११ आश्विन २०८१, शुक्रबार
,
Latest
सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक छः गभर्नर अधिकारी जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिहानमा गएर हड्डी फुक्नेहरु राजसंस्था फर्काउँछु भनेर उफ्रिन थाले: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्काउँछौं भन्नु बेमौसमको बाजा भएको बताएका छन् ।

आइतबार संसदलाई सम्बोधन गर्दै उनले चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउँछु भन्ने परिकल्पना गरेर उफ्रिएको बताए । यो दाबीमा पत्यार नलागेर सरकार मौन बसेको भन्दै उनले भने, ‘पत्याएका दिन संविधान, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ।’

धैर्य गर्नुस्, निर्वाचनपछि मलाई पनि बस्न मन छैन

प्रधानमन्त्री ओलीले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । उनले आफ्नो पद गुम्छ कि भनेर आफू नडराएको समेत बताए । उनले भने, ‘मैले भनेको सुनेँ, प्रधानमन्त्री लगलग कामेर बसेको छ पद जाने भयो भनेर । मैले पद नगएको कोही देखेको छैन । कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन ।’

उनले संविधानसम्मत चलेका कारण सरकार प्रशन्नातापूर्वक विरोध र आलोचनाको स्वागत गर्ने बताए । सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु, प्रतिगमन गर्छु भन्ने मान्य हुँदैन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु नगर्न समेत चेतावनी दिए ।