• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

‘मिसन मंगल’: तेस्रो दिनमा २३.५८ करोडको व्यापार



१५ अगस्टमा रिलिज फिल्म मिसन मंगल ले एकदमै राम्रो कमाई गरेको छ । पहिलो दिन र दास्रो दिनमै निकैराम्रो कमाई गरेको मिसन मंगलले तेस्रो दिन पनि राम्रो कमाई गरेको हो । मिशन मंगलले तीस्रो दिनको पनि सबै अनुमानित आंकडालाई तोडेको हो । शनिवार पनि फिल्मको बिजनेसमा जबरदस्त ग्रोथ देखिएको हो । अक्षय कुमारको यस मिसन मंगलले तेस्रो दिनमा २३.५८ करोडको व्यपार गरेको हो ।

व्यापार विश्लेषक तरण आदर्शले तेस्रो दिनको फिल्मको कलेक्सन बताउदै यसरी ट्वीट गरी लेखेका छन्, मिशन मंगलको तेस्रो दिनमा ठूलो वृद्धि देख्यो। फिल्मले मेट्रो शहरहरूको मल्टिप्लेक्सहरू र टियर २ शहरहरूमा राम्रो प्रदर्शन गर्‍यो। मास सर्किटमा व्यापक वृद्धि देखिएको छ, आइतवार यो तथ्या अझ ठूलो हुन सक्छन्। बिहीबार, मिसन म्रंगलको कमाई २९.१६ करोड, शुक्रवार १७.२८ करोड र शनिबार२३.५८ करोड कमाएको छ। फिल्मको आहले सम्मको कुल कमाई ७०.०२ करोड रहेको छ । फिल्म मिसन मंगल यो वर्षको दोस्रो सबैभन्दा बढि कमाई गर्ने फिल्म बनेको हो ।