• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

मलाई राम्रो काम गरेर दर्शकको मन जित्नुपर्छ भन्ने मात्र हो: अनुप शाही



काठमाडौं । अनुप विक्रम शाहीलाई दर्शकले खलनायकको रुपमा मन पराएपनि नायकको रुपमा स्विकार गर्न सकेका छैनन् । बक्स अफिसमा उनले अभिनय गरेका चलचित्र सफल हुन सकेका छैनन् । उनले चलचित्र फ्लप वा हिट हुनु कलाकारको काँधमा नहुने र कलाकारले पाएको स्क्रिप्टमा राम्रो काम गर्ने हो भन्ने बताएका छन् ।

चलचित्र राम्रो हुन टिम र स्टोरी नै राम्रो हुनुपर्छ भन्ने उनको भनाई रहेको छ । चलचित्र क्षेत्रमा ठुलो ब्यानर र सानो ब्यानर भन्ने कुरा मिथ्या भएको अनुपको भनाई छ । अनुपले अहिले ठुलो ब्यानर र सानो ब्यानर भन्ने चलन आएको रहेछ तर, आफु यो कुरालाई नमान्ने पनि बताएका छन् ।

यसैगरी आफु साना बजेटका चलचित्रबाट दुःख गरेर आएको हुनाले आफुलाई यस्ता ठुलो र सानो भन्ने थाहा नै नभएको भन्छन् । उनले भने,’मलाई राम्रो काम गरेर दर्शकको मन जित्नुपर्छ भन्ने मात्र हो ।’ जबसम्म दर्शकको साथ रहन्छ तबसम्म राम्रो काम गर्न प्रयास गर्ने अनुप बताउँछन् ।