५ असार २०८३, शुक्रबार
,
Latest
पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिहानमा गएर हड्डी फुक्नेहरु राजसंस्था फर्काउँछु भनेर उफ्रिन थाले: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्काउँछौं भन्नु बेमौसमको बाजा भएको बताएका छन् ।

आइतबार संसदलाई सम्बोधन गर्दै उनले चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउँछु भन्ने परिकल्पना गरेर उफ्रिएको बताए । यो दाबीमा पत्यार नलागेर सरकार मौन बसेको भन्दै उनले भने, ‘पत्याएका दिन संविधान, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ।’

धैर्य गर्नुस्, निर्वाचनपछि मलाई पनि बस्न मन छैन

प्रधानमन्त्री ओलीले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । उनले आफ्नो पद गुम्छ कि भनेर आफू नडराएको समेत बताए । उनले भने, ‘मैले भनेको सुनेँ, प्रधानमन्त्री लगलग कामेर बसेको छ पद जाने भयो भनेर । मैले पद नगएको कोही देखेको छैन । कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन ।’

उनले संविधानसम्मत चलेका कारण सरकार प्रशन्नातापूर्वक विरोध र आलोचनाको स्वागत गर्ने बताए । सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु, प्रतिगमन गर्छु भन्ने मान्य हुँदैन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु नगर्न समेत चेतावनी दिए ।