५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेन्द्र राजमार्ग ठप्प, हजारौं यात्रु जंगलमा अलपत्र



अ+ अ-

नवलपरासी । पूर्वी नवलपरासीस्थित महेन्द्रराजमार्गको अरुणखोला पुल भाँचिएका कारण बनाइएको डाइभर्सन सडक बाढीले बगाएका कारण अवरुद्ध रहेको महेन्द्र राजमार्गमा १६ घण्टादेखि यातायात ठप्प भएको छ ।

राजमार्ग ठप्प हुँदा महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका हजारौ यात्रु अरुणखोलादेखि पूर्व र पश्चिमको जंगलमा अलपत्र छन्।

आइतबार साँझ ५ बजेपछि लगातारको वर्षात्का कारण अरुणखोलामा आएको बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो।

पुलमा क्षति भएपछि राजमार्ग खुलाउन बनाइएको अस्थायी डाइभर्सन सडक खण्ड बाढीले बगाएका कारण महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका यात्रु अरुणखोलमा अलपत्र परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ।

बाढीले ह्युमपाइपमाथि राखिएको ग्राभेल बगाउँदा यातायात ठप्प भएको हो।पानीको सतह पूरै घटेपछि अवस्था हेरेर यातायात खुलाउन पहल गर्ने डिभिजन सडक कार्यलय बुटवलले जनाएको छ।

६ दिनअघि अरुणखोला पुलमा गाडी ठोक्किएका कारण पुल भाँचिएपछि ३ दिनमा वैकल्पिक सडक बनाएर आवागमन खुलाइएको थियो।