१ भाद्र २०८३, सोमबार
,
Latest
दलको आन्तरिक मामिलामा अदालत प्रवेश गर्नु हुँदैनः सभापति थापा मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध रास्वपामा कुनै गुट छैनः सभापति लामिछाने स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्ध पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसद्वारा युक्रेनको डिनिप्रो, लुत्स्क र इभानो–फ्रान्किभस्कमा नयाँ आक्रमण सुरु



अ+ अ-

रुसी सेनाले युक्रेनी सहर लुत्स्क र इभानो–फ्रान्किभस्कका दुई सैन्य एयरफिल्डमा उच्च सटिक, लामो दूरीको हमला गरेको र उनीहरूलाई कारबाहीबाट बाहिर निकालेको रुसको रक्षा मन्त्रालयले जनाएको छ।

युक्रेनको मध्य सहर डिनिप्रोमा शुक्रबार रुसी गोलाबारीमा नागरिकहरुलाई निशाना बनाइएको छ । आपत्कालीन सेवाका अनुसार गोलाबारीमा एक जनाको मृत्यु भएको छ । यो सहरमा पहिलोपटक प्रत्यक्ष आक्रमण भएको देखिएको छ । 

अमेरिका, युरोपेली युनियन र जी–७ ले युक्रेनमा आफ्नो आक्रमणलाई लिएर रुसको ‘सबैभन्दा मनपर्ने राष्ट्र’ को दर्जा खारेज गर्ने तयारी गरेका छन्।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार करिब एक लाख मानिसले दुई दिनमा देशका शहरहरू खाली गरेको बताए । उनले रुसी सेनाले घेरामा परेको बन्दरगाह सहर मारिउपोलमा मानवीय कोरिडोरलाई निशाना बनाएको आरोप लगाउँदै आक्रमणलाई ‘पूर्ण आतङ्क’ को सङ्ज्ञा दिए ।

युक्रेनमा जैविक हतियारको कथित विकासलाई लिएर रुसको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को शुक्रबार आकस्मिक बैठक बस्दैछ।

वासिङ्टन र किभ दुवैले युक्रेनमा जैविक हतियारहरू उत्पादन गर्ने उद्देश्यले प्रयोगशालाहरूको अस्तित्वलाई अस्वीकार गरेका छन् । उनीहरुले आरोपहरू मस्कोले चाँडै नै हतियारहरू प्रयोग गर्न सक्ने सङ्केत हो भनेका छन्।

रुसको रक्षा मन्त्रालयले शुक्रबार पाँच शहर कीभ, सुमा, खार्किभ, मारिउपोल र चेर्निहिभबाट मानवीय कोरिडोर खोल्ने बताएको छ।

युरोपेली युनियनका उर्सुला भोन डर लेयनले सन् २०२७ सम्ममा रुसी जिवाश्म इन्धनलाई समाप्त गर्नका लागि मध्य मे महिनामा एक योजना प्रस्ताव गर्ने भएका छन् ।

संयुक्त राष्ट्रसङ्घले फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएदेखि युक्रेनबाट पलायन हुने शरणार्थीको सङ्ख्या २३ लाख नाघेको जनाएको छ । एजेन्सी