४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

राजपुरवासीको गुनासो : प्रचण्ड बिर्सिए आश्रयस्थल

राजपुरवासीको गुनासो : प्रचण्ड बिर्सिए आश्रयस्थल
अ+ अ-

दाङ । राजपुरको वेतनिया गाउँ तत्कालिन माओवादीका शीर्ष नेताहरुको लागि युद्धकालमा सुरक्षित आश्रयस्थल थियो। जहाँ उनीहरु महिनौं बस्थे, गाउँलेहरु उनीहरुको संरक्षणमा जुट्थे। अर्को स्थान र भारतसम्म सकुसल स्थानान्तरण गर्थे। नेकपा माओवादी केन्द्रले सशस्त्र युद्ध गरेको १० वर्षसम्म धेरैपटक राजपुरले युद्धका नायक पुष्पकलम दाहाल (प्रचण्ड) लगायतका नेतालाई आश्रय मात्रै होइन, संरक्षण पनि दिएको थियो।

प्रचण्ड लगायतका नेताहरुले आश्रय लिँदै गर्दा आफ्नो सत्ता प्राप्तीपछि जनताका दिन फेरिने र दुर्घम बेतनिया सुगममा परिणत गरिदिने आश्वासनसमेत दिएका थिए। गाउँलेमा पनि शान्तिपछि आफ्नो दैनिक फेरिने आशा थियो। तर सरकारमा धेरैपटक नेतृत्व गरेका शीर्ष नेताहरु एकपटक पनि यहाँ फर्केका छैनन्। न त उनीहरुले भनेजस्तै गाउँको मुहार नै फेरिएको छ।

द्वन्द्वका बेला आफूले राज्यको अनेक पीडा सहेर संरक्षण गरेका व्यक्ति अहिले एकपटक पनि गाउँ नफर्किनुले त्यतिबेला लगाएको गुन नेताले बिर्सेको राजपुरका स्थानीयले महशुस गरेका छन्। सशस्त्र द्वन्द्वकोे समयमा तत्कालिन नेकपा माओवादीका अध्यक्ष पूर्वप्रधानमन्त्री अहिलेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पुर्वप्रधानमन्त्री बावुराम भट्राई अनि वर्तमान सभामुख कृष्णबहादुर महरा लगायतका नेताको सुरक्षित स्थान बेतिनिया नै थियो।

उनीहरुको संरक्षणका लागि गाउँलेले नेपाल प्रहरी, सेनालाई गाउँ पस्नसमेत दिएनन्। बरु अनेक धम्की र कुटाइ आफैले आए। ज्यानको बाजी थापेर जोगाएका नेताले आफ्ना वचन बिर्सेको भन्दै गाउँलेले गुनासो गरेका छन्। पूरै गाउँलाई जोखिममा पारेर संरक्षण गरेका नेताहरुले एकपटक पनि पुरानो स्थलको अवस्था नबुझेको ६२ वर्षीय रामशरण घर्तीले बताए।

‘आफ्नो छाक कटाएर उनीहरुलाई खान दियौं। ताकि भोली हाम्रो भविष्य उज्वल बनोस भनेर’ उनले भने, ‘अहिले उनीहरु करोडौंका गाडीमा सयर गर्दै देशमा राज गरिरहेका छन्। तर हामीलाई भने सिटामोल किन्न पनि ५ घण्टा हिड्नसपर्छ। गाउँमा स्कुल पनि छैन। न त सडक नै। बालबच्चालाई स्कुल पठाउँन ५ घण्टा जंगल र खोलाको बाटो हिँडाउनुपर्छ।’ राजपुरको बेतनिया त्यतिबेलाको र अहिलेमा केही फरक छैन। फेरियो मात्रै शासन र सत्ता। उस्तै छ वस्ती जहाँ टुंकी मुनि नेताले देखाइएका सपना।

गाउँलेले अहिले पनि झिनो आशा राखेका छन्। गाउँमा विद्युतीकरण, सडक सञ्जाल र गाउँमै गुणस्तरीय उच्च शिक्षाको व्यवस्था। एक चक्की सिटामोलका लागि गाउँले तड्पीएका छन्। ‘हामीले सहर बनाइदेउ भनेका पनि होइनौं’ अर्का स्थानीय तुलसी बुढाले भने, ‘टुकिमुनिको अँध्यारोबाट मुक्त बनाउन्। हाम्रा बालबच्चालाई गाउँमै उच्च शिक्षा अध्ययन गर्न पाउन् र बिरामी पर्दा डोकोमा जंगलको बाटो होइन, गाउँमै ज्यान जोगाउने स्वास्थ्यचौकीको व्यवस्था होस्।’

त्यही आश्रय लिएर आफ्नो युद्ध सफल बनाएका प्रचण्ड र बावुराम प्रधानमन्त्री बने। कृष्णबहादुर महरा अहिले सभामुख छन्। नेकपामा नेता मात्रै होइन, कांग्रेस नेता स्वर्गिय खुमबहादुर खड्काले पनि वेतनियाको विकासका लागि कुनै काम नगरेको स्थानीय बताउँछन्। आफ्नै जिल्लाका नेता गृहमन्त्री बन्दासमेत गाउँको विकासमा ध्यान नदिएको स्थानीय सुशीला पुनले बताइन्।

दाङ सुगम जिल्ला भए पनि राजपुर भने कुनै कर्णालीको दुर्गम क्षेत्रभन्दा कम छैन। न यहाँ विद्युत् न त सडक नै। अहिले पनि न्यूनतम पूर्वाधार निर्माणको पर्खाइमा स्थानीय छन्। भोटबैंकका रुपमा रहेका यहाँका जनताको दैनिक सुधार्न जनप्रतिनिधिले पनि कुनै चासो नदिएको गुनासो गर्छन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।