११ आश्विन २०८१, शुक्रबार
,
Latest
राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेन्द्र राजमार्ग ठप्प, हजारौं यात्रु जंगलमा अलपत्र



अ+ अ-

नवलपरासी । पूर्वी नवलपरासीस्थित महेन्द्रराजमार्गको अरुणखोला पुल भाँचिएका कारण बनाइएको डाइभर्सन सडक बाढीले बगाएका कारण अवरुद्ध रहेको महेन्द्र राजमार्गमा १६ घण्टादेखि यातायात ठप्प भएको छ ।

राजमार्ग ठप्प हुँदा महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका हजारौ यात्रु अरुणखोलादेखि पूर्व र पश्चिमको जंगलमा अलपत्र छन्।

आइतबार साँझ ५ बजेपछि लगातारको वर्षात्का कारण अरुणखोलामा आएको बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो।

पुलमा क्षति भएपछि राजमार्ग खुलाउन बनाइएको अस्थायी डाइभर्सन सडक खण्ड बाढीले बगाएका कारण महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका यात्रु अरुणखोलमा अलपत्र परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ।

बाढीले ह्युमपाइपमाथि राखिएको ग्राभेल बगाउँदा यातायात ठप्प भएको हो।पानीको सतह पूरै घटेपछि अवस्था हेरेर यातायात खुलाउन पहल गर्ने डिभिजन सडक कार्यलय बुटवलले जनाएको छ।

६ दिनअघि अरुणखोला पुलमा गाडी ठोक्किएका कारण पुल भाँचिएपछि ३ दिनमा वैकल्पिक सडक बनाएर आवागमन खुलाइएको थियो।