४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

विदेश घुम्‍न जनप्रतिनिधि र कर्मचारीको लर्को

विदेश घुम्‍न जनप्रतिनिधि र कर्मचारीको लर्को
अ+ अ-

काठमाडौं । जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमण मोह बढेको छ। तालिम, अध्ययन र अनुभव आदानप्रदानका नाममा ठूलो संख्यामा जनप्रतिनिधि तथा कर्मचारी विदेश जाने गरेका छन्। भ्रमणपछिको उपलब्धि भने केही देखिएको छैन। सरकारले जनप्रतिनिधिको विदेश भ्रमणलाई कडाइ गरे पनि विदेश जानेको संख्या बढेको छ।

सरकारले विदेश यात्रालाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाउन ‘विदेश भ्रमण सम्बन्धी निर्देशिका’ जारी गरेको छ। तर कर्मचारी र जनप्रतिनिधिले त्यसको अवज्ञा गरेका छन्। अधिकांश भ्रमण व्यवस्थापन एनजीओ रआईएनजीओले गर्छन्। उनीहरूले मुलुकको हितका लागि भन्दा पनि आफ्नो स्वार्थ पूर्ति गर्न कर्मचारी र जनप्रतिनिधिलाई विदेश लाने गरेका छन्।

संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्रालयबाट विदेश जानेको संख्या अघिल्लो दुई वर्षको तुलनामा दोब्बर छ। दुई वर्षमा २५४ जना जनप्रतिधि र कर्मचारीले विदेश भ्रमण गरेका छन्। आव ०७४/७५ भन्दा ०७५/७६ मा विदेश जानेको संख्या दोब्बर बढी छ। आव ०७५/७६ मा १६७ जना जनप्रतिनिधि तथा कर्मचारी विदेश घुमेका थिए। ०७४/७५ मा ७० जना विदेश भ्रमणमा गएका थिए।

गत आवमा सबैभन्दा धेरै स्थानीय तहका कर्मचारी विदेश गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक छ। स्थानीय तहबाट ६२ जना कर्मचारी विदेश भ्रमणमा गएका छन्। मन्त्रालय प्रवक्ता भूपाल बरालले अध्ययन, भ्रमण र तालिमका लागि स्थानीय तहका पदाधिकारी र कर्मचारीले विदेश भ्रमण गरेको बताए। उनले दाताको खर्चमा मात्रै मन्त्रालयले भ्रमणको स्वीकृति दिने गरेको स्पष्ट पारे। ‘सरकारी खर्चमा पठाउँदैनौं,’ उनले भने, ‘दाताकै खर्चमा क्षमता विकास, तालिमका लागि स्वीकृति दिन्छौं।’ उनका अनुसार तालिम र क्षमता विकासका लागि चीन र जापानले धेरै कर्मचारी र जनप्रतिनिधिलाई बोलाउने गरेका छन्।

सबैभन्दा बढी जनप्रतिनिधि र कर्मचारी चीन र त्यसपछि जापान भ्रमणमा गएका छन्। मलेसिया, कोरिया, नेदरल्यान्ड, थाइल्यान्ड, फिलिपिन्स, भारत, स्विजरल्यान्ड, इन्डोनेसिया, जर्मनी, अमेरिका, भियतनाम, न्युजिल्यान्ड, भुटान, अस्ट्रेलिया भ्रमणमा पनि उनीहरू गएका छन्। यसरी विदेश जानेमा मन्त्री लालबाबु पण्डित, सहसचिव र उपसचिव पनि छन्।

स्थानीय तहका कर्मचारी धेरै

आव ०७५/७६ मा ६२ स्थानीय तहका कर्मचारी विदेश भ्रमणमा गएका छन्। यसरी जानेमा अधिकांश गाउँपालिका र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन्। जिल्ला समन्वय अधिकारी र केही इन्जिनियर पनि विदेश गएका छन्।

लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति महत, घरपझोड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मैया कँडेल, जिल्ला प्राविधिक कार्यालय सिन्धुलीका इन्जिनियर पुरुषोत्तम महर्जन, शिवसाक्षी नगरपालिका झापाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, शम्भुनाथ नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ छन्।

सुखीपुर नगरपालिका सिरहाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङ, प्रसौनी गाउँपालिका बाराका सुनिलप्रसाद केसरी, काठमाडौं महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवाली, कलैया उपमहानगरपालिका सहसचिव टोकराज पाण्डे, शैलुङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश विश्वकर्मा सुनार विदेश भ्रमणमा गएका छन्।

विदेश भ्रमण गर्नेमा लिसंखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाख्रिन, लाँलीगुराँस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद धिताल, बेल्कोटगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदी, जिल्ला प्राविधिक कार्यालय गोरखाका डिभिजनल इन्जिनियरद्वय रामकुमार श्रेष्ठ र रवीन्द्र तिवारी छन्।

केराबारी गाउँपालिका मोरङका प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बराल, सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल, रौतामाई गाउँपालिकाका खम्बराज राई, इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोका र जिल्ला समन्वय समिति दोलखाका शाखा अधिकृत शमशेरबहादुर राईले विदेश भ्रमण गरेका छन्।

विदेश भ्रमणमा जाने अन्य कर्मचारीमा रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद चापागार्इं, गोडैता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासकुमार रजक, फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बे र कर्जनाह नगरपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार दास छन्।

दाताको खर्चमा विदेश जानेमा गौरीगन्ज गाउँपालिकाका नासु अजयकुमार साह, जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत दीपक सुवेदी, विराटनगर महानगरपालिकाका कुमारप्रसाद दाहाल, सुनवल नगरपालिकाका उपसचिव रामलाल श्रेष्ठ छन्। यस्तै जिल्ला समन्वय समिति गुल्मीका जिल्ला समन्वय अधिकारी प्रह्लाद पोखरेल, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछाने, जिल्ला समन्वय समिति दोलखाका जिल्ला समन्वय अधिकारी तुलसी गौतम, जिल्ला समन्वय समिति नुवाकोटका जिल्ला समन्वय अधिकारी अच्युतराज उप्रेती विदेश भ्रमणमा गएका कर्मचारीको सूचीमा छन्।

बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश राउत, पोखरिया नगरापालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु शाह पनि विदेश गएका छन्। घरपोझाङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मैया कँडेल एकै वर्र्षमा दुईपटक चीन गएकी छन्।

विदेश जाने अन्य कर्मचारीमा महालक्ष्मी नगरपालिका ललितपुरका प्रमुख प्रशासकीय अधिकृत मेखबहादुर मंग्राती, बगलामुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर ओली, चखेली गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवप्रसाद फुँयाल, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्म भुसाल, जिल्ला समन्वय समिति कालिकोटका समन्वय अधिकारी कोमलप्रसाद धमला, बेलबारी नगरपालिका मोरङका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल छन्।

विदेश जाने अन्य स्थानीय तहका कर्मचारीमा भरतपुर नगरपालिकाकी उपसचिव सिर्जना थपलिया, पोखरा महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सोभियत खड्का, जिल्ला समन्वय समिति लमजुङका समन्वय अधिकारी अन्तरबहादुर सिलवाल, राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव झा, शम्भुनाथ नगरपालिकाका विष्णुप्रसाद गुरुङ, गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद भट्टराई, नागार्जुन नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, ईश्वरपुर नगरपालिका सर्लाहीका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापा छन्।

ललितपुर महानगरपालिकाका उपसचिव विदुरप्रसाद धिमाल, कालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका सिनियर इन्जिनियर प्रवीण कार्की र बूढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले विदेश जाने मौका पाएका छन्।

यस्तै बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाल, कीर्तिपुर नगरपालिकाका वरिष्ठ इन्जिनियर बालकृष्ण महर्जन, गोनही नगरपालिकाका शाखा अधिकृत मनोजकुमार रजक, वीरगन्ज महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर अखल्यक अहमद सिद्धिकी, कमलामाई नगरपालिका सिन्धुलीका इन्जिनियर बिनोदबाबु खकुराल विदेश गएका छन्।

विदेश घुम्ने जनप्रतिधि

नेपालगन्ज उपमहानगरपालिका मेयर डा। धवलशममेर राणा, बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, नीलकण्ठ नगरपालिकाका मयेर भीमप्रसाद ढुंगाना, बासगढी नगरपालिका मेयर शालिकराम अधिकारी र भेरीगंगा नगरपालिकाकाका उपमेयर रेणु आचार्य विदेश गएका छन्। उनीहरू ५ दिने स्थानीय तहको क्षमता अभिवृद्धि कार्यक्रमका नाममा भ्रमणमा गएका थिए।

कटहरिया नगरपालिका मेयर सियारामप्रसाद कुशवाह, बलेफी गाउँपालिकाकी उपमेयर कमला कायस्थ, शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बूढीनन्दा नगरपालिकाकी उपमयेर सृष्टि रेग्मी र खडानन्द नगरपालिकाकी उपमेयर मेरिका राई ग्रामीण विकासको तालिमका लागि जापान गएका थिए। उनीहरु २० दिनसम्म जापान बसेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग स्वीकृत नलिई पनि कतिपय स्थानीय तहबाट विदेश भ्रमण गएका छन्। मन्त्रालयका प्रवक्ता बरालले कतिपय कर्मचारी थाहै नदिई विदेश भ्रमणमा जाने गरेको बताए।

‘मन्त्रालयको स्वीकृति अनिवार्य रूपमा लिनुपर्छ,’ बरालले भने, ‘तर थाहा नदिई पनि गएको भन्ने सुनिएको छ।’ उनले उद्देश्य नहेरी मन्त्रालयले स्वीकृति नदिने बताए।

गृहबाट १०७ कर्मचारी

गत आवमा गृह मन्त्रालयबाट १०७ जना कर्मचारीले विदेश भ्रमण गरेका छन्। सचिव प्रमेकुमार राई स्विजरल्यान्ड र थाइल्यान्डको यात्रा गरेका छन्। सबैभन्दा धेरैपल्ट सहसचिव रामकृष्ण सुवेदी विदेश भ्रमणमा गएका छन्। उनले फिलिपिन्स, अस्ट्रिया, भियना, इटाली, थाइल्यान्ड, भारत, चीन र बंगलादेश गएका छन्।

विदेश भ्रमण गर्नेमा सुवेदीलगायत १५ सहसचिव छन्। यस्तै ४६ उपसचिव, ४३ शाखा अधिकृत र २ राजपत्रअनंकित कर्मचारी विदेश गएको गृहको तथ्यांक छ। अधिकांश भ्रमण सहभागिताका लागि भएको गृहको अभिलेखमा उल्लेख छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।