५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डविरुद्धको पहिलो टेष्टमा श्रीलंका विजयी



अ+ अ-

काठमाडौं । आईसीसी विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत न्युजिल्यान्डविरुद्धको पहिलो टेष्ट क्रिकेट खेलमा श्रीलंका विजयी भएको छ ।

घरेलु टोली श्रीलंकाले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । २६८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले अन्तिम दिन आज चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

श्रीलंकाका लागि कप्तान दिमुथ करुनरत्नेले १२२ रन र लाहिरु थिरिमानलेले ६४ रन बनाए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले सबै विकेटको क्षतिमा २४९ रन बनाएको थियो । न्युजिल्यान्डका लागि रोस टायलरले ८६ रन बनाएका थिए । बलिङतर्फ एकिला धननजयले पाँच र सुरंगा लकमलले चार विकेट लिएका थिए ।

दोस्रो पारीमा भने न्युजिल्यान्डले २८५ रनमा सबै विकेट गुमाएपछि श्रीलंकाले मध्यम लक्ष्य पाएको थियो ।