ‘पहिला यस्ता घटना नभएका होइनन्,’ उनले भनिन्, ‘पहिला बाहिर आउँदा सामाजिक बहिस्कार भइने डरले बाहिर आएनन्।’ कानुनी कारबाहीसँगै पीडितको मानसिक उपचार, वातावरणीय र सामाजिक पुनःस्थापनमा जोड दिनुपर्ने रुकुम पश्चिमकी महिला अधिकारकर्मी सरस्वती चनाराले बताइन्। कर्णालीमा जबर्जस्ती करणीसम्बन्धी दुई सय ८८ वटा घटना भएका छन्। जबर्जस्ती करणीका एक सय ९७ र जबर्जस्ती करणी उद्योगका ९१ वटा घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सल्यान र मुगुमा बलात्कारका घटनामा कमी आएको छ। सल्यानमा २०७४/०७५ मा २१ वटा बलात्कारका घटना भएका थिए भने २०७५/०७६ मा १७ वटा यस्ता घटना भएका छन्। आठवटा बलात्कारका घटना भएको मुगुमा गत वर्ष तीनवटा मात्र यस्ता घटना भए।

सुर्खेतमा ८६, दैलेखमा १६, जाजरकोटमा १७, सल्यानमा १७, रुकुम पश्चिममा २५, जुम्ला १२, हुम्ला एक, डोल्पा पाँच, मुगु तीन र कालीकोटमा आठवटा जबर्जस्ती बलात्कारका घटना घटेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिम्सिनाले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी सुर्खेतमा ८६ र कम हुम्लामा एकजना बालिका तथा महिला बलात्कृत भएका छन्। कर्णालीमा आर्थिक वर्ष २०७४/०७५ मा ९८ वटा बलात्कारका घटना भएका थिए। वर्षभरिको आठ हजार सात सय ६० घण्टामा प्रति ३० दशमलव ४१ घण्टाभित्र यहाँका एक महिला तथा बालिका बलात्कार हुने गरेका छन्, जुन डरलाग्दो तथ्यांक हो। यो अझ बढ्दो क्रममा रहेकाले यसले सामाजिक अपराध बढाउने महिला अधिकारकर्मीहरू बताउँछन्।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।