४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

के हो आत्महत्या दुरुत्साहन ?

के हो आत्महत्या दुरुत्साहन ?
अ+ अ-

काठमाडौँ । गतवर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले गरेको नयाँ व्यवस्थामध्ये एउटा हो, आत्महत्यामा दुरुत्साहन गर्नेलाई गरिने दण्डसजाय । उक्त संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’

यस्तो कसुर गर्नेलाई ‘५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना’ हुने व्यवस्था छ । छिमेकी मुलुक भारतलगायत देशमा यस्तो व्यवस्था पहिलेदेखि नै छ ।

नेपालमा भने यस्तो कानुन भर्खरभर्खरै बनेको र यसबारे सर्वोच्चले कुनै नजिर पनि प्रतिपादन गरिसकेको छैन । त्यसैले कस्ता घटनालाई आत्महत्याको दुरुत्साहन मान्ने र कस्तालाई नमान्ने भन्ने द्विविधा छ । सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्यामा दुरुत्साहन आरोपमा टीभी कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि यसबारे अझ बढी चासो बढेको छ ।

‘सही काम गर्दा त्यसको परिणामले कसैले आत्महत्या गर्छ भने त्यो दुरुत्साहन होइन,’ वरिष्ठ अधिवक्ता शम्भु थापाले भने, ‘नघटेको घटनाको आशंका र डरले आत्महत्या गर्दा पनि दुरुत्साहनको दोष लगाउन मिल्दैन । तर कसैको असत् व्यवहारले कोही आत्महत्या गर्ने अवस्थामा पुग्यो भने त्यसलाई दुरुत्साहन भन्न मिल्छ ।’

कसैले कसैको गोपनीयता भंग गर्ने कुनै प्रमाण बटुलेर धम्की दियो, बार्गेनिङ गर्‍यो वा कुनै काम गरेर आत्महत्या गर्नुपर्ने स्थितिमा पुर्‍यायो भने त्यसलाई दुरुत्साहनको अभियोग लगाउन सकिने उनले बताए । तर भएको तथ्य बाहिर ल्याउँदा, पत्रिकामा कुनै सत्य समाचार प्रकाशन गर्दा वा जिम्मेवारीमा पर्न गएको कुनै काम गर्दा कसैले आत्महत्या गर्‍यो भने त्यो दुरुत्साहन नहुने उनको भनाइ छ ।

‘अख्तियारले मुद्दा चलाउँदा हालै एक सुब्बाले आत्महत्या गरे । यसमा अख्तियारलाई दोष दिन मिल्दैन,’ उनले भने, ‘किनभने मुद्दा चलाउने त उसको कामै हो । तर कसैले कसैलाई चन्दा नदिए अपहरण गर्छॅ वा कुनै गोप्य कुरा खोलिदिन्छु भनेर बार्गेनिङ गर्‍यो र हानिनोक्सानी पुर्‍याउने संकेत पनि दियो भने त्यस्तो अवस्थामा भएको आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लाग्छ ।’

दुरुत्साहनको गलत व्याख्या हुन सक्ने भएकाले यसबारे अनुसन्धानमा चनाखो हुनुपर्ने उनी बताउँछन् । यसमा भएको द्विविधा हटाउने उद्देश्यले महान्यायाधिवक्ताको कार्यालयले ‘आत्महत्या घोषणा गर्न बाध्य पार्नेलाई अपराधी घोषणा गर्नॅपर्ने आवश्यकतासम्बन्धीअध्ययन प्रतिवेदन’ २०७२ सालमै तयार पारेको थियो ।

सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरेको संयोजकत्वमा गठित कार्यदलले केकस्तो कार्यलाई दुरुत्साहन भनिने हो, त्यसको स्पष्ट किटान कानुनमा हुनुपर्नेमा जोड दिएको छ । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गर्न बाध्य पारिएको देखिए पीडितबाट जाहेरी लिनुपर्ने, अभियुक्तलाई पक्राउ गरी बयान लिनुपर्ने, झूटो जाहेरी दिएको पाइए जाहेरी दिनेलाई नै दण्ड दिनुपर्नेलगायत सुझाव दिइएको छ । अपराध संहिता लागू हुनुअघि नै कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमा आत्महत्यामा दुरुत्साहन प्रावधानको दुरुपयोग हुन सक्ने पनि औंल्याइएको छ ।

‘यस्तो मुद्दामा सबैभन्दा अहं साक्षीका रूपमा रहने पीडित स्वयंको मृत्यु हुने हुँदा दूषित अभियोजनको सम्भावना बढ्न सक्छ,’ प्रतिवेदनमा भनिएको छ । पारिवारिक रिसइबी साध्न र अन्य कारणले दुरुत्साहनबारे भएको प्रावधानको दुरुपयोग हुन सक्नेतर्फ प्रतिवेदनले संकेत गरेको छ ।

अध्ययनअनुसार मृतकका कमजोरी ढाकछोप गर्ने, कुनै अनुचित लाभका लागि आरोपित पक्षसँग सौदाबाजी गर्ने, हल्लामा विश्वास गरी जाहेरी दिने, भीडबाट निर्देशित हुने र अवैज्ञानिक अनुसन्धानको फाइदा लिन खोज्ने कारणले दुरुत्साहनको दण्डको दुरुपयोग हुन सक्ने प्रतिवेदनले उल्लेख गरेको छ । यसलाई रोक्न सरकारले बृहत् रूपमा छलफल गरेर मात्रै कानुन लागू गर्नॅपर्नेमा प्रतिवेदनले जोड दिएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।